नेपाली काँग्रेस : पोखरा महानगरको निर्वाचन सम्पन्न, आजै मतगणना हुने

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पोखरा महानगरका लागि भएको मतदान सम्पन्न भएको छ । पोखरा महानगरपालिकामा १ हजार ३७० मतदाता रहेकोमा १ हजार ३४४ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदान सम्पन्न भएकाले आज नै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।  पोखरा महानगर समितिको सभापतिका लागि ६ जना उम्मेदवार रहेका छन् । सभापतिको लागि अग्रज पत्रकार गंगाधर पराजुली, वर्तमान उपसभापति सुरेन्द्रमान बिजुक्छे, पोखरा ९ र ११ का वडाध्यक्ष रामराज लामिछाने र मोहन बास्तोला, युवा नेता मिलन तिवारी र

सम्बन्धित सामग्री

सञ्चार मन्त्रीको निर्वाचन क्षेत्रमा भएन मतगणना सुचारु

मतगणना पुनः मतगणना गर्न माग गर्दै सञ्चार, सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका नेपाली काँग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले निवेदन दिएका छन्।...

सिरहाको औरहीमा मतगणना स्थगित

सिरहाको औरही गाउँपालिकाको मतगणना स्थगित भएको छ । गाउँपालिकाको वडा नम्बर १ को हरकट्टी मतदान केन्द्रको मतपेटिकाको सुरक्षण सील भाँचेको फेला परेकाले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टी राखेपछि मतगणना स्थगित गरिएको हो ।  विवाद पछि सर्वदलीय बैठक बसेको छ । बैठकले सुरक्षण सील तोडिएको मतपेटिका बारे छानबिन गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने   दलहरूको बीचमा सहमति भएको निर्वाचन अधिकृत पिताम्बर गौतमले जानकारी दिए ।    निर्वाचन आयोगको निर्देशन अनुसार पुनः दलहरुबीचमा छलफल गर

संखुवासभाको धर्मदेवी नगरपालिकामा ४ घण्टापछि पुनः मतगणना शुरु

संखुवासभा : संखुवासभाको धर्मदेवी नगरपालिकामा ४ घण्टापछि पुनः मतगणना शुरु भएको छ। राजनीतिक दलका प्रतिनिधिबीच विवाद भएपछि दिउँसो १२ बजे मतगणना रोकिएको थियो। स्थगित भएको मतगणना केही बेरअघि शुरु भएको हो।प्रमुखमा नेपाली काँग्रेस गठबन्धनका उम्मेदवार थलकुमार लिंखा २७१० मत पाएका छन् भने नेकपा एमालेका उदयचन्द्र पौडेलले २५८८ मत ल्याएका छन्। उपप्रमुखमा एमाले लक्ष्मी गिरी २५०७ र नेपाली काँग्रेस गठबन्धकान तर्फबाट तारा महतले २७९१ मत पाएकी छन्।

दाङको घोराही उपमहानगर र लमही नगरको मतगणना सुरु

दाङको घोराही उपमहानगरपालिका र लमही नगरपालिकाको मतगणना भर्खरै सुरु भएको छ। विहान सर्वदलीय बैठक सकिएपछि भर्खरै घोराही उपमहानगरको मतगणना सुरु भएको हो । अहिले घोराही उपमहानगरको १४ नम्बर र १९ नम्बर वडाबाट मतगणना सुरु भएको छ।घोराहीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल छ। गठबन्धनबाट माओवादी केन्द्रका नेता हेमराज शर्मा मेयरमा र काँग्रेसबाट भुपबहादुर डाँगीले उपमेयर उम्मेदवारी दिएका हुन्। एमालेबाट मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी प्रतिष्पर्धामा छन्। अहिले घोराहीको पुरानो बसपार्कमा र

