नजिकिँदो चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुको सहजतालाई लक्षित गरी ट्राफिक प्रहरीले काठमाडाैं उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ ।
बिराज रोस्यारा कैलाली । जेनजी युवाको आन्दोलनपछि बन्द भएका कैलालीका सरकारी कार्यालयहरुले अत्यावश्यक सेवा पुन: सुचारु गरेका छन् । जिल्ला प्रशासन कार्यालय, भन्सार र जिल्ला अदालतसहितका कार्यालयले अत्यावश्यक सेवा दिन थालेसँगै साेही कार्यालयहरुमा चहलपहल पनि बढ्दै गएको हाे । कैलालीका सरकारी कार्यालयमा अत्यावश्यक सेवा पुन: सुचारु भएसँगै चहलपहल बढ्न थालेको छ। गत आइतबारदेखि कैलाली भन्सार […]
काठमाडौं – पश्चिम नेपालमा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । बुधबार राति करिब ८ः२६ बजे लुम्बिनी र कर्णाली प्रदेश आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो ।
रमेश धमला काठमाडौं । गत भदौ २३ र २४ गतेको उथलपुथलकारी आन्दोलन पछि नयाँ सरकार गठनसँगै परिस्थिति सम्हालिंदै गएको छ । तर शान्ति सुरक्षाको चुनौती भने कम भएको छैन । विशेष गरी आन्दोलनको बहानामा कारगार तोडेर फरार भएका कैदीबन्दी अहिले ठूलो संख्यामा बाहिर रहेकाले शान्ति सुरक्षा प्रभावित हुन सक्ने आशंका गरिएको छ । गोलघरमा राखिए कैदीहरु […]