रंगशाला निर्माणमा धुर्मुस–सुन्तलीबाट अनियमितता भएकै हो ?

अभिनय यात्राकै क्रममा सामाजिक कार्यमा संलग्न जोडी सीताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पछिल्लो समय विवादमा तानिएका छन् । उनीहरुले नै स्थापना गरेको सामाजिक संस्था ‘धुर्मुस सुन्तली फाउन्डेसन’ को अगुवाइमा चितवनको भरतपुरमा निर्माण भइरहेको रंगशालाको हालसम्मको खर्च र भौतिक प्रगति विवरणका आधारमा अनियमितताको आशंका गरिएको छ ।केही अघि भरतपुर महानगरले रंगशालाको आर्थिक र भौतिक प्रतिवेदन तयार पार्दै युवा तथा खेलकुद मन्त्रालयमा सो प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनका आधारमा रंग

सम्बन्धित सामग्री

रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा संघीय सरकार उदासीन

२०६४ सालदेखि प्रयास थालिएको जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशाला भने नेपाल सरकारको प्राथमिकतामा परेको छैन ।

रामजानकी अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा ढिलाइ

जनकपुरधाम । रामजानकी अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा ढिलाइ भएको छ । संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयले २०६६ असार १० गते जनकपुरधाममा रंगशाला निर्माण गर्ने निर्णय गरेको थियो । उक्त रंगशाला जनकपुरमा रहेको गुठी संस्थानको १६ बिघा १७ कठ्ठा १९ धुर जमीनमा वार्षिक रू. ९ लाख भाडा बुझाउनेगरी बनाउने सम्झौता भएको रामजानकी खेलकुद संस्थानका स्थापक अध्यक्ष दिनेश पुर्वेले बताए । २०७४ मङ्सिर ३ मा उक्त सम्झौता भएको थियो । रंगशाला निर्माणका लागि रू. ६ अर्ब १९ करोड १८ लाख लाग्ने अनुमान गरिएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा रू. ९ करोड ६० लाख बजेट विनियोजन गरे पनि रू. १ करोड ४० लाख रकम मात्र उपलब्ध गराएको पुर्वेले बताए । संघीय सरकारले उपलब्ध गराएको रकमबाट गुठी संस्थानलाई वार्षिक रू. ९ लाख भाडा र बाँकी कार्यालय सञ्चालनमा खर्च भएको उनको भनाइ छ । त्यस्तै प्रदेश सरकारबाट रंगशाला निर्माणका लागि २०७५/७६ देखि २०७९/८० सम्ममा रू. ६० लाख रकम उपलब्ध भएको उनले बताए । प्रदेश सरकारबाट उपलब्ध गराएको रकमबाट क्रिकेट ग्राउन्डको डिजाइन र घेराबार पर्खाल निर्माण गरिएको उनले जानकारी दिए । अहिलेसम्म रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार नभएको उनले बताए । रंगशाला निर्माणका लागि प्रक्रिया अघि बढे पनि कामले गति लिन नसकेको उनको भनाइ छ ।

अर्बको भारतीय सहयोग रंगशाला निर्माणमा खर्चिने

जनकपुरधाम : मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको एक अर्ब रुपैयाँ रकम जनकपुरधामको रंगशाला निर्माणमा खर्चिने बताएका छन्।जनकपुरधाममा बनाइने धनुष आकारको श्री रामजानकी अन्तरराष्ट्रिय बहूद्देश्यीय रंगशालाका लागि छुट्याइएको जग्गा र त्यसमा भइरहेको खेलकुदका गतिविधि अवलोकनका लागि बुधबार मैदानमा पुगेका मुख्यमन्त्री यादवले उक्त रकम रंगशाला निर्माणमा पहल गर्ने  बताए।यसअघिका स्थानीय र प्रदेश सरकारले उक्त रकम सदुपयोग गर्न नसकेको उनको गुनासो छ। मुख्यमन्त्री

‘रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको छु’

भक्तपुर- बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेशस्तरको खेलकुद प्रतियोगिता आयोजनाको लागि खेलकुद पूर्वाधार अभाव हुन नदिन प्रादेशिक खेलमैदानलाई स्तरोन्नति गर्दै रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको बताएका छन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र मन्त्री ढकालबीच शनिवार भक्तपुर नगरपालिकाको सभाकक्षमा भएको भेटवार्तामा मन्त्री ढकालले प्रदेश सरकार र स्थानीय तहबीचको […]

रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको छु : मन्त्री ढकाल

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेशस्तरको खेलकुद प्रतियोगिता आयोजनाको लागि खेलकुद पूर्वाधार अभाव हुन नदिन प्रादेशिक खेलमैदानलाई स्तरोन्नति गर्दै रंगशाला र कभर्ड हल निर्माणमा जोड दिँदै आएको बताएका छन् ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र मन्त्री ढकालबीच शनिवार भक्तपुर नगरपालिकाको सभाकक्षमा भएको भेटवार्तामा मन्त्री ढकालले प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्यले विकासको नयाँ मोडल स्थापित गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे । भेटघाटमा भक्तपुरको खेलकुद क

पूर्वखेलाडीले एक वर्षमै बनाए रंगशाला

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडामा रंगशाला नहुँदा वर्षेनि लाखौँ रुपैयाँ अस्थायी संरचना निर्माणमा खेर जाने गरेको छ। राष्ट्रियस्तरका खेलाडीहरूको उर्वर भूमिको रूपमा रहेको हेटौंडामा रंगशाला निर्माणका लागि विभिन्न पहल भए पनि ती योजना वर्षौदेखि योजनामा मात्रै सीमित रहँदै आएको छ।गत जेठ २८ गते हेटौंडास्थित गौरीटार रंगशालाको शिलान्यास गरेको १२ वर्ष पुग्यो। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको उक्त रंगशाला निर्माणले १२ वर्षसम्म पूर्णता पाएको छैन। वर्षौंदेखि रंगशाला बनाउन सरकार

कर्णालीमा रंगशाला दुःख! निर्माणमा तात्यो प्रदेश सरकार

सुर्खेत : कर्णाली प्रदेशमा गतिलो रंगशाला नहुँदा खेलाडीलाई प्रशिक्षणमा सकस भएको छ।कर्णालीका हरेक जिल्ला तथा स्थानीय तहस्तरमा आ–आफ्नै तरिकाले धमाधम रंगशाला निर्माण भइरहेका छन् तर ठूला खेलकुद प्रतियोगिता सञ्चालन तथा खेल प्रशिक्षण गर्न मिल्ने भरपर्दो रंगशाला भने एउटै छैन।कर्णालीमा गतिलो रंगशाला निर्माणबारे यहाँका खेलाडीले पटक पटक आवाज उठाउँदै आए पनि कर्णाली सरकार भने बल्ल जागेको छ।गतिलो रंगशाला नहुँदा कर्णालीका खेलाडीले भोग्नुपरेको समस्यालाई मद्देनजर गर्दै कर्णाली सरकारले गौरवको आयोजनाको

रंगशाला निर्माणमा हात नझिकेको धुर्मुसको दाबी, अपनत्व ग्रहण गरिदिन सरकारलाई आग्रह

चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ऋणमा चुर्लुम्म डुबेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले जनस्तरबाट आर्थिक सहयोग संकलन गरेर निर्माण गरिरहेको रंगशालाको काम चार महिनादेखि ठप्प छ । तीन अर्ब लागतको रंगशाला निर्माण गर्दा १७ करोडभन्दा बढी ऋण लागिसकेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताएका छन् । रंगशाला निर्माणमा ५४ करोडभन्दा बढी […] The post रंगशाला निर्माणमा हात नझिकेको धुर्मुसको दाबी, अपनत्व ग्रहण गरिदिन सरकारलाई आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राजनीतिक खिचातानी र उदसीनताको सिकार बन्दै रंगशाला

इलाम : एकातिर दशकौँदेखि उपेक्षा भोग्दै आएको खेलकुद क्षेत्रका पूर्वाधारमा लगानी भएसँगै उत्साह थपिएको छ। अर्कोतर्फ निराशा पनि। पछिल्लो समय खेलकुद पूर्वाधार निर्माणमा भएको अस्वस्थ्य प्रतिस्पर्धा र प्रभावशाली नेताहरूको अनिच्छाका कारण गौरवका केही परियोजनाहरू सम्पन्न हुनेमा आशंका छ।०६७ वैशाखमा तत्कालीन रक्षामन्त्री (हाल राष्ट्रपति) विद्यादेवी भण्डारीले कमल गाउँपालिका–५ मा शिलान्यास गरेको आदिवासी रंगशाला राजनीतिक खिचतानीको सिकारका कारण अलपत्र छ। रंगशाला शिलान्यास हुनुअगावै आदिवासी जनजाति अगुवाहरू