असार १ गतेदेखि आन्तरिक उडान सञ्चालनको माग

काठमाडौं (अस) । वायुसेवा सञ्चालक संघले आउँदो असार १ गतेदेखि आन्तरिक उडान सञ्चालनका लागि माग गरेको छ । विगत ३५ दिनदेखि आन्तरिक उडानमा रोक लगाउँदा लाखौं कर्मचारीको रोजगारी गुम्ने र रोजीरोटीको समस्या हुने भन्दै संघले मंगलवार संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री उमाशंकर अरगरिया समक्ष उक्त माग गरेको हो । स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरूपमा पालना गरी उडान सञ्चालन गर्न सेवाप्रदायक कम्पनीहरू प्रतिबद्ध रहेको भन्दै संघले लामो समयदेखि बन्द रहेको उडान सञ्चालनमा सहजीकरण गरिदिन मन्त्रालयसँग माग गरेको छ । कोरोना दोस्रो लहरको केही समयसम्म पनि उडानलाई निरन्तर दिइएको र त्यसबेला यात्रुहरू संक्रमणरहित रहेको संघको दाबी छ । कोभिडविरुद्ध तालीमप्राप्त जनशक्ति तथा हरेक उडानपूर्व जहाजको संक्रमणरहित सरसफाइ, मास्क तथा फेसशिल्डको अनिवार्य प्रयोगले उडान सुरक्षित भएको संघको भनाइ छ । यी उपाय अपनाएर यात्रु आवतजावत गराइने भएकाले अब आन्तरिक उडान सञ्चालन गर्न दिन संघले मन्त्रीसमझ अनुरोध गरेको छ । सरकारले वैशाख २० गतेदेखि नै आन्तरिक उडानमा रोक लगाएको छ । ३५ दिनदेखि आन्तरिक उडान ठप्प रहँदा यो क्षेत्रको आम्दानी घटिरहेको र कैयौं कर्मचारीको रोजगारी गुम्ने जोखिम रहेको संघको भनाइ छ । रोजगारी गुम्नुका साथै आश्रित परिवारको रोजीरोटी खोसिने भन्दै संघले आन्तरिक उडानलाई सहज र सुरक्षित बनाउनुपर्नेमा जोड दिएको छ । यसैगरी संघले अन्तरराष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्यमा कटौतीको स्वागत गरेको छ । आन्तरिकतर्फको पनि न्यून मुनाफा राखेर मूल्य घटाउन संघले अनुरोध गरेको छ । इन्धनमा मूल्य घटाउँदा सञ्चालन खर्च घट्ने र सर्वसाधारणले सुलभ दरमा हवाईयात्रा गर्न पाउने उल्लेख छ । यस्तै हालको निषेधाज्ञा अवधिभर ल्याण्डिङ पार्किङ तथा अन्य शुल्कहरूमा ७५ प्रतिशत छूटका लागि पनि संघले सरकारसँग अनुरोध गरेको छ ।

सम्बन्धित सामग्री

अमेरिकाको आन्तरिक उडान पुनः सुरु

२८ पुस, काठमाडौं । अमेरिकाको आन्तरिक उडान केही घण्टापछि पुनः सुरु भएको छ । संघीय उड्डयन प्राधिकरणले उडान पुनः सुरु भएको जानकारी दिएको हो । उडान नियन्त्रण प्रणालीमा गडबडी भएपछि हिजो अमेरिका सबै आन्तरिक उडान ठप्प भएका थिए । त्यो प्रणाली विमान चालकलाई सुरक्षा प्रदान गर्ने विषयसँग सम्बन्धित थियो । अमेरिकाको संघीय उड्डयन प्राधिकरणले भनेको […]

अमेरिकाका सबै आन्तरिक उडान ठप्प

उडान नियन्त्रण प्रणालीमा भएको गडबडीका कारण अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएका छन् । संघीय उड्डयन प्राधिकरण एफएएको कम्प्युटरमा खराबी देखिएपछि आन्तरिक उडान रोकिएका हुन् । हवाइ मार्गमा कुनै खतराको आशंका देखिएमा...

