गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादवलाई प्रदेश प्रमुखमा सरकारको सिफारिस

काठमाडौं। सरकारले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाराम यादवलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादवलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि गण्डकी प्रदेशमा अमिक शेरचन प्रदेश प्रमुख थिए भने सुदूरपश्चिम प्रदेशमा शर्मीला त्रिपाठी प्रदेश प्रमुख थिए। नवनियुक्त प्रदेश प्रमुखहरूको सपथग्रहण राष्ट्रपति कार्यालयमा केहीबेरमा हुने कार्यक्रम छ।

सम्बन्धित सामग्री

सुदूरपश्चिम : एक वर्षमा २३५ बलात्कारका मुद्दा दर्ता

सुदूरपश्चिममा पछिल्लो एक वर्षमा दुई सय ३५ वटा बलात्कारका घटना प्रहरीकहाँ दर्ता भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार ती घटनामा ३७ जना अभियुक्त फरार छन्। जबरजस्ती करणीका घटनामा पीडितमध्ये १८...

सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन : प्रदेश सभापति बलायर

डडेल्धुरा : नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्।प्रेस युनियन डडेल्धुरा शाखाले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन नहुने बताएका हुन्। सिंहदरबारका लागि गठबन्धन भए पनि स्वच्छ रूपमा गठबन्धन हुन नसकेको उनको भनाइ छ।उनले केही प्रदेशमा गठबन्धन भएपनि सुदूरपश्चिममा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको बहुमत रहेकोले सरकारमा आफूहरू अटाउन नसकेको बताए।‘हामीहरू न सरकारमा छ

सुदूरपश्चिममा तरलता अभाव नरहेको दाबी

नेपाल राष्ट्र बैंकको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिममा तरलता अभाव नरहेको दाबी गरेको छ ।आर्थिक सरोकार मञ्च सुदूरपश्चिमले शनिबार धनगढीमा आयोजना गरेको मौद्रिक तरलता र यसको प्रभावबारेको अन्तरक्रियामा बैंकका निर्देशक विनोदराज लेखकले सुदूरपश्चिममा तरलता अभाव नरहेको दावी गरे । यद्दपि, उनले पछिल्लो एक वर्षमा सुदूरपश्चिममा एक खर्ब नौं अर्ब २४ करोड ९७ लाख ७० हजार रुपैयाँ […]

सुदूरपश्चिम कांग्रेसको प्रदेश सभापति बन्न ६ आकांक्षी चर्चामा

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन बिहीवारदेखि कैलालीको धनगढीमा शुरू हुँदैछ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेतृत्वका लागि आकांशी धेरै हुँदा केन्द्रीय नेतालाई सकस परिरहेको छ । कांग्रेसले सुदूरपश्चिम प्रदेशको निर्वाचन संयोजनको जिम्मेवारी कानूनमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूलाई दिएअनुसार उनी बुधवार धनगढी आइपुगेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखक, नारायणप्रकाश साउँद, बद्री पाण्डे र वीरबहादुर...

सुदूरपश्चिम प्रदेश सभापति बन्न देउवा समूहमै हानथाप

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा कांग्रेस सभापतिका लागि आकांक्षीहरूले दौडधुप तीव्र पारेका छन् । प्रदेश सभापति बन्न देउवा समूहकै नेताबीच हानथाप देखिएको छ । सुदूरपश्चिम प्रदेश सभापतिका लागि...

एमालेद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता

काठमाडौँ। नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (सोमबार) बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरी मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए । सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।

सुदूरपश्चिम र गण्डकी प्रदेश प्रमुखलाई राष्ट्रपतिले खुवाइन् सपथ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दुई नयाँ प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन्। सोमबार साँझ ६ बजे नया प्रदेश प्रमुखलाई सपथ ग्रहण गराइएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए।सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ। सोमाबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले  गण्डकीका अमिक शेरचनलाई हटाएर सीता पौडेल र सुदूरपश्चिममा शर्मिलाकुमारी पन्तलाई हटाएर गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखको नियुक्तिको सिफारिस गरेको थियो।

गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादव नयाँ प्रदेश प्रमुख

सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठकले नयाँ प्रदेश प्रमुखका लागि गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगा यादवलाई सिफारिस गरेको स्रोतले जनाएको छ । प्रमुख प्रमुख सिफारिस भएका पौडेल अखिल नेपाल महिला संघकी अध्यक्ष थिइन् भने यादव पूर्व उपसभामुख हुन् । सरकारले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न समेत राष्ट्रपतिलाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बस...