रंगमञ्चमा यसरी मञ्चन हुँदैछ पचली भैरव र रुक्मिणीको प्रेमकथा

काठमाडौं : टेकुस्थित कौसी थिएटरमा पचली भैरवसम्बन्धी सांस्कृतिक नाटक मञ्चन हुँदैछ। कात्तिक २५ सुरु भएको नाटक मञ्चन मंसिर ४ गतेसम्म नाटक मञ्चन हुँदैछ। दशैंको पाचौं दिन पचिमह्रमा टेकुस्थित पचली भैरवको जात्रा हुन्छ। पचली भैरव (तेप आजु द्य) को मूर्तिलाई खटमा राखी टेकुबाट नगर परिक्रमा गराइन्छ। त्यसको भोलिपल्ट खोकनाको सिकालीमा रुद्रयाणी…

सम्बन्धित सामग्री

पचली भैरवको खड्गसिद्ध जात्रामा परेड निकालियो (तस्बिरहरु)

काठमाडौँ – पचली भैरवको खड्गसिद्ध जात्रामा परेड निकालिएको छ। राजधानीमा शुक्रबार श्री पचली भैरव खड्ग सिद्धिको १२ वर्षे जात्रा सम्पन्न भएको हो। जात्राका क्रममा नेवार समुदायका व्यक्तिहरूले काठमाडौँको लगनदेखि क्षेत्रपाटीसम्म परेड पनि निकालेका छन्। १२ वर्षे खड्ग जात्रा गत विजयादशमीको दिनदेखि शुरु भएको हो। काठमाडौँको महत्वपूर्ण स्थानहरु मरुटोल, हनुमानढोका, लगन, पचली, इन्द्रचोक, असनलगायत पाटन, भक्तपुर […]

चार दशकपछि पचली भैरव जात्रामा ठड्याइयो यःसिं [तस्वीरहरू]

काठमाडौं । नेवार समुदायको पर्व पचली भैरव जात्रामा चार दशकपछि यस वर्ष यःसि (लिंगो) ठड्याइएको छ । जात्राका क्रममा काठमाडौंको टेकुस्थित पचली भैरव मन्दिर परिसरमा बुधवार बिहान ८ः३० बजेको शुभसाइतमा श्री पचली आजु यःसिं गुथि (रञ्जितकार गुथि) का सदस्यहरूसहित स्थानीयले यःसि ठड्याएका हुन्। विगतका वर्षहरूमा आर्थिकलगायत कारणले जात्रामा यःसि ठड्याउन सकिएको थिएन । यस वर्ष गुठियारहरूको सक्रियता देखाएपछि जात्रामा यःसिं पुनःस्थापित भएको हो । जानकारहरूका अनुसार दशैं आउन लागेको जानकारी दिन जात्रामा लिंगो ठड्याउने परम्परा छ ।   जात्राका लागि साँखु माथिको जङ्गलबाट ३२ हाते लिङ्गोका लागि रुख काटेर ल्याइएको गुठियारहरुले जानकारी दिए । आश्विन शुक्ल चौथीका दिन लिंगो उठाएपछि टेकुबाट जात्रा शुरु हुन्छ । उक्त जात्रा ब्रह्मटोल, ज्याबहाल, जैसीदेवल, लगन हुँदै हनुमानढोका दरबार क्षेत्रसम्म हुने गरेको छ । अष्टमीका दिन लिंगो ढालिएपछि जात्रा सकिन्छ। मल्लकालमा राजा जयराम मल्लले यो जात्राको शुरूआत गरेको विश्वास छ । श्री पचली भैरव आजु यो सिं गुठीले यो जात्राको व्यवस्थापन गर्दै आएको छ । यस वर्ष जात्रा व्यवस्थापन समितिले जात्रा सम्बन्धित फोटो प्रदर्शनीको पनि आयोजना गरेको छ ।

जब पचली भैरवलाई बसन्तपुर लगियो ...

