प्रधानन्यायाधीशको सहभागिताबारे प्रश्न दोहोरिएपछि 'बीचको बाटो खोजेर आउँछौं' भन्दै उठे न्यायाधीशहरू

संवैधानिक नियुक्तिविरुद्धका रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले हेर्न नमिल्ने जिकिर निवेदक पक्षले गरेपछि संवैधानिक इजलासमा केहीबेरका लागि स्थगित भएको छ । प्रधानन्यायाधीश जबरा समेत सहभागी संवैधानिक परिषद् बैठकले गरेको नियुक्तिको निर्णय र त्यसका लागि ल्याइएको अध्यादेशविरुद्ध परेका रिटमाथिको सुनुवाइमा निवेदक पक्षले प्रन्या जबराको सहभागितामा प्रश्न उठाएको हो । ​बहसका क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानन्यायाधीशले समेत संवैधानिक नियुक्तिमा भागबण्डा लिएको आरोप लगाए । सो आरोपको प्रन्या जबराले तत्का...

सम्बन्धित सामग्री

जबरा आउने भएपछि सर्वोच्चका न्यायाधीशहरू आन्तरिक छलफलमा

संघीय संसद् सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी रहेको पत्र पठाएसँगै सर्वोच्च अदालतका न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । बुधबार अपराह्न १२ः३० बजेदेखि न्यायाधीशहरू आन्तरिक छलफलमा रहेको सर्वोच्च अदालत श्रोतले बतायो ।निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग निष्प्रभावी भएको पत्र सर्वोच्च अदालतमा समेत आइपुगेपछि न्यायाधीशहरू अब कसरी अगाडि बढ्ने भनेर आन्तरिक छलफलमा जुटेका हुन् । औपचारिक छलफल नभए पनि उनीहरू फूलकोर्टमा रहेको कार्यसम्

सर्वोच्चका न्यायाधीशहरू चोलेन्द्रविरूद्ध बयान दिन संसदीय समितिमा नजाने

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरू संसद्को महाभियोग सिफारिस समितिमा बयान दिन नजाने भएका छन्।  बुधबार बसेको सर्वोच्चको फुलकोर्ट बैठकले न्यायाधीशहरू समितिमा बयान दिन नजाने निर्णय गरेको हो।  सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आजको बैठकले उक्त निर्णय गरेको हो। यसअघि आजै समितिले बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आरोप लगाएका सर्वोच्चका न्यायाधीशहरूलाई पनि बयानमा बोलाउने […]

जबरासँग इजलासमा नबस्न न्यायाधीशहरू एकमत

९ मंसिर, काठमाडौं । गोलाप्रथाबाट पेशी व्यवस्थापन भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर  जबरा संलग्न इजलासमा सामेल नहुनेमा सर्वोच्च अदालतका न्यायाधीशहरू एकमत भएका छन् । बुधबार प्रधानन्यायाधीश जबरा बाहेक सर्वोच्च अदालतमा बसेको १८ जना न्यायाधीशहरुको बैठकले गोलाप्रथा शुरु भएपछि समेत प्रधानन्यायाधीश संलग्न इजलासमा सामेल भएर सुनुवाइ गर्न असम्भव हुनेमा सबै न्यायाधीश एकमत भएका हुन् । ‘हामीबाट यति धेरै […]

राजीनामा नदिए तिहारपछि न्यायाधीशहरू सशक्त आन्दोलनमा उत्रने

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै ९ दिनदेखि नियमित मुद्दा सुनुवाइ बहिष्कार गरेका सर्वोच्चका १९ न्यायाधीशहरू तिहारलगत्तै सशक्त आन्दोलनमा उत्रने भएका छन् । प्रधानन्यायाधीशको बहिर्गमनको मुख्य सर्त राखेर इजलास बहिष्कार गरेका न्यायाधीशहरू सोमबार इजलास फर्केर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गरेका थिए । प्रधानन्यायाधीशले मुद्दा नहेर्ने सर्तमा बन्दी प्रत्यक्षीकरण रिट हेरेका न्यायाधीशहरू मंगलबार पुनः छलफलमा जुटेसँगै तिहारलगत्तै आन्दोलनलाई थप सशक्त बनाउने निष्कर्षमा पुगेका हुन् । ‘हामीले प्रधानन्यायाधीशको सर्त पन...

राजीनामा नदिए तिहारपछि न्यायाधीशहरू सशक्त आन्दोलनमा

काठमाडौं, कार्तिक १७। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै ९ दिनदेखि नियमित मुद्दा सुनुवाइ बहिष्कार गरेका सर्वोच्चका १९ न्यायाधीशहरू तिहारलगत्तै सशक्त आन्दोलनमा उत्रने भएका छन् । प्रधानन्यायाधीशको बहिर्गमनको मुख्य सर्त राखेर इजलास बहिष्कार गरेका न्यायाधीशहरू सोमबार इजलास फर्केर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गरेका थिए । प्रधानन्यायाधीशले मुद्दा नहेर्ने सर्तमा बन्दी प्रत्यक्षीकरण रिट हेरेका न्यायाधीशहरू मंगलबार […]

सर्तसहित काममा फर्किए न्यायाधीशहरू

न्यायपालिकामा निम्तिएको विवाद पेचिलो बन्दै गएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘सम्मानजनक बहिर्गमन’ प्रस्ताव मानेर न्यायाधीशहरू सर्तसहित काममा फर्केका छन्। केही दिनदेखि इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणका मुद्दामात्रै हेर्ने गरेर काममा फर्कका हुन्। बन्दी प्रत्यक्षीकरणको रिट व्यक्तिको जिउज्यानसँग जोडिने भएकाले निकै संवेदनशील मानिन्छ। कुनै पनि व्यक्तिलाई कानुनविपरीत थुनामा राखिएका बेला सर्वसाधारण बन्दी प्रत्यक्षीकरणको मुद्दा लिएर अदालत पुग्छन्।न्या

न्यायाधीशहरू आज पनि इजलासमा नबस्ने

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू आज पनि इजलासमा नबस्ने भएका छन् । जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएशनले पनि आन्दोलनका कार्यक्रम तय गर्दैछ । इजलास नबसेका न्यायाधीशहरूले नेपाल बारको निर्णय कुरेका छन् । बारले तय गर्ने आन्दोलनका कार्यक्रमअनुसार थप रणनीति बनाउने उनीहरूको योजना छ । नेपाल बार एसोसिएशनले आज बैठक बसेर जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो । राजीनामा नदिन अड्डी कसिरहेका प्रधान...

प्रधानन्यायाधीशलाई भेट्नुअघि आन्तरिक छलफलमा न्यायाधीशहरू

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्नुअघि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् । सर्वोच्च अदालतस्थित न्यायिक संग्रहालयको सभाकक्षमा न्यायाधीशहरूबीच छलफल भइरहेको हो । प्रधानन्यायाधीशको भूमिकाप्रति असन्तुष्ट न्यायाधीशहरूले आज प्रधानन्यायाधीशलाई सामूहिक रूपमा भेट्ने तयारी गरेका छन् । सोमवार बसेको १३ न्यायाधीशको बैठकले जबरालाई भेटेर उनको कुरा सुन्ने र निकासका लागि आग्रह गर्ने निर्णय गरेको थियो । जबरालाई भेटेपछि पुन: बैठक बसेर भावी रणनीति तय गर्ने तयारीमा न्यायाधीशहरू छन् ।