नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले कपनस्थित खहरे खोलाको समस्या दुई वर्षमा समाधान गर्ने दाबी गरेका छन् । उनले दुई वर्षमा खहरेको समस्या समाधान गर्न नसके फेरि मत माग्न नआउने प्रतिबद्धता जनाए ।निर्वाचनका लागि मत माग्न कपनस्थित खहरे खोला बस्तीमा पुगेका बेला थापाले खोलाको व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाइसकेकाले अबको दुई वर्षमा काम पुरा हुने जानकारी गराएका हुन् । खहरे खोला छेउमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै थापाले भने– ‘दुई वर्षभ