पहिलाे आर्थिक वर्षमै माेदी र याेगीकाे भ्रमण गराउनु प्रदेश सरकारकाे उपलब्धि : मुख्यमन्त्री राउत

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार सम्हालेको पहिलो आर्थिक वर्षमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण गराउनु सरकारको उपलब्धि भएको बताउनुभएकाे छ । प्रदेश सरकार स्थापना भएको चार वर्षको उपलब्धि सार्वजनिक गर्न आज मङ्गलवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । यस्तै मुख्यमन्त्री राउतले प्रदेश सरकारले समाज रूपान्तरणको अभियानमार्फत महत्त्वपूर्ण काम गरिरहेको बताउनुभयाे । प्रदेश सरकारले समाजमा रहेका विकृति, वि...