चैतमा जीवन बीमा कम्पनीहरूले आर्जन गरे ११ अर्ब बीमा शुल्क, सबैभन्दा धेरै नेपाल लाइफको

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनी (Life Insurance Company)हरूले चैतमा ११ अर्ब रुपैयाँ बीमा शुल्क (Premium) आर्जन गरेका छन् । कम्पनीहरूले फागुनमा भने १० अर्ब ३३ करोड रुपैयाँ शुल्क आर्जन गरेका थिए ।  चैतमा कम्पनीहरूले दुई अर्ब ४८ करोड रुपैयाँ प्रथम बीमा शुल्कबाट र आठ अर्ब ५२ करोड रुपैयाँ नवीकरण बीमा शुल्कबाट आर्जन गरेका छन् । चैतमा सबैभन्दा नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफले दुई अर्ब ८८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यस्तै दोस्रोमा एलआइसी नेपालले एक अर्ब ४४ करोड रुपैयाँ र तेस्रोमा नेशनल लाइफले एक अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।  कुन बीमा कम्पनीले कति आर्जन गरे ? बीमा कम्पनी कुल बीमा शूल्क (रु लाखमा) आइएमई लाइफ इन्स्योरेन्स 3,638 लाइफ इन्स्योरेन्स कपोरेशन  14,473 नेशनल लाइफ इन्स्योरेन्स 11,524 मेट लाइफ 4,863 रिलायन्स लाइफ इन्स्योरेन्स 499 नेपाल लाइफ इन्स्योरेन्स 28,825 सन नेपाल लाइफ इन्स्योरेन्स 2,901 सुर्यज्योती लाइफ इन्स्योरेन्स 7,192 एशियन लाइफ इन्स्योरेन्स  6,021 सानीमा लाइफ इन्स्योरेन्स 444 सिटिजन्स लाइफ इन्स्योरेन्स 4,451 राष्ट्रिय बीमा संस्थान 3,635 महालक्ष्मी लाइफ इन्स्योरेन्स 1,680 प्राइम लाइफ इन्स्योरेन्स 3,762 प्रभु लाइफ इन्स्योरेन्स 1,548 रिलायबल नेपाल लाइफ इन्स्योरेन्स 3,838 युनियन लाइफ इन्स्योरेन्स 5,778 गुरास लाइफ इन्स्योरेन्स 2,551 सानीमा लाइफ इन्स्योरेन्स 2,473 कुल 110,096

सम्बन्धित सामग्री

आर्थिक मन्दीको प्रभाव जीवन बीमामा, प्रथम बीमाशुल्क २५ प्रतिशतले घट्यो

२६ साउन, काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । १५ वटा जीवन बीमा कम्पनी र २ वटा लघुवित्त कम्पनीहरुले उक्त बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । २ लाख ५ हजार रुपैयाँ बीमा शुल्क लघुबीमा कम्पनीले […]

जीवन बीमा कम्पनी : व्यवसायमा झीनो सुधार

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरूको व्यवसायमा झीनो सुधार देखिएको छ । वित्तीय क्षेत्रमा तरलताको अभाव, आर्थिक गतिविधिमा देखिएको कमी र उच्च महँगीलगायतको प्रभाव बीमा कम्पनीहरूको व्यवसायमा देखिएको हो । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार चालू आवको पुससम्ममा जीवन बीमा कम्पनीहरूले ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको यसै अवधिको तुलनामा यो १ दशमलव शून्य ४ प्रतिशतमात्र बढी हो । अघिल्लो आवको पुससम्ममा देशका सबै जीवन बीमा कम्पनीहरूले ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए । पोहोर पुसमा बीमा कम्पनीहरूमा १ करोड १० लाखओटा बीमालेख सक्रिय रहेकोमा यसपालि पुसमा आइपुग्दा सक्रिय बीमालेखको संख्या १ करोड ४१ लाख पुगेको छ । प्राधिकरणको तथ्यांकअनुसार पुससम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । यसले १८ अर्ब ६३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा सूर्या र ज्योति लाइफ इन्स्योरेन्स गाभिएर बनेको कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स छ । यसले ५९ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको प्राधिकरणले जानकारी दिएको छ । यी दुई कम्पनी पुस ६ गते मर्जर भएकोले सूर्यज्योतिको बीमाशुल्क सोही मितिदेखिको मात्र समावेश छ । कम्पनीहरूले चालू आवको पुसमा १२ अर्ब १३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा ११ लाख ४४ हजार ओटा बीमालेख विक्री भएको प्राधिकरणको भनाइ छ । मङ्सिरको तुलनामा पुसमा कम्पनीहरूको बीमालेख संख्या वृद्धि भए पनि बीमाशुल्क भने घटेको पाइएको छ । मङ्सिरमा जीवन बीमा कम्पनीहरूले १० लाख १ हजार बीमालेख विक्री तथा नवीकरणबाट १३ अर्ब ५० करोड बीमाशुल्क संकलन गरेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले आर्थिक गतिविधि घटेसँगै गिरावट आएको बीमा व्यवसायमा पछिल्लो समय केही सुधार देखिएको बताए । पुसको तथ्यांकको आधारमा आगामी दिनमा बीमा व्यवसाय विस्तार हुने उनले अनुमान गरे । तर, जीवन बीमा कम्पनीको व्यवसाय विस्तार निर्जीवनको तुलनामा कमजोर देखिएको छ । गत आवको पुसको तुलनामा चालू आवको पुसमा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय ११ दशमलव ७९ प्रतिशतले वृद्धि भएको छ । चालू आवकै मङ्सिरको तुलनामा भने कम्पनीहरूको व्यवसाय ५६ दशमलव ६५ प्रतिशतले वृद्धि भएको प्राधिकरणले जानकारी दिएको छ ।

