एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट प्रतियोगितामा आइतबार नेपालले उज्वेकिस्तानसँग १४–१ को फराकिलो हार बेहोरेको छ।
इरानको ताव्रिजस्थित पोउर शारिफी फुटसल हलमा भएको खेलमा इरानका रखमातोभ डिलसोदले ह्याट्रिक पूरा गरे । डिलसोदबाहेक उज्वेकिस्तानका लागि अर्तुर युनुसोभ, साभकातोभ दिलमुरोद र चोरिभ दभरोनले समान २÷२ गोल गरेका थिए । अबदुमाल्यानोभ फर्खुद, रखमातोभ अनासखोनी, अबदुरखमोनोभ दभरोन्जोन र निशोनोभ खुशनिद्धिनले १÷१ गरे । नेपालका लागि एक मात्र सान्त्वना गोल सौरभ राखलमगरले गरेका थिए ।