काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले आफूले जितेमा विदेशबाट आउने नेपालीलाई त्रिभुवन विमानस्थलमै भीभीआईपी प्रमाणपत्र दिएर आफैँले स्वागत गर्ने दाबी गर्नुभएको छ । चितवनको नारायणी किनारमा आज बिहीवार भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले नेपालमै केही गर्छु भनेर फर्किँदा आफूमाथि अपमान, पीडा र खाल्डोमा हाल्ने हर्कतहरू भएको भन्दै विदेशमा बसेका नेपालीलाई आफूले जस्तो अपमान भोग्न नदिने बताउनुभयो । विदेशमा बस्ने नेपालीको भोट हाल्न पाउने अधिकारलाई कुण्ठित ग...