अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक नियुक्तिका लागि संसदीय सुनुवाइ गर्नुपर्ने प्रावधान प्रतिनिधिसभा विघटन भएका बेला लागू नहुने व्यवस्था राखेर अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन्।
अमेरिकी बोर्डर पेट्रोलले एक गोप्य खुफिया निर्देशनअन्तर्गत देशभरिका लाखौँ चालकहरूलाई निगरानी गरिरहेको पाइएको छ । ड्राइभरहरूको यात्रा ढाँचा ‘सन्दिग्ध’ ठहरिएमा उनीहरूलाई रोकिने, खानतलासीका साथै गिरफ्तारीसमेत भइरहेका उदाहरणहरू सार्वजनिक भएपछि व्यापक बहस सुरु भएको हो । एपीमा प्रकाशित एक रिपोर्टका अनुसार देशभरि जडान गरिएका क्यामेरा नेटवर्कले सवारीहरूको लाइसेन्स प्लेट निरन्तर स्क्यान तथा रेकर्ड गर्छ। त्यसपछि एउटा […]
जोहानेसबर्ग – संयुक्त राज्य अमेरिकाले जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने बताएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले समूहमा कसैको पनि दादागिरी नचल्ने चेतावनी दिएका छन् । सम्मेलन यस सप्ताहन्तमा जोहानेसबर्गमा हुँदैछ । वाशिङ्गटनले सम्मेलनमा आफूले प्रतिनिधि नपठाउने बताउँदै सम्मेलनपछि नेताहरूको परम्परागत रुपमा आउने गरेको संयुक्त वक्तव्य जारी गर्न उचित नहुने बताएको छ। सम्मेलनमा लगभग ४० देशको […]
काठमाडौँ- बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेको आरोपमा नेकपा एमालेका अर्का स्थानीय नेता पनि पक्राउ परेका छन्। बुधबार आयोजित प्रदर्शनबीच जेनजी समूहलाई कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय अरविन्द साहलाई पक्राउ गरेको हो।उनीविरुद्ध जेनजी प्रतिनिधि सम्राट उपाध्यायले प्रहरीमा जाहेरी दिएका थिए। जेनजीको जाहेरीको आधारमा साहलाई पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले खबरहबलाई जानकारी दिए। […]
अमेरिकाको नर्थ क्यारोलिना राज्यस्थित शार्लोट शहरमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कडाइपूर्ण आप्रवासन अभियानअन्तर्गत २५० भन्दा बढी व्यक्तिहरू पक्राउ परेका छन् । अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)का अनुसार “अप्रेशन शार्लोट्स वेब” नाम दिइएको उक्त कारबाहीमा अपराध गतिविधिमा संलग्न मानिएका कागजातविहीन आप्रवासी तथा ग्याङ सदस्यलाई लक्षित गरिएको छ । यो अभियान गत शनिबारदेखि सुरु भएको हो […]