काठमाडौँ – काठमाडौँको जुकोट दरबार थकाली रेस्टुरेन्टले सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने भएको छ। आइतबार बैंक र रेस्टुरेन्ट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जुकोट दरबार थकाली रेस्टुरेन्ट एण्ड लाउन्जमा १५% सम्मको आकर्षक छुट पाउनेछन्। यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद […]
काठमाडौँ : नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका यात्रुलाई टिकट शुल्कमा छुट दिने घोषणा गरेको छ।निगमले आफ्ना हरेक आन्तरिक उडानमा सुरुमा टिकट काट्ने अपाङ्गता भएका २ यात्रुलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। ‘अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा आजदेखि लागू हुने गरी रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुका लागि हरेक आन्तरिक उडानमा पहिलो दुईजना यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ,’ निगमले भनेको छ। उ
काठमाडौं, ३० चैत्र । नर्भिक इन्टरनेशनल अस्पतालले आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा छुट योजना ल्याएको छ । अस्पतालले आज आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन गरेर नै विशेष छुट दिने घोषणा गरेको हो । अस्पतालले सबै स्वास्थ्य प्याकेजमा वैशाख १ देखि ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुट दिने भएको हो । अस्पतालका अनुसार लेजर […]
नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति भएको बताएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारी अस्पतालको ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति भएको बताएको हो । मन्त्रालयले स्वास्थ्य मन्त्रालय अन्तर्गतका संघीय अस्पतालहरुमा उपचार गर्न जाने विद्यार्थीहरुलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपिडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय भएको र सबै प्रदेश र स्थानीय तह अन्
शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विद्युतीय गाडीलाई छुट दिने निर्णय गरेको छ । पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिने निर्णय गरिएको हो ।
पेट्रोलियम पदार्थको खपत कम गर्न विद्युतीय गाडीलाई छुट दिनेलगायत विकल्प प्रयोग गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ...
काठमाडौं महानगरपालिकाले कोरोनाको महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । बिहीबार काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोनाबाट प्रभावित करदातालाई विशेष छुट दिने व्यवस्था गरेको हो । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रममा कोरोनाबाट प्रभावितलाई करमा छुट दिइने […]
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ्ग कर्पाेरेशनले बिक्री गर्ने खाद्यान्नमा शुक्रबार देखि २० प्रतिशत छुट दिने भएको छ ।सरकारले बजेट भाषणमा छुट दिने घोषणा गरेसँगै दुई कम्पनीले शुक्रबारदेखि निषेधाज्ञा अवधिभर खाद्यान्न विक्रिमा छुट दिने भएका हुन् । बिहीबार अर्थमन्त्रालयमा सबन्धित निकायका प्रतिनिधिहरुबीच भएको बैठकले सो निर्णय गरेको हो । दुवै कम्पनीले सूचना […]