राजनीतिक खिचातानी र उदसीनताको सिकार बन्दै रंगशाला

इलाम : एकातिर दशकौँदेखि उपेक्षा भोग्दै आएको खेलकुद क्षेत्रका पूर्वाधारमा लगानी भएसँगै उत्साह थपिएको छ। अर्कोतर्फ निराशा पनि। पछिल्लो समय खेलकुद पूर्वाधार निर्माणमा भएको अस्वस्थ्य प्रतिस्पर्धा र प्रभावशाली नेताहरूको अनिच्छाका कारण गौरवका केही परियोजनाहरू सम्पन्न हुनेमा आशंका छ।०६७ वैशाखमा तत्कालीन रक्षामन्त्री (हाल राष्ट्रपति) विद्यादेवी भण्डारीले कमल गाउँपालिका–५ मा शिलान्यास गरेको आदिवासी रंगशाला राजनीतिक खिचतानीको सिकारका कारण अलपत्र छ। रंगशाला शिलान्यास हुनुअगावै आदिवासी जनजाति अगुवाहरू