संखुवासभाको धर्मदेवी नगरपालिकामा ४ घण्टापछि पुनः मतगणना शुरु

संखुवासभा : संखुवासभाको धर्मदेवी नगरपालिकामा ४ घण्टापछि पुनः मतगणना शुरु भएको छ। राजनीतिक दलका प्रतिनिधिबीच विवाद भएपछि दिउँसो १२ बजे मतगणना रोकिएको थियो। स्थगित भएको मतगणना केही बेरअघि शुरु भएको हो।प्रमुखमा नेपाली काँग्रेस गठबन्धनका उम्मेदवार थलकुमार लिंखा २७१० मत पाएका छन् भने नेकपा एमालेका उदयचन्द्र पौडेलले २५८८ मत ल्याएका छन्। उपप्रमुखमा एमाले लक्ष्मी गिरी २५०७ र नेपाली काँग्रेस गठबन्धकान तर्फबाट तारा महतले २७९१ मत पाएकी छन्।