काठमाडाैँ – सरकारले दुई महिनापछि काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधन चलाउन अनुमति दिए पनि सडकमा फाट्टफुट्ट रुपमा मात्रै गाडीहरु सञ्चालनमा आएका छन्। कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएसँगै गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लाग्दा सार्वजनिक सवारी साधान चल्न पाएका थिएनन्। मंगलबारदेखि २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक सवारी साधन जोर–बिजोर नम्बर प्रणालीका आधारमा सञ्चालन […]