काठमाडौंस्थित पचली भैरव मन्दिरमा पाटी पुनर्निर्माणको काम सुरू

काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिर परिसरमा पाटी पुनर्निर्माणको काम सुरु गरिएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बुधबार बिहान सो पार्टीको पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन्।