राष्ट्रपतिबाट गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीबाट गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको छ । राष्ट्रपति कार्यालयबाट सोमवार जारी प्रेस विज्ञप्तिमा गण्डकीका अमिक शेरचन र सुदूरपश्चिमका शर्मिलाकुमारी पन्तलाई पदमुक्त गरिएको उल्लेख छ । ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।   

सम्बन्धित सामग्री

तीन बजे मन्त्रिपरिषद बैठक : प्रदेश प्रमुख फेरिन सक्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक बिहीबार दिउँसो ३ बजे बस्नेगरी बोलाइएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले केही महत्वपूर्ण राजनीतिक नियुक्तिको निर्णय गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ ।स्रोतका अनुसार बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हटाएर नयाँ नियुक्ति गर्ने सम्भावना छ । त्यस्तै केही राजदूतहरुका बारेमा समेत छलफल र निर्णय हुनसक्ने बताइएको छ । यसअघि देउवा सरकारले वागमती प्रदेश, वागमती, गण्डकी र लुम्बिनी प्रद

सुदूरपश्चिम र गण्डकी प्रदेश प्रमुखलाई राष्ट्रपतिले खुवाइन् सपथ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दुई नयाँ प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन्। सोमबार साँझ ६ बजे नया प्रदेश प्रमुखलाई सपथ ग्रहण गराइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए।सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ। सोमाबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले  गण्डकीका अमिक शेरचनलाई हटाएर सीता पौडेल र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्तलाई हटाएर गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखको नियुक्तिको सिफारिस गरेको थियो।

गण्डकी प्रदेशमा पौडेल र सुदुरपश्चिममा यादवको नाम सिफारिस

काठमाडौं। सरकारले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाराम यादवलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादवलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि गण्डकी प्रदेशमा अमिक शेरचन र सुदूरपश्चिम प्रदेशमा शर्मिला पन्त प्रदेश प्रमुख थिए। नवनियुक्त प्रदेश प्रमुखहरूको पद तथा गोपनियताको सपथग्रहण राष्ट्रपति कार्यालयमा केहीबेरमा हुने कार्यक्रम छ।

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् । उनले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी हुन् ।

गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादवलाई प्रदेश प्रमुखमा सरकारको सिफारिस

काठमाडौं। सरकारले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाराम यादवलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादवलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि गण्डकी प्रदेशमा अमिक शेरचन प्रदेश प्रमुख थिए भने सुदूरपश्चिम प्रदेशमा शर्मीला त्रिपाठी प्रदेश प्रमुख थिए। नवनियुक्त प्रदेश प्रमुखहरूको सपथग्रहण राष्ट्रपति कार्यालयमा केहीबेरमा हुने कार्यक्रम छ।

गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादव नयाँ प्रदेश प्रमुख

सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठकले नयाँ प्रदेश प्रमुखका लागि गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादवलाई सिफारिस गरेको स्रोतले जनाएको छ । प्रमुख प्रमुख सिफारिस भएका पौडेल अखिल नेपाल महिला संघकी अध्यक्ष थिइन् भने यादव पूर्व उपसभामुख हुन् । सरकारले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न समेत राष्ट्रपतिलाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बस...

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त

काठमाडौं। गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त भएका छन। आज राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिलाकुमारी त्रिपाठीलाई पदमुक्त गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार राष्ट्रपति भण्डारीलाई भेट गरेसँगै पदमुक्त गरेको बताइएको छ।