सीवाईसी लघुवित्तको सेयरमा लगातार सकरात्मक सर्किट, कति पुग्यो मूल्य ?

सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्यमा आज पनि सकरात्मक सर्किट लागेको छ । जेठ ३० गतेदेखि कारोबारमा आएको कम्पनीको सेयरमा लगातार सकरात्मक सर्किट लाग्ने क्रममा आज पनि सेयर मूल्य १० प्रतिशतले बढेको हो ।नेप्सेमा ३८२ रुपैयाँ प्रतिकित्तामा पहिलो कारोबार भएको कम्पनी त्यसयता निरन्तर बढिरहेको छ ।आज पनि सेयर मूल्य १० प्रतिशतले बढेसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार २७६ रुपैयाँ पुगेको छ । आजै कम्पनीको सेयर मूल्यमा प्रतिकित्ता ११६ रुपैयाँको वृद्धि आएको नेप्सेले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि ३ ल

सम्बन्धित सामग्री

सानिमा लाइफको शेयर कारोबार सुरु भएकै दिन सकरात्मक सर्किट

काठमाडौँ– सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएसँगै विहीबार कारोबार सुरु भएको छ । ३०९ रुपैयाँमा कारोबार खुलेको सानिमाको शेयर मूल्य कारोबार सुरु भएको आधा घण्टामै १० प्रतिशतले बढेको छ । १० प्रतिशतले मूल्य बढेपछि सकरात्मक सर्किट लागेको छ । विहीबार सानिमाको शेयर मूल्य ३३९ रुपैयाँ पुगेको छ । सानिमाको २ […]

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

काठमाडौं। आज सेयर बजार परिसूचक १५ अंकले बढेको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। आज नारायणी विकास बैंक, मल्टीप्रपोज फाइनान्स र चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको हो। मूल्यमा १० प्रतिशतको वृद्धिसँगै नारायणीको सेयर मूल्य प्रतिकित्ता ८०३ रुपैयाँ, मल्टीप्रपोजको मूल्य प्रतिकित्ता ५३४ र चन्द्रागिरीको प्रतिकित्ता १६ सय ३७ रुपैयाँ पुगेको छ।

दुई कम्पनीको सेयर मूल्यमा उछाल

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७ अंकले बढेको दिन आज दुई वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। नेप्सेका अनुसार आज सेञ्चुरी कर्मशियल बैंक र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर मूल्य बढेको हो। आज यी दुई कम्पनीबाहेक अन्य कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेन्। यस्तै कुनै पनि कम्पनीको सेयर मूल्य उच्च अंकले घटेको छैन।

माथिल्लो तामाकोशीको सेयरमा ‘सर्किट ब्रेक’

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ अंकले घटेको दिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर मूल्य भने बढेको छ। आज तामाकोशीको सेयर मूल्यमा आएको १० प्रतिशतको वृद्धिसँगै ‘सकरात्मक सर्किट’ नै लागेको छ। आज एकै दिन कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६७ रुपैयाँ बढेर ७४५ रुपैयाँ पुगेको छ। यसबाहेक अन्य कुनै पनि कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएन्।

११ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई नयाँ किर्तिमान कायम गर्दा ११ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। एकै दिन सबैभन्दा बढी ११ कम्पनीको सेयर सकरात्मक सर्किट लागेको हो। यसैगरी, आज २० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। सबैगरी ३१ वटा कम्पनीको सेयर मूल्यमा आज उच्चवृद्धि भएको हो।

१२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। तीन कम्पनीको सेयर मूल्य १० प्रतिशत र अन्य ९ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यस क्रममा नारायणी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत आयोजना र बोटलर्स नेपाल (तराई)को सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ।

१० प्रतिशत बढ्यो बोटलर्स नेपाल (तराई)को सेयर

काठमाडौं। बोटलर्स नेपाल (तराई)को सेयर मूल्य १० प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३७ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो विवरण सर्वाजनिक भएपछि आज कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो। प्रतिकित्ता ९१५ रुपैयाँले बढ्दै आज कम्पनीको सेयर मूल्य १० हजार ६५ रुपैयाँ पुगेर रोकिएको छ।

दुई कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

काठमाडौं। सेयर बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भएकामध्ये दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। आज खानीखोला हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको हो।

दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भएकामध्ये दुई कम्पनीको सेयर मूल्य सकरात्मक सर्किट लागेका छन्। समता घरेलु लघुवित्त र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो। नेप्सेमा कुनै कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेपछि सर्किट लागेर कारोबार रोकिने व्यवस्था छ। १० प्रतिशतको मूल्यृवृद्धिसँगै समताको सेयर मूल्य ६०५ र महिलाको ४१ सय ५८ पुगेको छ।

ज्योति लाइफको सेयरमा सकरात्मक सर्किट

काठमाडौं। ज्योति लाईफ इन्स्योरेन्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको सेयर ९.९१ प्रतिशतले बढेको हो।जसअनुसार, लाइफको सेयर मूल्य प्रतिकित्ता ५६ रुपैयाँले बढेर ६२१ रुपैयाँ पुगेको छ। कारोबार सुरु हुँदा यसको सेयर मूल्य ५५६ रुपैयाँ थियो। कम्पनीको सेयर मूल्य बढेपनि बेच्न चाहने कोही छैनन्।