एमालेका दोस्रो तहका नेता र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेता र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अहिले नेपाल समूहका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुबीच छलफल भइरहेको बताइएको छ । एमालेका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायतका नेताहरु नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

सम्बन्धित सामग्री

आज पनि माधवकुमार नेपाल पक्षको बैठक बस्दै

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। नयाँ बानेश्वरमा बस्ने बैठक पार्टी एकता कायम राख्ने सन्दर्भमा केन्द्रित हुने स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए। हिजोको बैठकमा नेता भीम रावलले १० बुँदे प्रस्तावबारे जानकारी गराएका थिए। एमाले एकताका लागि दबाब दिन भन्दै हिजो केही सांसदहरूले कार्यदलका सदस्यहरूसँग छलफल पनि गरेका थिए।

माधवकुमार नेपाल समूहका केही नेताले विश्वासको मत नदिने

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका करिब १५ जना नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन्।...

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल वार्तास्थलबाट बाहिरिए

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल वार्तास्थलबाट बाहिरिएका छन् । बाहिरिने क्रममा ओली र नेपालले प्रतिक्रिया दिन मानेनन् ।  कार्यदलस्तरमा छलफल सकारात्मक भएपछि ओली र नेपालबीच नक्सालस्थित एक...

माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

न्युज अफ नेपाल, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । नेता नेपाल र श्रेष्ठबीच कोटेश्वरमा एक घण्टा लामो भेटवार्ता भएको स्रोतले जनएको छ । भेटमा पछिल्लो समय चलिरहेको राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।

एमालेका वरिष्ठ नेता खनाल-नेपालसहित २२ सांसदले सामूहिक राजिनामा दिँदै !

काठमाडौं : नेकपा एमाले विभाजनको डिलैमा पुगेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा रहेका प्रत्यक्ष निर्वाचित २२ सांसदले प्रधानमन्त्री केपी ओलीका तर्फबाट एकताको ढोका बन्द भए सामूहिक राजीनामा गर्नेगरी हस्ताक्षर संकलन गरेका छन्। शनिबार राति त्रिपुरेश्वरस्थित एक घरमा बसेको खनाल–नेपाल समूहका सांसदहरूको बैठकमा पार्टीलाई एकताबद्ध बनाउन अन्तिमसम्म हदैसम्मको लचकता अपनाउने तर ढोका बन्द गरिए सामूहिक राजीनामा दिनेगरी सबैले हस्ताक्षर गरेका हुन्।‘पार्टी एकता जोगाउन अन्तिमसम

माधवकुमार नेपाल समूहले दायर गरेको मुद्दामा लिखित जवाफ माग्ने आदेश

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग्ने आदेश दिएकाे छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले सो मुद्दा सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ माग्ने आदेश दिएको हो ।एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानविपरीत आफूहरूलाई कारबाही गरेको भन्दै सो समूहका चार नेताले सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदकले निर्वाचन आयोग, अध्यक्ष ओली, सभामुख, महासचिव ईश्वर पोखरेल लगायतलाई विपक्षी बनाएका छन् ।वरिष्

माधवकुमार नेपाल र भीम रावल एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाण्डाै / नेपाल कम्युनिस्ट पार्टी एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ । पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केेपी शर्मा ओलीले नेपाल र रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाउनुभएको छ । यसअघि केन्द्रीय समितिको बैठकले सोधेको स्पष्टीकरण चित्तबुझ्दो... The post माधवकुमार नेपाल र भीम रावल एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बित appeared first on Purbeli News.

माधवकुमार नेपाल र भीम रावल एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बित !

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ ।पार्टी र नेतृत्वविरुद्ध लागेको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केेपी शर्मा ओलीले नेपाल र रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाउनुभएको छ ।यसअघि केन्द्रीय समितिको बैठकले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष ओलीले दुवै नेतालाई पार्टीबाट निलम्बन गर्नुभएको हो ।  निलम्बन गरिएकोबारे पत्रमा लेखिएको छ, ‘तप...