प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सले बीमा समितिबाट पाए मर्जरको सैद्धान्तिक सहमति

जेठ ३, काठमाडौं । बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनीलाई एकापसमा गाभ्न/ गाभिनका लागि मंगलवार सैद्धान्तिक सहमति दिएको छ । ती तीन ओटा जीवन बीमा कम्पनीले एकापसमा गाभिनका लागि गत वैशाख २९ गते समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए । एमओयूको पत्रसहित तीनै ओटा कम्पनीका प्रतिनिधि सैद्धान्तिक सहमतिका लागि बीमा समिति पुगेका थिए । समितिले मंगललार नै ती कम्पनीलाई मर्जरको सैद्धान्तिक सहमति दिएको हो । समितिका अनुसार  ‘बीमक गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम ती कम्पनीहरूलाई एकापसमा गाभ्न / गाभिनका लागि  सैद्धान्तिक सहमति दिइएको हो । ‘सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्नसमेत निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ती कम्पनीहरूले आफूहरूबीच आपसमा गाभ्ने/ गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिंदै त्यसका लागि संयुक्त रूपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा आज सैद्धान्तिक सहमति प्रदान गरेको हो ।’

सम्बन्धित सामग्री

हिमालयन लाइफले नविकरण गर्न छुटेका बिमितलाई दियो छुट

काठमाडौं ।  हिमालयन लाइफ इन्स्योरेन्सले बीमा नवीकरण गर्न ढिलो भएका वा समयमै गर्न नसकेका बीमितलाई बीमालेख नवीकरण गर्दा लाग्ने जरिवानामा छुट सुविधा दिएको छ । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै कात्तिक १० देखि २२ सम्म नवीकरण गर्दा विलम्ब शुल्क छुट दिने भएको हो । कम्पनीले तीन वर्षसम्म बीमा लेख व्यतित अवधि भएकालाई ब्याज र जरिवाना दुवैमा शतप्रतिशत छुट दिने भएको छ भने तीन वर्षदेखि सात वर्षसम्मका बीमालेखमा ५० प्रतिशत र सात वर्षदेखि माथिका बीमालेखमा २५ प्रतिशत छुट दिने घोषणा गरेको हो । व्यतित बीमालेखा पुनः जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र लिन सकिने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीबाट ब्याज तथा जरिवाना छुट सुविधाको उपयोग गरी नवीकरण गरिएका बीमालेख नवीकरण भएको मितिले दुई वर्षभित्र बीमित तथा प्रस्तावकले नियमअनुसार नै सरेन्डर गर्न चाहेमा बीमालेख नवीकरण गर्दा प्रदान गरिएको छुटबापतको रकम कट्टा गर्ने सर्त कम्पनीले राखेको छ । कम्पनीले साविकको प्राइम लाइफ इन्स्योरेन्स,युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई समयमा नवीकरण नगरेका बीमितलाई लक्षित गरी यो छुट सुविधा ल्याएको हो ।

हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेखमा लाग्ने ब्याज जरिवानामा छूट

काठमाडौं । साविका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरूमा छूटको व्यवस्था गरिएको छ । कम्पनीले व्यतित बीमालेखहरू असोज १० देखि २६ गतेसम्म नविकरण तथा पुन:जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छूट गर्ने भएको हो । ३ वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानामा शत प्रतिशत छूट गर्ने कम्पनीले जानकारी दिएको छ । त्यस्तै ३ वर्षभन्दा माथि ७ वर्षसम्म व्यतित बीमालेखमा ब्याज जरिवानामा ५० प्रतिशत र ७ वर्षभन्दा माथि जतिसुकै अवधिको व्यतित बीमालेखमा ब्याज जरिवानामा २५ प्रतिशत छूट गर्ने निर्णय कम्पनीले गरेको हो । यस किसिमको व्यतित बीमालेख पुन:जागरण गर्दा दिइएको छूट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिने कम्पनीको भनाइ छ । कम्पनीबाट ब्याज जरिवाना छूट सुविधाको उपयोग गरी नविकरण गराइएका बीमालेखहरू नविकरण भएको मितिले दुई वर्षभित्र बीमित तथा प्रस्तावकहरूले नियमानुसार समर्पण गर्न चाहेमा बीमालेख नविकरण गर्दा छूट प्रदान गरिएको ब्याज जरिवाना बापतको रकम कम्पनीबाट कट्टा गरिनेछ ।

