१० प्रतिशत बढ्यो बोटलर्स नेपाल (तराई)को सेयर

काठमाडौं। बोटलर्स नेपाल (तराई)को सेयर मूल्य १० प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३७ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यो विवरण सर्वाजनिक भएपछि आज कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो। प्रतिकित्ता ९१५ रुपैयाँले बढ्दै आज कम्पनीको सेयर मूल्य १० हजार ६५ रुपैयाँ पुगेर रोकिएको छ।

सम्बन्धित सामग्री

उत्पादन तथा प्रशोधन समूहका ६ कम्पनीले दिए लाभांश , कुन कम्पनीको कति लाभांश ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत ८ कम्पनीहरुमध्ये ६ कम्पनीले गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश दिएका छन् । युनिलिभर नेपाल, बोटलर्स नेपाल तराई , नेपाल ल्युब आयल , हिमालयन डिष्टीलरी, शिवम सिमेन्ट्स र घोराही सिमेन्ट्स इन्ड्रष्टी लिमिटेडले गत आवको मुनाफाबाट लाभांश दिएका हुन । बोटलर्स नेपाल बालाजु र सोनापुर मिनरल्स एण्ड आयलले भने गत आवको मुनाफाबाट लाभांश दिएनन् ।  लाभांश दिएका कम्पनीमध्ये हिमालयन डिष्टीलरी र शिवम सिमेन्ट्सको बोनस शेयर सूचीकृत भइसकेको छ भने नगद लाभांश दिएका कम्पनीले पनि सम्बन्धीत शेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाइसकेका छन् । त्यस्तै घाराही सिमेन्ट्स र नेपाल ल्युब आयलको लाभांश सूचीकृत हुन बाँकी छ ।  सबैभन्दा बढी लाभांश युनिलिभर नेपाल लिमिटेडको रहेको छ । यस कम्पनीले गत आवको मुनाफाबाट आफन शेयरधनीलाई १५८० प्रतिशत नगद लाभांश दिएको हो । यस कम्पनीले अघिल्लो आवको मुनाफाबाट भने १२१५ प्रतिशत नगद लाभांश दिएको थियो ।  त्यस्तै बोटलर्स नेपाल तराईले गत आवको मुनाफबाट यस वर्ष शेयरधनीलाई ६० प्रतिशत नगद लाभांश दिएको हो ।  नेपाल ल्युब आयल लिमिटेडले २५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिएको छ । त्यस्तै हिमालयन डिष्टीलरीले १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिएको हो त्यस्तै शिवम सिमेन्ट्सले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लाििग शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश दिएको हो ।  घोराही सिमेन्ट्सले गत आवको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर दिएको छ । यस कम्पनीले पहिलो पटक आफ्ना शेयरधनीलाई लाभांश दिएको हो ।   स्रोत : कम्पनीको सूचनाबाट

ऋणात्मक प्रतिसेयर आम्दानी रहेका ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

९ फागुन, काठमाडौं । बुधबार समग्र सेयर बजार घट्दा पनि ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । बुधबार १० प्रतिशत मूल्य बढेका यी ४ वटै कम्पनी दोस्रो त्रैमाससम्मको अवधिमा नोक्सानीमा छन्, जसले गर्दा ४ वटैको प्रतिसेयर आम्दानी ऋणात्मक छ । बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, हिमालय ऊर्जा विकास कम्पनी र समाज लघुवित्त कम्पनीको मूल्य […]

बोटलर्स नेपाल (तराई) र मानुषी लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट

कात्तिक २८, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बोटलर्स नेपाल (तराई) र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सर्किट लागेको छ । बोटलर्स नेपाल (तराई) को शेयरमूल्य अघिलल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशलमव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । यी दुवै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । बोटलर्स नेपाल (तराई) को शेयरमूल्य प्रतिकित्ता रू. ११ हजार ८२५ र मानुषी लघुवित्त वित्तीय संस्थाको रू. १ हजार २१ दशमलव ५० पुगेको छ ।

बोटलर्स नेपाल तराई र सामुदायिक लघुवित्तको शेयरमूल्यमा सर्किट

कात्तिक १४, काठमाडौं । साताको पहिलो  कारोबार दिन आइतवार बजार खुलेको तीन घण्टाको अवधिमा बोटलर्स नेपाल तराई र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । ती दुबै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  बोटलर्स नेपाल तराईको शेयरमूल्य प्रतिकित्ता रू. ११ हजार ३३० र सामुदायिक लघुवित्तको शेयरमूल्य रू.१ हजार ५४४ पुगेको छ । ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

१२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। तीन कम्पनीको सेयर मूल्य १० प्रतिशत र अन्य ९ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। यस क्रममा नारायणी डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत आयोजना र बोटलर्स नेपाल (तराई)को सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ।