कोभिड महामारीले पुनः सुस्ताउँदै पर्यटन क्षेत्र

काठमाडौं । कोभिड महामारीको असरबाट विस्तारै लयमा फर्किंदै गरेको नेपालको पर्यटन क्षेत्र कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को त्रासले पुनः सुस्ताउन थालेको छ । पर्यटन क्षेत्रले लय लिँदै गर्दा ओमिक्रोन भेरियन्ट संक्रमण बढेसँगै  पर्यटन क्षेत्र प्रभावित भएको छ । पछिल्ला दिनमा निरन्तर बढिरहेको संक्रमणले व्यवसायी मात्रै होइन, आम सर्वसाधारणलाई चिन्तित तुल्याएको छ । महामारीको प्रतिकूल परिस्थितिका बीच स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटन व्यवसाय चलायमान बनाउन व्यवसायीले माग गरेका छन् । कुल जनसंख्यामध्ये आधाभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएको र पछिल्लो भेरियन्ट ‘डेल्टा’जस्तो खतरनाक नभएको विज्ञले बताइरहेका छन् । तथापि, नयाँ भेरियन्टले चाँडो संक्रमण फैलने र माघको मध्यतिर अस्पतालमा बिरामीको चाप बढ्ने विज्ञको भनाइ छ । कोभिड संक्रमितको ग्राफ हेर्दा पछिल्ला १० दिनमा अत्यधिक संख्यामा संक्रमित बढेका छन् । पुसको तेस्रो साता झन्डै ३०० हाराहारी संक्रमित रहेकोमा पुस मसान्तसम्म पुग्दा पाँच हजार नाघिसकेको छ । पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि महामारी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । यसै सन्दर्भमा पर्यटन क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिन माग गरेका हुन् । साथै उनीहरूले कोरोना संक्रमण भन्दै हठात् लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशयी भएको भन्दै त्यस्ता निर्णय नगर्न पनि सरकारसँग अनुरोध गरेका छन् । संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलायमान बनाउनुपर्ने व्यवसायीको सुझाव छ ।      होटल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाहले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिनुपर्ने बताए । ‘संक्रमण बढे पनि एक्कासि बन्दाबन्दी गर्नु हुँदैन । मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ, अत्यधिक संक्रमण बढेका विश्वका अन्य मुलुकले पनि यही अभ्यास गरिरहेका छन्,’ उनले भने । स्वास्थ्य र आर्थिक क्षेत्रलाई कसरी अघि बढाउने भन्ने सम्बन्धमा सरकार र निजीक्षेत्रको समन्वयका साथ प्रभावकारी कदम अविलम्ब अघि बढाइनुपर्ने उपाध्यक्ष शाहको भनाइ छ । महामारीको त्रासले होटल क्षेत्र पनि सुनसान जस्तै छन् । विदेशी पर्यटक उल्लेख्य मात्रामा नआउँदा होटल खोल्ने र पाहुना कुर्नुपर्ने अवस्था मात्रै भएको एयरपोर्ट होटलका सञ्चालक समेत रहेका उपाध्यक्ष शाहले बताए । ‘होटल व्यसाय सुस्त छ, व्यापार छैन, होटल खोलेर के गर्नु मानिसमा अन्योल छ,’ उनले भने । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले कोभिडविरुद्ध बुस्टर खोप बढाउन र स्वास्थ्य मापदण्डको पालना गर्दै पर्यटनलाई चलायमान बनाउनुको विकल्प नरहेको बताए । कोभिड–१९ का अघिल्लो लहरजस्तो यो पटकको भेरियन्ट बढी घातक नभएको विज्ञले बताइरहेको र खोपको मात्रा बढेर स्वास्थ्य मापदण्डको पालनामा पनि विशेष ध्यान दिइरहेको अवस्था भएकाले तत्कालै बन्दाबन्दीमा नगरेर पर्यटन क्षेत्रलाई सञ्चालन गरिनुपर्ने नेपाल पर्वतारोहण संघ (एनएमए)का महासविच कुलबहादुर गुरुङले बताए । उनका अनुसार योपटक वसन्तकालीन पर्वतारोहणका लागि बुकिङ राम्रो छ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खोमबहादुर सुवेदीले महामारीबाट सतर्कता अपनाएर व्यवसायलाई चलायमान बनाउन सरकार र निजीक्षेत्रले प्रभावकारी कार्ययोजनाका साथ काम गर्नुपर्ने खाँचो औंल्याए । यस्तै प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बडुवालले कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको र व्यवसायलाई कसरी सञ्चलन गर्ने भन्नेबारे सरकार र निजी क्षेत्रको समन्वय र सहकार्य जरुरी भएको बताए । पर्यटन व्यवसायी विजय अमात्यले कोभिडको अवस्था हेरेर पर्यटन प्रवर्द्धनको रणनीति परिवर्तन गर्न सुझाव दिए । यस्तै एक्सपिडिसन अपरेटर एशोसिएशनका अध्यक्ष डम्बर पराजुलीले पर्यटकलाई बोलाउने तर नेपाल आइसकेपछि समस्या नपर्ने खालले मापदण्ड बनाउनुपर्ने सुझाए । रासस

सम्बन्धित सामग्री

पर्यटन क्षेत्र लयमा फर्किंदै

कोभिड–१९ ले सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्किन थालेको छ। कोभिडअघिको तुलनामा यस वर्ष मार्च महिनामा अन्तर्राष्ट्रिय पर्यटकको आगमन ७८ प्रतिशतले पुनरुत्थान भएको छ।...

पर्यटन क्षेत्र बिस्तारै चलायमान बन्दैछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडका कारण ठप्प बनेको पर्यटन क्षेत्र विस्तार चलायमान बन्न थालेको बताएका छन् । उनले पर्यटन क्षेत्रको प्रवर्द्धन र पर्यटकहरूको आगमन बढाउनका लागि पर्यटन प्रवर्द्धन गर्न कार्यक्रमहरू ल्याउन निजी क्षेत्रसँग आव्हान गरे । भृकुटीमण्डपमा नेपाल चेम्बर अफ कमर्सले गरेको ‘नेपाल चेम्बर एक्स्पो–२०२२’ को समुद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ता एक्स्पोहरूमा नेपालको पर्यटन […]

मधेश प्रदेश सरकारको घोषणा : ठोरी पर्यटन क्षेत्र

पर्सा : मधेश प्रदेश सरकारले ठोरी गाउँपालिकालाई पर्यटन क्षेत्र घोषणा गरेको छ। ठोरीको जंगल रिसोर्टमा मधेश प्रदेश सरकारको शुक्रबार बसेको बैठकले गरेको निर्णयअनुसार ठोरी गाउँपालिकालाई मधेश प्रदेशको पहिलो पर्यटकीय क्षेत्र घोषणा गरिएको हो।प्रदेश मन्त्रिपरिषदको राजधानी जनकपुरधाम बाहिर ठोरीमा नै बसेको बैठकले ठोरीको पर्यटन प्रवर्द्धनका लागि १० करोड रूपैयाँ बजेट विनियोजन गर्ने निर्णयसमेत गरेको छ। मन्त्रिपरिषदको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई पर्यटन क्षेत्र घोषणा गरि

पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिँदै, जनवरीमा १६ हजार बढी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र बिस्तारै तङ्ग्रिँदै छ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेकाले पर्यटन क्षेत्र बिस्तारै चलायमान […]

पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समिति गठन, गिरी संयोजक

१४ माघ, काठमाडौं । विश्वव्यापी कोभिड महामारीका कारण नेपाली पर्यटन क्षेत्रले प्रत्यक्ष असर व्यहोरिरहँदा सरकारले पर्यटन क्षेत्र पुनरुत्थानको काम अघि बढाएको छ । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार राजाराम गिरीको संयोजकत्वमा पर्यटन क्षेत्र पुनरुत्थान प्राविधिक समिति गठन गरेको छ । सिन्धुपाल्चोकका गिरी दुई दशकदेखि सो क्षेत्रमा क्रियाशील छन् । पर्यटनमन्त्री प्रेम आलेको अध्यक्षतामा […]

