पार्टी केन्द्रीय महाधिवेशनको मिति नजिकिँदै जाँदा चितवनमा एमालेका उच्च तहका नेताहरूको आवतजावत बाक्लिएको छ । बिहीबार एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पार्टी प्रवक्ता प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य रामबहादुर थापा, सुरेन्द्र पाण्डेसहित एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ, शंकर पोखरेललगायतका नेता चितवन आए ।