जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता र प्रदेश सरकारलाई बदनाम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले 'छापामार' शैलीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेका आरोप लगाएका छन्।अख्तियारको टोलीले कागजपत्र नियन्त्रणमा लिएर गएलगत्तै मुख्यमन्त्री राउतले पत्रकार सम्मेलन गरी अख्तियारको 'छापामार' शैलीको विरोध गरेका छन्।पत्रकार सम्मेलनमा उनले भने, ‘जसरी अख्तियारको टोली आएर एक्कासी छापामार शैलीको प्रयोग गरे त्यसबाट उनीहरूको न