सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै, प्रधानन्यायाधीश जबरा पनि सहभागी हुने

काठमाण्डाै - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज फुल कोर्ट अर्थात पूर्ण बैठक बोलाउनु भएको छ । बैठक दिउँसो साढे १ बजे बस्ने छ । कोरोना सङ्क्रमण देशव्यापी रुपमा नै बढेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालतमा न्यायाधीशदेखि कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको अवस्थामा ‘आवश्यक निर्णय’ गर्न भन्दै प्रधानन्यायाधीशले पूर्ण बैठक बोलाउनु भएको हो । बैठकमा प्रधानन्यायाधीश जबरा पनि सहभगी हुनुहुने सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यसअघि व...

सम्बन्धित सामग्री

बारको आन्दोलनमा वकिलहरुले भने– 'प्रधानन्यायाधीश जबरा इतिहासकै भ्रष्ट र असक्षम'

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दोस्रो चरणको आन्दोलनमा सहभागी कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा नेपालको न्यायिक इतिहासमा सबैभन्दा भ्रष्ट र असक्षम न्यायाधीश भएको आरोप लगाएका छन् ।

नैतिक सङ्कटमा प्रधानन्यायाधीश जबरा

काठमाडौं । मन्त्रिमण्डलमा कोटा मागेको, सुनुवाइलाई प्राथमिकता नदिएको जस्ता आरोप खेपिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नैतिक सङ्कटमा परेका छन् । आफूमाथि लागेका आरोपलाई उनले गलत साबित गर्न नसक्दा न्यायाधीशहरूले उनलाई बहिष्कार गर्नेसम्मको स्थिति बन्न पुगेको छ । सर्वाेच्च अदालतका १४ न्यायाधीशले आइतबार बैठक बसेरै प्रधानन्यायाधीश जबराले सोमवारका लागि बोलाएको फूलकोर्ट बहिष्कार गर्ने निर्णय गरेका छन् । उनीहरूले इजलास बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन् । प्रधानन्यायाधीश जबराले बोलाएको फूलकोर्ट बहिष्कार गर्ने निर्णय न्यायाधीशहरूले गरेसँगै प्रधानन्यायाधीशमाथि राजीनामा दिन दबाव परेको छ । आइतवारको बैठकमा सर्वाेच्च अदालतका न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा छन् भने अन्य चार जना न्यायाधीशहरू कुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल आइतबार काठमाडौँमा थिएनन् । १४ जना न्यायाधीशहरूले खाजा ब्रेकपछि इजलास नबसेर संयुक्त बैठक बसेका थिए । यसैबीच, प्रधानन्यायाधीश जबराले आइतवार दिउँसो नेपाल बार एसोसिएसनको टोलीसँग छलफल गरेका छन् । उनले छलफलपछि सोमवारका लागि फूलकोर्टको बैठक बोलाउने निर्णय गरेका थिए तर न्यायाधीशहरूले बैठकले बहिष्कार गर्ने निर्णय गरेसँगै बैठक के हुने भन्नेबारे अन्यौल सिर्जना भएको छ । ‘सञ्चारमाध्यममा आएका कुराहरू सत्य छैनन्’ नेपाल बार एसोसियसनका केन्द्रीय पदाधिकारीहरूसँग आइतवार भेटका क्रममा प्रधानन्यायाधीश राणाले आफ्नो बचाउ गरेका छन् । ‘सञ्चारमाध्यममा आएका विषयहरू असत्य हुन् । कुरा त्यस्तो होइन । मबाट कमीकमजोरी भएको छैन । भएको भए सुधार गरी अघि बढ्न म तयार छु,’ उनले भनेका छन् । भेटमा सहभागी बारका महासचिव लीलामणि पौडेलले प्रधानन्यायाधीश राणाले सरकारसँग आफूले कुनै पनि भागबन्डा नगरेको, मन्त्रीको कोटा नमागेको र सुनुवाइलाई प्राथमिकता नदिएको कुरा सत्य नभएकोबारे बार पदाधिकारीहरूलाई स्पष्ट पारेको जानकारी दिए । प्रधानन्यायाधीश राणाले आफूलाई सहयोग गर्न बार पदाधिकारीहरूसँग आग्रहसमेत गरेको उनले बताए । तर, बारका पदाधिकारीहरूले आफूहरूले प्रधानन्यायाधीशलाई सुरुदेखि नै सचेत गर्दागर्दै विषय धेरै अघि बढेको भन्दै यही अवस्थामा सहयोग गर्न नसकिने जवाफ दिएको महासचिव पौडेलले बताए । ‘तपाईंले भनेकै आधारमा हामी विश्वस्त हुन सक्दैनौँ भनेर प्रधानन्यायाधीशज्यूलाई भन्यौँ’, उनले भने, ‘यी विषयमा हामीले पहिलेदेखि प्रधानन्यायाधीशलाई ध्यानाकर्षण गर्दै आएका थियौँ । तैपनि नरोकिएको उहाँलाई भन्यौँ ।’ मन्त्रिपरिषद्मा भागबन्डा खोजेको विषयमा बारका पदाधिकारीसँग प्रधानन्यायाधीश राणाले भनेका थिए, ‘गजेन्द्र हमालकी बहिनीसँग विवाह भएको हो । २०४१ सालमै उनको निधन भयो । अहिले हमाल परिवारसँग मेरो आउजाउ छैन । मेरो नाम जोडेर मन्त्री बन्ने कुरा आएपछि मैले प्रधानमन्त्रीलाई नै नियुक्त नगरिदिनुहोस् भनेको थिएँ । तर मन्त्री नियुक्त गर्नुभयो । पछि छाड्नु भो । यसमा मेरो कुनै संलग्नता छैन ।’ बारका महासचिव पौडेलका अनुसार फुलकोर्टको बैठकमा हाल न्यायालयसम्बन्धी उठेका सम्पूर्ण विषयमा विस्तृत छलफल हुने प्रधानन्यायाधीशले जानकारी दिएका थिए । उक्त बैठकबाटै आफ्ना कमीकमजोरी सुधारेर अघि बढ्ने प्रधानन्यायाधीश राणाले वचन दिएको महासचिव पौडेलले जानकारी दिए । बारले अदालतमा स्वचालित पेशी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिक रूपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी तोक्न माग गर्दै आएको छ । यसका लागि उसले १५ दिने अल्टिमेटमसमेत दिएको समेत छ ।

