हनुमानढोकामा छोरी कुमारीलाई शक्ति प्रदान गरेर फर्किए पचली भैरव

काठमाडौँ:  पचली भैरव (तेप आजु द्य) जात्रा सम्पन्न भएको छ। अरु बेला राति हुने यो जात्रा यसपटक कोरोना संक्रमणका कारण दिउँसो गरिएको थियो। जात्राका क्रममा पचली भैरवलाई पीपीई लगाएकाहरुले खटमा राखेर नगर परिक्रमा गराएका थिए। पञ्चमीका दिन पचली भैरवको मूर्तिलाई टेकुबाट नगर परिक्रमा गर्दै वसन्तपुरस्थित हनुमानढोका पुर्‍याइएको थियो। त्यहाँ

सम्बन्धित सामग्री

चार दशकपछि पचली भैरव जात्रामा ठड्याइयो यःसिं [तस्वीरहरू]

काठमाडौं । नेवार समुदायको पर्व पचली भैरव जात्रामा चार दशकपछि यस वर्ष यःसि (लिंगो) ठड्याइएको छ । जात्राका क्रममा काठमाडौंको टेकुस्थित पचली भैरव मन्दिर परिसरमा बुधवार बिहान ८ः३० बजेको शुभसाइतमा श्री पचली आजु यःसिं गुथि (रञ्जितकार गुथि) का सदस्यहरूसहित स्थानीयले यःसि ठड्याएका हुन्। विगतका वर्षहरूमा आर्थिकलगायत कारणले जात्रामा यःसि ठड्याउन सकिएको थिएन । यस वर्ष गुठियारहरूको सक्रियता देखाएपछि जात्रामा यःसिं पुनःस्थापित भएको हो । जानकारहरूका अनुसार दशैं आउन लागेको जानकारी दिन जात्रामा लिंगो ठड्याउने परम्परा छ ।   जात्राका लागि साँखु माथिको जङ्गलबाट ३२ हाते लिङ्गोका लागि रुख काटेर ल्याइएको गुठियारहरुले जानकारी दिए । आश्विन शुक्ल चौथीका दिन लिंगो उठाएपछि टेकुबाट जात्रा शुरु हुन्छ । उक्त जात्रा ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म हुने गरेको छ । अष्टमीका दिन लिंगो ढालिएपछि जात्रा सकिन्छ। मल्लकालमा राजा जयराम मल्लले यो जात्राको शुरूआत गरेको विश्वास छ । श्री पचली भैरव आजु यो सिं गुठीले यो जात्राको व्यवस्थापन गर्दै आएको छ । यस वर्ष जात्रा व्यवस्थापन समितिले जात्रा सम्बन्धित फोटो प्रदर्शनीको पनि आयोजना गरेको छ ।

हुन्डाई नेपालद्वारा पचली भैरव मन्दिर परिसर सरसफाइ

काठमाण्डौं । हिजो हुन्डाई नेपालले ‘बी (भी) दि चेन्ज’ अभियान अन्तर्गत टेकुस्थित पचली भैरव मन्दिर परिसर सरसफाइ गरेको छ । पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिर परिसरसँगै नजिकै रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाइ गरिएको कम्पनीले जनाएको छ । हुन्डाई नेपालको ५० भन्दा बढी कर्मचारीको सहभागीता रहेको उक्त कार्यक्रममा […]

पुस्तकमा ‘पचली भैरव’

काठमाडौंको टेकुस्थित कौशी थिएटरमा शनिबार एक समारोहमा ‘पचली भैरव’ नाटकको पुस्तकको लोकार्पण भएको छ ।

रंगमञ्चमा यसरी मञ्चन हुँदैछ पचली भैरव र रुक्मिणीको प्रेमकथा

काठमाडौं : टेकुस्थित कौसी थिएटरमा पचली भैरवसम्बन्धी सांस्कृतिक नाटक मञ्चन हुँदैछ। कात्तिक २५ सुरु भएको नाटक मञ्चन मंसिर ४ गतेसम्म नाटक मञ्चन हुँदैछ। दशैंको पाचौं दिन पचिमह्रमा टेकुस्थित पचली भैरवको जात्रा हुन्छ। पचली भैरव (तेप आजु द्य) को मूर्तिलाई खटमा राखी टेकुबाट नगर परिक्रमा गराइन्छ। त्यसको भोलिपल्ट खोकनाको सिकालीमा रुद्रयाणी…

टेकुको पचली भैरव उत्पत्तिको वियोगान्त प्रेमकथा

काठमाडौं । काठमाडौं उपत्यका मठमन्दिर, शक्तिपीठ र किंवदन्तीले जीवन्त सहरका रूपमा चिनिन्छ । नेपाल मण्डल (काठमाडौं उपत्यका)को उत्पत्तिबारे धार्मिक र सांस्कृतिक मिथकहरू अति नै लोकप्रिय मानिन्छन् । यस्तै, काठमाडौंस्थित टेकुमा रहेको ‘पचली भैरव’को पनि आफ्नै विशेष महत्व र सांस्कृतिक मिथक छ । पचली भैरव सबै भैरवहरूको प्रमुख मानिन्छ । किंवदन्तीअनुसार पञ्चलिंगेश्वरको...

पचली भैरवको जात्रालाई नाटकको रुपमा देखाइँदै

काठमाडौं उपत्यकाको ऐतिहासिक पचली भैरव र भैरव जात्रालाई कलाकारको माध्यमबाट मञ्चन गरिने भएको छ। कार्तिक २५ गतेदेखि टेकुको कौशी थिएटरमा पचली भैरव र भैरवको कथामा आधारित नाटक मञ्चन गरिने भएको...

पचिमह्र : जब छोरी कुमारीलाई भेट्न नगर परिक्रमामा निस्किए पचली भैरव

काठमाडौं : लिच्छवीकालिन दक्षिणी कोलीग्राम अर्थात काठमाडौंको तल्लो टोलमा सोमवार पचली भैरव (तेप आजु द्य) जात्रा सम्पन्न भयो। टेकु स्थित पचली भैरवको मन्दिरबाट पचली भैरवको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गर्दै वसन्तपुरस्थित हनुमानढोका पुर्‍याइएको थियो। त्यहाँ पचली भैरवलाई उनकी छोरी जीवित देवी कुमारीसँग भेट गराइएको थियो। कुमारी घरमा कुमारी र पचली भैरवलाई…

पचली भैरव मन्दिरमा पाटी पुनर्निर्माणको काम सुरु

काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार पाटी पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन् । २०७९ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न हुने गरी शिलान्यास गरिएको सो पाटीको निर्माणकार्यको जिम्मेवारी नमोबुद्ध विल्डर्स प्रालिलाई दिइएको छ । ८९ लाख ५५ हजार लागत अनुमान गरिएको पाटी पुनर्निर्माणको काम […]

पचली भैरव मन्दिरमा पाटी पुनर्निर्माणको काम सुरु [भिडियाे]

काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार बिहान सो पार्टीको पुनर्निर्माण कार्यको शिलान्यास गर्नु भएको हो ।

काठमाडौंस्थित पचली भैरव मन्दिरमा पाटी पुनर्निर्माणको काम सुरू

काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार बिहान सो पार्टीको पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन्।