प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार वैशाख २६ देखि

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरू हुने भएको छ । तीन वटै कम्पनी एक आपसमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । यी तीन वटै कम्पनीले एक आपसमा गाभिन बीमा प्राधिकरणले वैशाख १३ गते, नेपाल धितोपत्र बोर्डले वैशाख १९ […]

प्राइम लाइफले मर्जर प्रस्ताव पारित गर्न बोलायो साधारण सभा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ६ गते मर्जर सम्बन्धि प्रस्ताव पारितका लागि विशेष साधारण सभा बोलाएको छ । गत चैत २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवाल सेवा केन्द्र, कमलपोखरी, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो । प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स मर्जरमा जान लागेका हुन् । वैशाखमै एकीकृत कारोबार गर्न लागेका तीन ओटै कम्पनीहरूले विशेष साधारण सभा आव्हान गरेका छन् । युनियन लाइफले र गुराँस लाइफले पनि वैशाख ६ गतेनै विशेष साधारण सभा बोलाएका हुन । समान हैसियतमा एक हुन लागेका यी तीन कम्पनीको मर्जरपछि चुक्तापूँजी रू. ७ अर्ब ७२ करोड ३१ लाख ९० हजार पुग्नेछ । बीमा कम्पनीहरूले नियामक निकायले तोकेबमोजिमको चुक्तापूँजी यहि चैतभित्र कायम गर्नुपर्नेछ । जीवन बीमा कम्पनीको लागि रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि रू. २ अर्ब ५० करोड पूँजी कायम गर्नुपर्ने व्यवस्था नियामक निकाय नेपाल बीमा प्राधिकरणले गरेको छ ।  प्राइम लाइफले आर्थिक वर्ष ०७७/ ७८ को मुनाफाबाट यस वर्ष १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पुस २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । बोनसपछि प्राइम लाइफको चुक्तापँजी रू. ३ अर्ब १४ करोड ९ लाख ६५ हजार पुगेको छ । युनियन लाइफले पनि यस वर्ष ८ दशमलव ९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव माघ २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ । उक्त बोनसपछि युनियन लाइफको चुक्तापूँजी रू. २ अर्ब ३४ करोड २८ लाख ५५ हजार पुगेको छ । गुराँस लाइफले भने हालसम्म यस वर्षको लाभांश प्रस्ताव गरेको छैन । हाल गुराँस लाइफको चुक्तापूँजी रू. २ अर्ब २३ करोड ९३ लाख ७० हजार रहेको छ । यी तीन कम्पनी एक भएपछि चुक्तापूँजीको हिसाबमा जीवन बीमा क्षेत्रकै दोस्रो ठूलो कम्पनी बन्नेछ । मर्जरपछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्षमा युनियन लाइफ इन्स्योरेन्सका हालका अध्यक्ष सुलभ अग्रवाल र प्रमुख कार्यकारी अधिकृतमा युनियन लाइफ इन्स्योरेन्सका हालका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लालकणर् हुने अन्तिम सम्झौता भएको छ । गुराँस लाइफका प्रमुखकार्यकारी अधिकृत विपिन कणर् र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल भने वरिष्ठ नायब प्रमुख कार्यकारी रहने सहमति कम्पनीहरूबीच भएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्राइम, युनियन र गुराँस लाइफले गरे मर्जरको अन्तिम सम्झौता

१ माघ, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सले मर्जरको अन्तिम सम्झौतामा हस्ताक्षर गरेका छन् । तीनवटा जीवन बीमा कम्पनीहरु एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सैद्धान्तिक सहमती भई गाभ्ने गाभिने प्रक्रियामा रहेकोमा तीनवटा कम्पनीको डीडीए सम्पनन भई तिन कम्पनीहरु बराबार हैसियतमा एक आपसमा गाभिने गरी मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको […]