नेपाल लाइफको एम.डी.आर.टी’ अचिभर्स अवार्ड–२०२३ सम्पन्न, २४३ जना अभिकर्ता सम्मानित

काठमाडौं, २५ पुष । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज मिति २०७९ साल पौष २४ गते काठमाडौंको हायत प्लेसमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड,२०२३ समारोह भव्यता पूर्वक सम्पन्न गरेको छ । वर्ष सकिएको सात दिनभित्रै सन् २०२२ को जनवरीदेखि डिसेम्बर अन्तिम सम्म रू ३७,९२,३०० प्रथम बीमा शुल्क सकलन गरी ‘एम.डी.आर.टी’ का लागि […]

३५% ले बढ्यो जीवन बीमा व्यवसाय, कुन कम्पनीले कति गरे बीमाशुल्क संकलन ?

असोज २९, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो दुई महीनामा जीवन बीमा कम्पनीहरूले २८ अर्ब १५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट चालू आवको भदौ महीनासम्मको तथ्यांकले यस्तो देखाएको हो ।  हाल नेपालमा १९ ओटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उक्त कम्पनीहरुले भदौसम्म उक्त बीमाशुल्क संकलन गरेका हुन् । जुन गत आवको सोही अवधिको तुलनामा ३५ दशमलव ४१ प्रतिशतले बढी हो ।  गत आवको भदौसम्म जीवन बीमा कम्पनीहरुले २० अर्ब ७८ कराड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए । चालू आवको बीमा शुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ इन्स्योरेन्स अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले रू. ७ अर्ब ६२ करोड बीमाशुल्क संकलन गरेको छ ।  यस्तै, दोस्रो नम्बरमा राष्ट्रिय बीमा संस्थान रहेको छ । उक्त कम्पनीले रु. ४ अर्ब ३४ करोड बीमाशुल्क संकलन गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले रू. ३ अर्ब ३६ करोड बीमाशुल्क संकलन गरेको छ । कुन कम्पनीको कति बीमाशुल्क संकलन ?

जीवन बीमा शुल्क २८.७१ प्रतिशतले बढ्यो

नियामक निकाय बीमा समितिले जीवन बीमा क्षेत्रको बीमा शुल्क २८.७१ प्रतिशतले बढेको जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को कुल बीमा शुल्क मध्येबाट जीवन बीमातर्फ २८.७१ प्रतिशत र निर्जीवन बीमा तर्फ १५.३५ प्रतिशतले शुल्क वृद्धि भएको समितिले जनाएको हो । गत साउन १ बीमा समितिले सबै जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरुको स्थलगत अनुगमनबाट प्राप्त तथ्याङ्कबाट यस्तो देखिएको समेत समितिले जनाएको छ । समितिका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा जीवन बीमा कम्पनीहरूबाट कुल १ खर्ब २० अर्ब ५५ करोड २३ लाख रु

११ महीनामा १ खर्ब जीवन बीमाशुल्क संकलन

विराटनगर, असार १७। चालू आर्थिक वर्षको ११ महीना अर्थात् जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब २ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले जेठ मसान्तसम्म त्यस बराबरको बीमा शुल्क संकलन गरेको बीमा समितिको तथ्यांकले देखाएको हो । यसअघि १९ कम्पनीहरूले वार्षिक रूपमा १ खर्ब […]