काठमाडौं : लिच्छवीकालिन दक्षिणी कोलीग्राम अर्थात काठमाडौंको तल्लो टोलमा शुक्रवार पचली भैरव (तेप आजु द्य) जात्रा सम्पन्न भयो। टेकु स्थित पचली भैरवको मन्दिरबाट पचली भैरवको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गर्दै वसन्तपुरस्थित हनुमानढोका पुर्‍याइएको थियो। त्यहाँ पचली भैरवलाई उनकी छोरी जीवित देवी कुमारीसँग भेट गराइएको थियो। कुमारी घरमा कुमारी र पचली भैरवलाई…

हुन्डाई नेपालद्वारा पचली भैरव मन्दिर परिसर सरसफाइ

काठमाण्डौं । हिजो हुन्डाई नेपालले ‘बी (भी) दि चेन्ज’ अभियान अन्तर्गत टेकुस्थित पचली भैरव मन्दिर परिसर सरसफाइ गरेको छ । पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिर परिसरसँगै नजिकै रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाइ गरिएको कम्पनीले जनाएको छ । हुन्डाई नेपालको ५० भन्दा बढी कर्मचारीको सहभागीता रहेको उक्त कार्यक्रममा […]

राजा पलम्बर र रूक्मिणीकाे प्रेमकथा पचली भैरव नाटकमा

काठमाण्डौको टेकुमा रहेको वाग्मती र विष्णुमती नदीको संगम स्थानमा पञ्चलिङ्गेश्वरको उद्गम भएको मानिन्छ । पाँच प्रकारका उर्जा मिलेर उत्पत्ति भएको पञ्चलिङ्गेश्वर अपभ्रंश भएर काठमाण्डौको पचली भएको भनिन्छ । यहाँ अवस्थित पचली भैरवले ब्रह्मटोल, चल्खु, टेकुलगायत काठमाण्डौको दक्षिण कोलियग्रामको सुरक्षा गरिरहेको जनविश्वाश छ । स्थानीयले पचली आजुको नामबाट पुकार्ने पचली भैरवको जात्रा हरेक वर्षको बडा दशैंको समयमा घटस्थापनाका दिन शुरू भएर पञ्चमीसम्म सञ्चालन हुन्छ। नेपालमण्डलका जात्राहरूमध्ये दशैंको समयमा हुने पचलीभैरवको जात्रालाई महत्वपू...

पचली भैरवको जात्रालाई नाटकको रुपमा देखाइँदै

काठमाडौं उपत्यकाको ऐतिहासिक पचली भैरव र भैरव जात्रालाई कलाकारको माध्यमबाट मञ्चन गरिने भएको छ। कार्तिक २५ गतेदेखि टेकुको कौशी थिएटरमा पचली भैरव र भैरवको कथामा आधारित नाटक मञ्चन गरिने भएको...

पचिमह्र : जब छोरी कुमारीलाई भेट्न नगर परिक्रमामा निस्किए पचली भैरव

काठमाडौं : लिच्छवीकालिन दक्षिणी कोलीग्राम अर्थात काठमाडौंको तल्लो टोलमा सोमवार पचली भैरव (तेप आजु द्य) जात्रा सम्पन्न भयो। टेकु स्थित पचली भैरवको मन्दिरबाट पचली भैरवको मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गर्दै वसन्तपुरस्थित हनुमानढोका पुर्‍याइएको थियो। त्यहाँ पचली भैरवलाई उनकी छोरी जीवित देवी कुमारीसँग भेट गराइएको थियो। कुमारी घरमा कुमारी र पचली भैरवलाई…

पचली भैरव मन्दिरमा पाटी पुनर्निर्माणको काम सुरु

काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार पाटी पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन् । २०७९ साल जेठ मसान्तसम्म निर्माण सम्पन्न हुने गरी शिलान्यास गरिएको सो पाटीको निर्माणकार्यको जिम्मेवारी नमोबुद्ध विल्डर्स प्रालिलाई दिइएको छ । ८९ लाख ५५ हजार लागत अनुमान गरिएको पाटी पुनर्निर्माणको काम […]

पचली भैरव मन्दिरमा पाटी पुनर्निर्माणको काम सुरु [भिडियाे]

काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार बिहान सो पार्टीको पुनर्निर्माण कार्यको शिलान्यास गर्नु भएको हो ।

काठमाडौंस्थित पचली भैरव मन्दिरमा पाटी पुनर्निर्माणको काम सुरू

काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार बिहान सो पार्टीको पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन्।