बीमा समितिद्वारा २० वटा बीमा कम्पनीलाई कारवाही

बीमा समितिले विभिन्न बीमा कम्पनीहरुलाई कारवाही गरेको छ । समितिले  लेखापरीक्षण प्रतिवेदन नबुझाउने कम्पनीहरुलाई जरिवाना गरेको हो  ।समितिका अनुसार  बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम बीमा कम्पनीहरूले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन बीमा समितिमा बुझाउनुपर्ने कानूनी व्यवस्था बमोजिम आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू प्रत्येकलाई रू. १०,०००÷– (दश हजार) का दरले र आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई दोस्रो पटक कानूनी व्यवस्थाको उल्लङ्घन गर्ने बीमा कम्पनीहरू प्रत्येकलाई रू. ५००÷– थप गरी जम्मा रू. १०,५००÷– (दश हजार पाँच सय) का दरले  जरीवाना गर्ने निर्णय भएको हो । बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समिति समक्ष पेश गर्नुपर्ने अनिवार्य कानूनी व्यवस्थाको जानी जानी उल्लङ्घन गरेको देखिएकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई जरिवाना गरिएको समितिले जनाएको छ ।समितिका अनुसार आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाउने बीमा कम्पनीहरू – नेपाल पुनर्बीमा कं.लि., लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड, एसियन लाइफ इन्स्योरेन्स कं.लि., सूर्या लाइफ इन्स्योरेन्स कं.लि., प्राइम लाइफ इन्स्योरेन्स कं.लि., ज्योति लाइफ इन्स्योरेन्स कं.लि., रिलायन्स लाइफ इन्स्योरेन्स कं.लि., सिटिजन लाइफ इन्स्योरेन्स कं.लि., प्रभु लाइफ इन्स्योरेन्स कं.लि. र महालक्ष्मी लाइफ इन्स्योरेन्स कं.लि. प्रत्येकलाई रू. १०,०००÷– (दश हजार) का दरले जरिवाना गर्ने निर्णय गरिएको छ ।यसैगरी, आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षण प्रतिवेदन नबुझाएका कारण त्यतिबेला जरिवाना गरिएका राष्ट्रिय बीमा संस्थान, नेशनल लाइफ इन्स्योरेन्स कं.लि., नेपाल लाइफ इन्स्योरेन्स कं.लि., गुराँस लाइफ इन्स्योरेन्स कं.लि., आईएमई लाइफ इन्स्योरेन्स कं.लि., युनियन लाइफ इन्स्योरेन्स कं.लि., सन नेपाल लाइफ इन्स्योरेन्स कं.लि., रिलायबल नेपाल  लाइफ इन्स्योरेन्स कं.लि., सानिमा लाइफ इन्स्योरेन्स कं.लि., दि ओरिएण्टल इन्स्योरेन्स कं.लि., नेशनल इन्स्योरेन्स कं.लि. र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७÷०७८ को लेखापरीक्षण प्रतिवेदन नबुझाई विद्यमान कानूनी व्यवस्थाको पुनः दोस्रो पटक उल्लङ्घन गरेकाले दोस्रो पटकका लागि रू. ५००÷– थप गरी प्रत्येक कम्पनीलाई रू. १०,५००÷– (दश हजार पाँचसय) का दरले जरिवाना गर्ने निर्णय गरिएको छ ।

