नेपाली काँग्रेस प्रदेश १ को मत गणना शुरु भएको छ। काँग्रेस पार्टी कार्यालय मोरङमा अहिले १ :५० बाट मतगणना कार्य शुरु भएको हो। निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार मतगणना कार्य शुरु गर्नेका लागि मुचुल्का उठाएर मत गणना गर्ने काम शुरु भएको हो ।काँग्रेस प्रदेश समितिको नेतृत्वका लागि शनिबार मतदान भएको थियो। मत गणनाको कार्य आज बिहान ८ बजेदेखि गर्ने भनिए पनि उमेदवार तथा पार्टीका नेताहरु मतगणना स्थल नआएकाले मतगणना कार्य ६ घण्टा ढिला भएको हो