रामजानकी अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा ढिलाइ

जनकपुरधाम । रामजानकी अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा ढिलाइ भएको छ । संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयले २०६६ असार १० गते जनकपुरधाममा रंगशाला निर्माण गर्ने निर्णय गरेको थियो । उक्त रंगशाला जनकपुरमा रहेको गुठी संस्थानको १६ बिघा १७ कठ्ठा १९ धुर जमीनमा वार्षिक रू. ९ लाख भाडा बुझाउनेगरी बनाउने सम्झौता भएको रामजानकी खेलकुद संस्थानका स्थापक अध्यक्ष दिनेश पुर्वेले बताए । २०७४ मङ्सिर ३ मा उक्त सम्झौता भएको थियो । रंगशाला निर्माणका लागि रू. ६ अर्ब १९ करोड १८ लाख लाग्ने अनुमान गरिएको छ । संघीय सरकारले आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा रू. ९ करोड ६० लाख बजेट विनियोजन गरे पनि रू. १ करोड ४० लाख रकम मात्र उपलब्ध गराएको पुर्वेले बताए । संघीय सरकारले उपलब्ध गराएको रकमबाट गुठी संस्थानलाई वार्षिक रू. ९ लाख भाडा र बाँकी कार्यालय सञ्चालनमा खर्च भएको उनको भनाइ छ । त्यस्तै प्रदेश सरकारबाट रंगशाला निर्माणका लागि २०७५/७६ देखि २०७९/८० सम्ममा रू. ६० लाख रकम उपलब्ध भएको उनले बताए । प्रदेश सरकारबाट उपलब्ध गराएको रकमबाट क्रिकेट ग्राउन्डको डिजाइन र घेराबार पर्खाल निर्माण गरिएको उनले जानकारी दिए । अहिलेसम्म रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार नभएको उनले बताए । रंगशाला निर्माणका लागि प्रक्रिया अघि बढे पनि कामले गति लिन नसकेको उनको भनाइ छ ।

सम्बन्धित सामग्री

क्रिकेट मैदान निर्माणमा ढिलाइ

विराटनगर : ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा मोरङको झापा बैजनाथपुरमा क्रिकेट रंगशाला निर्माणको कामले गति लिन सकेको छैन। रंगशाला निर्माण नहुँदा आगामी पुस १४ गतेदेखि आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लास्तरीय छनोट र मेयरकप क्रिकेट प्रतियोगिता प्रभावित बन्ने भएको छ। बैजनाथपुरमा रहेको अन्तर्राष्ट्रियस्तरको रं...