आज सार्वजनिक सवारी साधनको भाडादर घट्ने

काठमाडौं : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ। यातायात व्यवस्था विभागले आज सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गर्ने भएको हो । विभागका महानिर्देशक नमराज घिमिरेले समायोजनको दर आज सार्वजनिक गरिने जानकारी दिए।रेडियो थाहा संचारको कार्यक्रम इकोनोमिक टाइम्समा कुरा गर्दै महानिर्देशक घिमिरेले कार्यालय समय खुल्ने बित्तिकै अन्तर प्रदेशमा चल्ने  सवारीको नयाँ भाडादर सार्वजनिक गरिने बताए। उनले काठमाडौं उपत्यकाको भाडादर समायोजनको जिम

सम्बन्धित सामग्री

काठमाडौँसहित बागमती प्रदेशमा चल्ने छोटो दूरीका सवारीसाधनको भाडा बढ्यो, अब कति ?

आजबाट काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने छोटो दूरीका सवारी साधनको भाडा बढेको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले वैशाख १ बाट लागू हुने गरी सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढाएको थियो । बैशाख १ गते नयाँ वर्षको बिदा भएकाले खासै सवारी साधन चलेनन् । त्यसकारण आज २ गतेबाट भाडा पूर्ण रुपमा लागू भएको हो ।नयाँ भाडादर अनुसार अब यात्रुले सवारीसाधन चढ्ने वित्तिकै २० रुपैयाँ तिनुपर्ने भएको छ ।५ किलोमिटरसम्मको दूरीमा यात्रुले २० रुपैयाँ तिर्नुपर्नेछ भने २० किलोमिटरभन्दा माथिको दूरीमा ३८ रुपैयाँ तोकिएको छ । यसअघि ५ किलोमिटसम्मको भाडादर १८ रुपैयाँ थियो । २० किलोमिटरभन्दा धेरैको दूरीमा ३ रुपैयाँ भाडा बढाईएको छ । नयाँ भाडादर अनुसार सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुले ५ किलोमिटरसम्म २० रुपैयाँ, ६ देखि १० किलोमिटरसम्म यात्रा गर्दा २५ रुपैयाँ, ११ देखि १५ किलोमिटरसम्म यात्रा गर्दा ३० रुपैयाँ, १६ देखि २० किलोमिटरसम्मको यात्रामा ३३ रुपैयाँ र २० किलोमिटरभन्दा बढीको यात्रामा ३८ रुपैयाँ तिर्नुपर्नेछ ।मिटर ट्याक्सीको प्रति २०० मिटर भाडा १० रुपैयाँ बनाइएको छ । प्रतिक्षा शुल्क प्रतिमिनेट १.२० रुपैयाँ तोकिएको छ । सूचीः

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा आजदेखि बढ्यो सार्वजनिक बसको भाडा

काठमाडौँ- काठमाडौं उपत्यकासहित बागमती प्रदेशका सबै जिल्लामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आजदेखि लागू भएको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि गरेको थियो । समायोजनपछि सार्वजनिक सवारी साध...

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा आजदेखि बढ्यो सार्वजनिक बसको भाडा

काठमाडौँ- काठमाडौं उपत्यकासहित बागमती प्रदेशका सबै जिल्लामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले समायोजन गरेको नयाँ भाडादर आजदेखि लागू भएको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आजदेखि लागू हुने गरी गत चैत २४ गते नै भाडा वृद्धि गरेको थियो । समायोजनपछि सार्वजनिक सवारी साध...

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडाबृद्धि, नयाँ वर्षदेखि लागू हुने

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो ।श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर […]

काठमाडौं उपत्यकामा बढ्यो सार्वजनिक सवारीको भाडा (सूचीसहित)

चैत २६ , काठमाडौं । बाग्मती प्रदेश अन्तर्गत काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बाग्मती प्रदेश सरकारले नयाँवर्ष २०७९ वैशाख  १ गतेदेखि लागू  हुने  गरी भाडादर समायोजन गरेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले गत शुक्रवार गरेको निर्णय अनुसार सार्वजकि यातायाताको भाडा वृद्धि गरिएको हो । भाडादर समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढ्ने छ । नयाँ भाडादर अनुसार अव यात्रुले पाँच किलोमिटरसम्म २० रुपैयाँ,  १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ,  २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ । मन्त्रालयले  पछिल्लो पटक भाडा समायोजन गर्दा आधार मानिएको मूल्यको तुलनामा पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधानको भाडा समायोजन हुने बताएको छ। हेर्नुहोस् सूची :

गण्डकीमा १ फागुनदेखि गाडी भाडा बढ्ने, कति पुग्यो नयाँ भाडादर ?

२८ माघ, पोखरा । गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन र ट्याक्सीको नयाँ भाडादर तोकेको छ । फागुन १ गतेदेखि लागू हुने गरी भाडा बढाइएको हो । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयले यसअघि नै प्रदेशमा २३ प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय गरिकसकेको थियो । लामो दूरीको बसमा २३.५१ प्रतिशत र नगर बसमा २२.५५ […]

गण्डकीमा गाडी भाडा बढ्यो, व्यवसायीसँग सहमतिपछि मात्रै लागू गरिने

४ माघ, पोखरा । गण्डकी सरकारले सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडादर बढाएको छ । मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले भाडादर बढाउने निर्णय भएको जानकारी दिएका हुन् । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री समेत रहेका प्रवक्ता खड्काले प्रदेशमा २३ प्रतिशतसम्म भाडा समायोजन गरेको जानकारी दिए । उनका अनुसार लामो […]