इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी टोटेनहम हट्सपरसँग पराजित भएको छ। घरेलु मैदान इतिहाद स्टेडियममा सम्पन्न खेलमा लिग लिडर सिटी टोटेनहमसँग ३-२ गोलअन्तरले पराजित भएको हो।
खेलको चौथो मिनेटमै सन ह्युङ मिनको पासमा डेजन कुलुसेभ्सीको गोल गर्दा टोटेनहमले अग्रता बनाएको थियो। यता सिटीका लागि इल्के गुण्डोगनले ३३…