सर्वोच्चमा न्यायाधीशहरूको विद्रोह, एक्लिए प्रधानन्यायाधीश जबरा

न्यायिक आचरणविपरीत काम गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सर्वोच्च अदालतमा न्यायाधीशहरूको विद्रोह भएको छ । विगतमा उनी निकट भनेर चिनिएका न्यायाधीशहरूले समेत आइतवारदेखि उनको साथ छाडेका छन् ।  आइतवार सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक बसेर प्रधानन्यायाधीशले बोलाएको भोलिको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।  आइतवार न्यायाधीशहरूको बैठकमा १४ जना उपस्थित थिए भने ४ जना काठमाडौं बाहिर र एकजना विदेशमा छन् ।  बैठकमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्...

सर्वोच्चका १४ न्यायाधीशले पूर्ण बैठक बहिस्कार गर्ने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको पूर्ण बैठकमा सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूले सहभागी नहुने निर्णय गरेका छन्।आइतबार बसेको १४ न्यायाधीशको बैठकले यथास्थितिमा जबराले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको हो। प्रधानन्यायाधीश जबराले सोमबार पूर्ण बैठक बोलाउने तयारी गरेका छन्।मन्त्रिपरिषद्‌मा भाग मागेको र विकृतिविहीन न्यायालयसम्बन्धी अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन नगरेको लगायतका विषयमा प्रधानन्यायाधीश जबरा विवादित बनेका छन्।जबराले आइतबार बारका पदाधिकारीहरूसँग

विपक्षी दलको दबाबबीच प्रधानन्यायाधीस संवैधानिक परिषदको बैठकमा

काठमाडौं।विपक्षी दलहरूले संवैधानिक परिषदको बैठकमा नजान दिएको दबाबकाबीच प्रधानन्यायाधीस चोलेन्द्र शमसेर राणा बैठकमा सहभागी भएका छन्।प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी नहुन दबाब दिएका थिए।तर, प्रधानन्यायाधीश जबरा बैठकमा सहभागी भएका छन्। प्रधानन्यायाधीस कसैको दबाब भन्दा पनि संवैधानिक दायित्वअनुसार बैठकमा सहभागी भएको उनी निकट स्रोतले जनाएको छ।