सुर्खेत : कर्णाली प्रदेशमा गतिलो रंगशाला नहुँदा खेलाडीलाई प्रशिक्षणमा सकस भएको छ।कर्णालीका हरेक जिल्ला तथा स्थानीय तहस्तरमा आ–आफ्नै तरिकाले धमाधम रंगशाला निर्माण भइरहेका छन् तर ठूला खेलकुद प्रतियोगिता सञ्चालन तथा खेल प्रशिक्षण गर्न मिल्ने भरपर्दो रंगशाला भने एउटै छैन।कर्णालीमा गतिलो रंगशाला निर्माणबारे यहाँका खेलाडीले पटक पटक आवाज उठाउँदै आए पनि कर्णाली सरकार भने बल्ल जागेको छ।गतिलो रंगशाला नहुँदा कर्णालीका खेलाडीले भोग्नुपरेको समस्यालाई मद्देनजर गर्दै कर्णाली सरकारले गौरवको आयोजनाको