पर्यटन क्षेत्र कोभिड–१९ को असरबाट मुक्त हुँदै

नेपालको पर्यटन क्षेत्र तुलनात्मक लाभका दृष्टिकोणले उच्च सम्भावना बोकेको क्षेत्र हो । अनुपम प्राकृतिक, सामाजिक, धार्मिक एवं जैविक विविधताका कारण यस क्षेत्रमा तुलनात्मक लाभ छ । नेपालका हरेक क्षेत्र र भूभागले पर्यटन प्रवद्र्धनको अद्वितीय सम्भावना बोकेको छ । नेपालको संविधानमै यी विभिन्न स्थल र सम्पदाको पहिचान, संरक्षण, प्रवद्र्धन एवं प्रचारप्रसारमार्फत अर्थतन्त्रको प्रमुख हिस्साको रूपमा पर्यटन […]

ब्युँझँदै गरेको पर्यटन क्षेत्र

कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र अब ब्युँझिँदै गरेको आभास हुन थालेको छ । सन् २०२० को पर्यटन वर्ष घोषणाले पर्यटन व्यवसायी उत्साही बनेका थिए । सन् १९९८ र २०११ मा मनाइएको पर्यटन वर्ष र त्यसको आंशिक सफलताले सन् २०२० को भ्रमण वर्षका लागि पर्यटन व्यवसायीले आफ्ना व्यावसायिक प्रतिष्ठानको स्तरोन्नति र व्यापार विस्तारमा उल्लेख्य लगानी गरे । तर, अहिले सो समयमा लागेको ऋण, व्याज र किस्ताले पिरोलिइरहेका छन् । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको थियो । तयारीका लागि क

पर्यटन क्षेत्र तंग्रिने आशा

सन्दर्भ : विश्व पर्यटन दिवससन् २०१९ को अन्त्यबाट थलिएको पर्यटन क्षेत्र अब भने केही तंग्रिने आशा पर्यटन व्यवसायीले गरेका छन् ।पछिल्लो समय रोकिएको अनअराइभल भिसा खुल्नु, पूर्ण खोप लगाएका पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने र कोभिड–१९ विरुद्धको खोपको मात्रा बढेसँगै पर्यटन गतिविधि बढेर जाने उनीहरुको विश्वास छ ।आज (सोमबार) ४२औं विश्व पर्यटन दिवस मनाइँदै छ र […]

कहिले लयमा फर्केला पर्यटन क्षेत्र?

काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा हटाइसँगै अन्य क्षेत्र चलायमान भइसकेका छन्। तर, पर्यटन क्षेत्रले भने अझै गति लिन सकेको छैन।सरकारी तथ्यांकअनुसार कोरोना भाइरस महामारीका कारण लकडाउन गरेपछि पर्यटन क्षेत्रमा आवद्ध ८० प्रतिशत मजदुरले रोजगारी गुमाएका छन्। ६० प्रतिशत व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन्।कोरोनाका कारण करिब लामो समय बन्द भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको छ। उडान सञ्चालन भए पनि पर्यटन क्षेत्र तत्काल तङ्ग्रिन सक्ने अवस्था नरह

‘पर्यटन क्षेत्र उकास्न विशेष योजना’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लिलानाथ श्रेष्ठले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । सिंहदरबारमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पदभार सम्हाल्दै मन्त्री श्रेष्ठले आफू मन्त्रालयमा रहुन्जेल पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायको विकास र समृद्धिका लागि काम गर्ने बताए ।“रहरले नभई बाध्यताले मन्त्रालयको जिम्मेवारी […]