माथिल्लो तामाकोशीको सेयरमा ‘सर्किट ब्रेक’

काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ अंकले घटेको दिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर मूल्य भने बढेको छ। आज तामाकोशीको सेयर मूल्यमा आएको १० प्रतिशतको वृद्धिसँगै ‘सकरात्मक सर्किट’ नै लागेको छ। आज एकै दिन कम्पनीको प्रतिकित्ता सेयर मूल्य ६७ रुपैयाँ बढेर ७४५ रुपैयाँ पुगेको छ। यसबाहेक अन्य कुनै पनि कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएन्।