जीवन बीमामा बिग मर्जर : प्राइम, गुराँस र युनियन लाइफ मर्ज हुने

काठमाडौं । प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा मर्ज हुने भएका छन् । बीमा समितिले चुक्ता पूँजी बढाउने निर्णय गरेर कम्पनीहरूलाई मर्जरमा जान अप्रत्यक्ष दबाब दिइरहेका बेला यी तीन कम्पनीले मर्जरमा जाने निर्णय गरेका हुन् । बिहीवार तीन कम्पनीबीच मर्जरमा जाने विषयमा सैद्धान्तिक समझदारी भएको छ । बिहीवार काठमाडौंमा विशेष समारोहबीच प्राइमका अध्यक्ष पीयूषराज अर्याल, गुराँसका अध्यक्ष विवेक दुगड र युनियनका अध्यक्ष सुलभ अग्रवालले मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । जीवन बीमा क्षेत्रमा यो पहिलो र ठूलो मर्जर सम्झौता हो । निर्जीवनतर्फ केही दिन पहिला हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्स कम्पनीबीच मर्ज हुने सम्झौता भएको थियो । अहिले आएर जीवन बीमा क्षेत्रमा पनि मर्जर अभ्यास प्रारम्भ भएको हो । हाल उक्त तीन कम्पनी मर्ज हुने सम्बन्धमा सैद्धान्तिक सहमति मात्र भएको हो । अब बीमा समितिबाट सैद्धान्तिक स्वीकृति पाएपछि थप प्रक्रिया अगाडि बढ्ने प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ)े मनोजकुमार भट्टराईले बताए । ‘अहिले तीन कम्पनी आपसमा मर्ज हुने भनेर सहमति मात्र भएको हो । कम्पनीको नाम के राख्ने ? कर्मचारी कसरी व्यवस्थापन गर्ने ? लगायत विषयमा समितिबाट सैद्धान्तिक स्वीकृति पाएपछि प्रक्रिया अगाडि बढ्नेछ,’ उनले भने, ‘स्वाप रेसियो भने सम्पत्ति दायित्व मूल्यांकन भएपछि टुंगो लाग्नेछ ।’ जीवन बीमाक्षेत्रमा यो मर्जर एक कोसेढुंगा सावित हुने उनले बताए । ‘अब हामी यो मर्जरलाई सफल बनाएर एउटा बलियो जीवन बीमा कम्पनीका रूपमा उदाउँछौं,’ उनले भने । यस्तै, युनियन लाइफका सीईओ मनोजकुमार लाल कर्णले पनि यो सम्झौता ऐतिहासिक भएको बताए ।  यसले बीमित, प्रमोटर तथा शेयरधनीलगायत समग्र सरोकारवालालाई समेत फाइदा गर्ने उनको भनाइ छ । ‘यति, मात्र होइन, यो मर्जरले समग्र बीमा बजारलाई समेत फाइदा पुर्‍याउँछ । वास्तवमा नेपालमा बीमा कम्पनीको संख्या धेरै छ । यो अवस्थामा एकैपटक तीन कम्पनी मर्ज हुनु बीमा बजारका लागि पनि राम्रो हो,’ उनले भने, ‘समग्रमा तीन जीवन बीमा कम्पनी मिलेर पहिलो कम्पनी बन्ने गरी अगाडि बढेका छौं ।’ यी ३ कम्पनीले यति समयभित्र एकीकृत कारोबार गर्ने भनेर लक्ष्य राखेका छैनन् । यद्यपि सकेसम्म छिटो मर्जर प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्ने उनीहरूको भनाइ छ । समितिबाट सैद्धान्तिक स्वीकृत पाएपछि मर्जर कमिटी बन्नेछ । त्यसपछि सोही समितिले नै कम्पनीको नाम, कर्मचारी व्यवस्थापन, सम्पत्ति मूल्यांकन तथा स्वाप रेसियोलगायत विषय टुंगो लगाउनेछ । त्यसपछि एकीकृत कारोबार गर्ने बताइएको छ । मर्जरपछि बन्ने कम्पनीको चुक्ता पूँजी ७ अर्ब १ करोड ३८ लाख रुपैयाँको हुनेछ । हाल प्राइमको २ अर्ब ७७ करोड ९६ लाख, युनियनको २ अर्ब १५ करोड र गुराँसको २ अर्ब ८ करोड ४२ लाख चुक्तापूँजी छ । मर्जपछि त्यो ७ अर्ब भन्दा बढी हुनेछ । बीमा कोषको आकार भने ४० अर्बभन्दा माथि पुग्ने छ । अहिले प्राइमको १७ अर्ब ६३ करोड, युनियनको १० अर्ब ३३ करोड गुराँसको १२ अर्ब ६ करोड बराबरको बीमा कोष छ । मर्ज भएपछि त्यसको आकार ४० अर्ब रुपैयाँभन्दा माथि पुग्नेछ । बीमा समितिले १ महीनाअघि बीमा कम्पनीको चुक्तापूँजी बढाउने निर्णय गरेको थियो । हाल निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्तापूँजी हुनुपर्ने व्यवस्था छ । आगामी चैत मसान्तभित्र चुक्ता पूँजीको न्यूनतम सीमा निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने समितिको निर्देशन छ । चुक्ता पूँजी बढाउने नाममा कम्पनीहरूलाई मर्जरमा जान दबाब दिनु नै समितिको मनसाय छ । सोही सन्दर्भमा यी तीन जीवन कम्पनी मर्जर जाने सम्झौता गरेका हुन् । मर्जर सम्झौता भएसँगै आगामी सातादेखि यी तीन कम्पनीको शेयर कारोबार पनि रोक्का हुनेछ ।

तीन वटा बीमा कम्पनीबीच आपसमा गाभिने सहमति

युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभिने सहमति भएको छ । सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरुले सहमती पत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बिमित, लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित संरक्षण गर्ने लक्ष्य लिइएको छ।  यस्तै तीनै कम्पनीको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बीमा सेवा स