इन्जिनियर्स एसोसिएसनको निर्वाचन : तत्काल मतगणना सुचारु गर्न माग

विभिन्न दल निकट इन्जिनियरहरूका संघ संगठनले नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको स्थगित मतगणना तत्काल सुचारु गर्न  माग गरेका छन् । काँग्रेस, लोसपा लगायतका दल निकट इन्जिनियरहरूको संघ संगठनले तत्काल मतगणना सुरु गर्न माग गरेका हुन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेस निकट सिडेनबाट अध्यक्ष पदका प्रत्यासी श्यामकिशोर यादवले तत्काल मतगणना सुरु गर्न धनुषाका प्रमुख जिल्ला अधिकारीसँग माग गरे । यादवले निर्वाचन समितिसँग मतगणनाको कामलाई नरोक्न माग गर्दै मतगणना रोकेर समग्र निर्

धनुषा काँग्रेसको मतगणना अझै सुरु भएन

नेपाली काँग्रेस धनुषाको १४ औँ जिल्ला अधिवेशन अन्तर्गतको निर्वाचन सम्पन्न भए पनि अझै मतगणना सुरु हुन सकेको छैन । सबै पक्षसँगको बैठकबाट निर्धारण गरिएको मापदण्ड अनुरुप सहमति भएपश्चात मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।धनुषा काँग्रेसको निर्वाचनमा ३ हजार १७३ मतदाता छन् भने २ हजार ९१२ मत खसेको छ । २६१ मतदाता भने निर्वाचनमा सहभागी भएनन् । सोमबार अबेर राति सम्पन्न निर्वाचनको मतगणना राति नै सुरु हुने भनिए पनि विभिन्न आन्तरिक समस्याका कारण मंगलबार दिउँसोबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ । मंगलबा

काँग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना सुरु

नेपाली काँग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना सुरु भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० : ३० बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले रातोपाटीलाई जानकारी दिए ।काँग्रेसमा ३५ जना खुलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनेमा ९९ जना उम्मेदवार रहेका छन् । यसअघि पदाधिकारी र प्रदेशको भूगोल र पिछडिएका क्षेत्रतर्फका केन्द्रीय सदस्यको मतगणना भइसकेको छ ।

काँग्रेस महाधिवेशन : प्रदेश १ मा पनि मतगणना सुरु

नेपाली काँग्रेस प्रदेश १ को मत गणना शुरु भएको छ। काँग्रेस पार्टी कार्यालय मोरङमा अहिले १ :५० बाट मतगणना कार्य शुरु भएको हो। निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार मतगणना कार्य शुरु गर्नेका लागि मुचुल्का उठाएर मत गणना गर्ने काम शुरु भएको हो ।काँग्रेस प्रदेश समितिको नेतृत्वका लागि शनिबार मतदान भएको थियो। मत गणनाको कार्य आज बिहान ८ बजेदेखि गर्ने भनिए पनि  उमेदवार तथा पार्टीका नेताहरु मतगणना स्थल नआएकाले मतगणना कार्य ६ घण्टा ढिला भएको हो

बागमतीमा सुरु भयो मतगणना

नेपाली काँग्रेस बागमती प्रदेशको मतगणना सुरु गरिएको छ । आइतबार राति साढे १२ बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । काँग्रेस बागमतीको सभापतिमा इन्द्रबहादुर बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान प्रतिस्पर्धामा छन् । शनिबार राति सम्पन्न चुनावमा कुल २०८३ मत खसेको थियो । बागमतीमा मतदाता भने २१५१ जना रहेको थियो ।

काँग्रेस–मध्यरातदेखि सुरु भयो बागमतीको मतगणना

नेपाली काँग्रेस बागमती प्रदेशको मतगणना सुरु भएको छ । राति साढे १२ बजेदेखि मतगणना सुरु भएको हो।   कुल मतदाता २१५१ भएको बागमती प्रदेशमा २०८३ मत खसेको थियो ।  प्रदेश सभापतिमा संस्थापन पक्षबाट नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, संस्थापन इतर पक्षबाट जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट पूर्व रक्षा मन्त्री भीमसेनदास प्रधान प्रतिस्पर्धामा छन् ।