सुदूरपश्चिम र गण्डकी प्रदेश प्रमुखलाई राष्ट्रपतिले खुवाइन् सपथ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दुई नयाँ प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन्। सोमबार साँझ ६ बजे नया प्रदेश प्रमुखलाई सपथ ग्रहण गराइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए।सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ। सोमाबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले  गण्डकीका अमिक शेरचनलाई हटाएर सीता पौडेल र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्तलाई हटाएर गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखको नियुक्तिको सिफारिस गरेको थियो।