उनले बोल्न मात्रै के थालेका थिए केटाकेटी चिच्याउन थाले, ‘हैन फेरि यही मान्छेको भाषण? केही काम छैन कि क्या हो बा यो मान्छेको अरू? सधैं भाषण मात्रै गरिराख्छ।’
मैले भनें,‘नेता हो नेता। नेताको काम नै भाषण गर्ने त हो।’...
काठमाडौँ । माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण पुष्टि भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताएका छन् ।
पेशल आचार्य काठमाडौ । संस्कृत भाषाले ‘नेता’ भनेको ‘समाजका हजारौं व्यक्तिलाई उज्यालोतर्फ डोहोर्याउने व्यक्ति’ लाई भन्छ । यसर्थमा नेताको परिभाषा केही लामो छ –‘नयति इति नेता ।’ व्युत्पन्न शब्दजस्तो व्युत्पत्तिमूलक छोटो छैन । हुन त ‘नेता’ आधार शब्दमै ‘अभि’ उपसर्ग लागेर ‘अभिनेता’ शब्दको निर्माण हुन्छ । यसको अर्थचाहिँ ‘अभिनयबाट अगाडि लैजाने हो ।’ चाहे त्यो […]
काठमाडौं, १४ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लाग जाँदा नेकपा एमालेका वरिष्ठ नेता थिए । वरियतामा उनी दोस्रो स्थानमा थिए । तर, फर्कंदा नेकपा एकीकृत समाजवादीका नेता भएका छन् । वरियतामा पनि दोस्रो स्थानमै रहेका छन् । नयाँ दिल्लीमा उपचारमा जाँदा खनालले एमाले एक बनाइराख्न दोस्रो पुस्ताका नेताहरुलाई आग्रह गरेका थिए । तर, उनी […]
काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेता र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अहिले नेपाल समूहका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुबीच छलफल भइरहेको बताइएको छ । एमालेका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेललगायतका नेताहरु नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।
एक पार्टीले अर्कालाई धावा बोल्दै संसद् भवन कुरुक्षेत्र बनाउन उत्रिन्छन् बदनामी गर्दै बकम्फुसे नारामा देशलाई आगो नभएको चुल्हो बनाउँदै छन् यी नेता न इमानदारी बुझ्छन् न बफादारी बुझ्छन्।...
काठमाडौं : नेपालका पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको अन्त्येष्टिमा शीर्षस्थ नेताहरु पुगेका छन्।मंगलबार आर्यघाटमा गरिएको अन्त्येष्टिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड‚ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल‚ सभामुख अग्नि सापकोटा‚ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत पुगेका थिए।नेपाली कम्युनिष्ट आन्दोलनका स्थापित पुराना वामपन्थी नेता मानन्धरको ९१ वर्षको उमेरमा सोमबार बेलुका निधन भएको थियो।
कांग्रेस नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई नेता तथा कार्यकर्ताले पार्टी कार्यालय सानेपा पुगेर श्रद्धाञ्जली दिएका छन् । कांग्रेससहित विभिन्न दलका नेता तथा कार्यकर्ता सानेपा पुगेर जोशीलाई श्रद्धाञ्जली दिएका हुन् ।...
राजनीतिको पृष्ठभूमिका गीत–संगीतको भूमिका महत्वपूर्ण छ । त्यसैले पनि होला, राजनीतिमा सक्रिय कतिपय नेता विभिन्न कालखण्डमा यससँग निकट भए । राजनीतिक व्यस्तताबीचमै पनि गीत–संगीतमा सक्रिय नेता अहिले पनि छन् । प्रधानमन्त्रीदेखि विद्रोही पार्टीका नेतासमेत गीत लेख्छन् ।