बागमतीमा सुरु भयो मतगणना

नेपाली काँग्रेस बागमती प्रदेशको मतगणना सुरु गरिएको छ । आइतबार राति साढे १२ बजेदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । काँग्रेस बागमतीको सभापतिमा इन्द्रबहादुर बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधान प्रतिस्पर्धामा छन् । शनिबार राति सम्पन्न चुनावमा कुल २०८३ मत खसेको थियो । बागमतीमा मतदाता भने २१५१ जना रहेको थियो ।