काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति पदका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता भएको उल्लेख गर्दै उहाँलाई विजयी बनाउन सबैलाई आह्वान गर्नुभएको छ ।
राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूका लागि आज बिहीवार काठमाण्डौमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले नेता पौडेलले नेपाली राजनीतिमा गर्नुभएको योगदानका बारेमा सबैलाई अवगत रहेको उल्लेख गर्नुभयो । सभापति ...