अमेरिकाका सबै आन्तरिक उडान अवरुद्ध

२७ पुस, काठमाडौं । उडान नियन्त्रण प्रणालीमा भएको गडबडीका कारण अमेरिकाका सबै आन्तरिक उडान ठप्प भएको छ । संघीय उड्डयन प्राधिकरण एफएएको कम्प्युटरमा खराबी देखिएपछि सबै आन्तरिक उडान रोकिएको हो । खराबी देखिएको प्रणाली यस्तो हो, जसले हवाइ मार्गमा कुनै खतराको आशंका देखिएमा चालकलाई सावधानी गराउँछ । प्रणाली सुधारको काम भइरहेको र चाँडै नै उडान […]

आजपनि आन्तरिक उडान प्रभावित

काठमाडौं, पुस २० । मौसम खराबीका कारण आज पनि देशभरको हवाई सेवा अवरुद्ध भएको छ । हुस्सु र कुहिरोका कारण भिजिभिलिटी कम हुँदा कुनै पनि आन्तरिक उडान हुन नसकेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बाहिरी जिल्लाका विमानस्थलको मौसम खराब रहेकाले आन्तरिक उडान प्रभावित भएको हो । आन्तरिक उडान प्रभावित भए पनि […]

निगमको आन्तरिक उडान ठप्प

१४ कात्तिक, काठमाडौं । उडान योग्य एक मात्र जहाज ग्राउण्डेड भएसँगै नेपाल वायुसेवा निगमको आन्तरिक उडान ठप्प भएको छ । निगम स्रोतका अनुसार पश्चिमका विमानस्थलमा उडानमा रहेको ट्वीनअटर जहाज ग्राउण्डेड भएसँगै निगमको आन्तरिक उडान ठप्प भएको हो । निगमका एक अधिकारीका अनुसार जहाज मर्मतका लागि प्राविधिक टोली नेपालगञ्ज पुगेको छ । ‘सम्भवतः आज बन्छ होला’ […]

आन्तरिक उडान नियमितरुपमा सञ्चालन गर्न सहमत

आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन्। आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि उडान नियमित गर्ने सहमति भएको हो।...

आन्तरिक उडान प्रभावित

आइतबार प्रतिकूल मौसमका कारण ११ वटा आन्तरिक उडान रद्द भएको छ । यस वर्षको मनसुन प्रणाली आइतबारबाट नेपाल प्रवेश गरेसँगै आन्तरिक उडान प्रभावित भएको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ बाट मनसुन विकसित भएको र क्रमशः देशभर नै विकसित हुने क्रममा छ । आइतबार लुक्लाको ८ उडान रद्द भएको छ । जसमा […]

मौसमले आन्तरिक उडान प्रभावित

काठमाडौं : मौसम बिग्रिएका कारण आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भए। बदलिएको मौसमले भिजिबिलिटी न्यून हुँदा विमानस्थलमा ‘आइएफआर’ उडान मात्र सञ्चालन भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।विमानस्थलको उडान प्रभावित भएको सूचना आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरूले उडान डिले भएको यात्रुलाई गराए। बढीमा ४ घण्टासम्म आन्तरिक उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।उनका अनुसार आज बिहानैदेखि उडान प्रभावित

अफगानिस्तानमा आन्तरिक उडान सुरु

एजेन्सी । अफगानिस्तानको ध्वजावाहक विमान एरियाना अफगान एयरलाइन्सले आफ्नो आन्तरिक उडान सुरु गरेको छ । तालिवानले अफगानिस्तान कब्जा गरेसँगै अवरूद्ध बनेका आन्तरिक उडान पुनः सञ्चालनमा आएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अगस्ट अन्त्यमा अमेरिकी सेना बाहिरिएसँगै घरेलु उडानको पुनः आरम्भ गर्ने पहिलो स्थानीय एरियाना अफगान एयरलाइन्स हो । अमेरिकी सेनाको बहिर्गमनसँगै काबुल विमानस्थलको सुविधाहरूमा […]

आजदेखि आन्तरिक उडान बन्द

काठमाडौँ । सरकारले आजदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गरेको सिफारिसअनुसार आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले सोमबार १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । यसैगरी सरकारले वैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा पनि […]