लकडाउन हैन, व्यवसाय चलाउन देऊ : व्यवसायी

कोरोना संक्रमित बढ्दै जाँदा लकडाउन हुने डरमा रहेका व्यवसायीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताएका छन् । विगतमा सरकारले गरेको लकडाउनले अर्थतन्त्रमा ठूलो असर पारेको भन्दै उनीहरुले अब कोरोनासँगै जुधेर व्यवसाय सञ्चालन गर्न सहजता प्रदान गर्नुपर्ने माग गरे ।

सम्बन्धित सामग्री

क्युरियो व्यवसायी सङ्कटमा

भक्तपुर, ५ फागुन: भक्तपुर न्यातपोल (पाँचतल्ले) मन्दिरस्थित क्यूरियो पसलमा बिक्रीका राखिएका हस्तकलाका सामग्री । कोभिड– १९ का कारण लकडाउन भएदेखि पसलमा व्यापार प्रायः ठप्प भएकाले यस प्रकारको व्यवसाय सङ्कटमा परेको छ ।-तस्वीर : रत्न श्रेष्ठ-रासस

सङ्क्रमित बढेसँगै लकडाउन त्रास – के भन्छन् उद्योगी व्यवसायी ?

सरकारले राखेको चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने करिब–करिब निश्चित भइसकेको छ । यही साताको आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लेखा समितिमा बोल्दै अर्थतन्त्रमा चारैतिरबाट चाप परेकाले सरकारले राखेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य पुरा नहुने बताएका थिए ।उनले नेपालको पछिल्लो आर्थिक स्थित र आर्थिक गतिविधिले सात प्रतिशतको आर्थिक वृद्धि गर्ने सरकारी लक्ष्य पुरा नहुने उल्लेख गरेका थिए । चालू आर्थिक वर्षमा नियन्त्रण नै गर्न नसक्ने गरेर निरन्तर

मोबाइल व्यवसायीको माग

कोरोना संकटको मारमा परेमा मोबाइल व्यवसायीहरुले लकडाउन अवधिको घर भाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।व्यवसायीहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लकडाउन अवधिभरको घर भाडा करबाटै चुक्ता हुने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन । नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष भरत भट्टराईले लकडाउन अवधिको घर भाडावापतको रकम आयकरबाट समायोजन हुने व्यवस्था […]

साना व्यवसायी तथा मजदुरको व्यथा : ऋणमाथि ऋणको भार

कोरोनाको पहिलो लहरमै थलिएका साना व्यवसायी तथा निम्न वर्गका मजदुरको अवस्था निकै नाजुक बनेको छ । लकडाउन तथा निषेधाज्ञाको समयमा कामविहीन भएका उनीहरु अहिले ऋणमा डुबेका छन् भने कोरोना महामारीकै कारण अझै राम्ररी काम गर्न नपाएका कारण थप चिन्तित छन् ।थोरै पुँजीबाट सानो व्यवसाय गरेका तथा दैनिक ज्यालादारी कामबाट परिवारको गुजारा चलाउँदै आएका उनीहरु महिनौंसम्मको लकडाउनले चरम आर्थिक संकटमा पुगे । साहु महाजन तथा इष्‍टमित्रसँग ऋण काढेरै जीविकोपार्जन गर्दै आएका उनीहरु जनजीवन सहज बन्ला र ऋण तिर्न सकिएला भन्न

रुपन्देहीमा निषेधाज्ञा लगाउने तयारी

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लकडाउन, निषेधाज्ञा वा अरु कुनै मोडालिटीका विषयमा स्थानीय तह, राजनीतिक दल, व्यावसायिक संघ, संगठन, यातायात व्यवसायी, निर्माण व्यवसायी, सञ्चारकर्मी लगायत सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । रुपन्देही जिल्लामा लकडाउन गर्ने वा निषेधाज्ञा गर्ने वा अन्य कुनै मोडालिटीमा जाने भन्ने विषयमा बुधवार डीसीसीएमसी रुपन्देही (जिल्ला कोभिड संकट व्यवस्थापन समिति) को बैठकले निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाले बताए । ‘लकडाउन वा निषेधाज्ञ...

निर्माण व्यवसायी महासंघद्वारा ४१ बुँदे काठमाडौं घोषणापत्र जारी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) ले ४१ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघले आफ्नो २२ औं साधारणसभाले पारित गरेको ४१ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो । महासंघले जारी गरेको घोषणापत्रमा सार्वजनिक खरिद ऐन, नियमावली संशोधनदेखि रुग्ण निर्माणाधीन आयोजनाहरुको निर्माण अवधि थप तथा कर छुटसम्मका मागहरु परेका छन् ।  कोभिड–१९ को संक्रमण र त्रासका बीच झण्डै ६ महिना लामो बन्दाबन्दी (लकडाउन) र त्यसपछिको विषम परिस्थितिका बाबजुद

पर्यटन व्यवसायी भन्छन् : सरकारको निर्देशनले अर्ध लकडाउन भयो

कोरोनाको कहरसँगै आएको सरकारी निर्देशन अर्ध लकडाउन भएको पर्यटन व्यवसायीले बताएका छन् । बामे सर्न लागेको पर्यटनलाई असर गर्ने गरी आएको सरकारी निर्देशनलाई पोखराका पर्यटन तथा होटल व्यवसायीहरुले अर्ध लकडाउनको संज्ञा दिएका हुन् ।...

लकडाउन लम्बिँदा यातायात व्यवसायी मर्कामा

दैनिक कमाएर बैङ्कको किस्ता तिर्दै आएका यातायात व्यवासायी लकडाउनका कारण आर्थिक समस्यामा परेका छन् । गाडी चलाएर कमाउन नपाउने तर बैङ्कले ब्याज र किस्ता नछाड्ने भएपछि उनीहरू समस्यामा परेका हुन् । लामो समय लकडाउन हुने र बैङ्कले एक सुका पनि नछोड्ने हो भने व्यवसायी यातायात क्षेत्रबाट पलायन हुने अवस्थामा पुग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।