काठमाडाैं । थारु समुदायले काठमाडौंमा पनि समाचकेवा पर्व मनाएका छन् । काठमाडौं शनिबार प्रर्दशनीमार्गस्थित पयर्टन बोर्डमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले सोही पर्व हर्षोउल्लासका साथ मनाएका हुन् । कार्यक्रममा थारु आयोगका कार्यवाहक अध्यक्ष सुवोधसिंह चौधरीले पर्वको मौलिक परम्पराकाे बारेमा चर्चा गर्नुभएको थियो । यस पर्वलाई दाजु बहिनीको प्रेमको प्रतिकको रुपमा लिने गरिन्छ। मध्य तराईको थारु […]
मुस्ताङ जिल्लाको कोरला अध्यागमन कार्यालयबाट सेवा प्रवाह सुरु भएको छ । कार्यालयको उद्घाटन भएको एक वर्षपछि पहिलोपटक १३ जना नेपाली चीन प्रस्थान गरेका छन् । २०८१ कार्तिक १४ मा कार्यालयको उद्घाटन भएको थियो । कोरला अध्यागमन कार्यालय परिसरमा बाक्लो हिउँ परेका कारण अध्यागमन सेवा ल्होमान्थाङ् ईलाका प्रशासन कार्यालयबाट सेवा प्रवाह गरिएको हो । ल्होमान्थाङ् गाउँपालिकाका […]
काठमाडौं । हामी नेपालका अगुवा सुदन गुरुङले सुशीला कार्की नेतृत्वकाे सरकार ढाल्ने र आन्दोलन कमजोर पार्न खेल भइरहेको दावी गर्नुभएकाे छ। गुरुङले शनिबार साँझ सामाजिक सञ्जालमार्फत यस्ताे दावी गर्नुभएकाे हाे। गुरूङले प्रधानमन्त्री कार्की र जिम्मेवार मन्त्रीहरूको आफूहरू ढाल बनेर उभिएको बताउनुभएकाे छ। जो कोही पनि यो समय गलत राजनीतिक खेल खेल्ने र हाम्रो सरकार ढाल्ने […]
जनकपुर। नवगठित नेपाली कम्युनिस्ट पार्टीभित्रको नेकपा माओवादी केन्द्रको विवादका कारण मधेस प्रमुखका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले पदबाट राजीनामा दिएका छन्। माओवादी केन्द्रका दुई सांसदले शनिबार प्रदेशसभमा मुख्यमन्त्री सोनललाई विश्वासको मत नदिने घोषणा गरेका थिए। आफ्नो पक्षमा बहुमत नपुग्ने देखिएपछि सोनलले मतविभाजनको प्रक्रिया सुरु भएपछि राजीनामा दिए। सोनलको राजीनामासँगै जेन-जी आन्दोलनपछि कांग्रेस-एमालेबाहेक दलहरुले मधेस प्रदेशमा […]