इतिहासमा आज : हिटलरले आत्महत्या गरेको दिन

३० अप्रिल १९४५ दिउँसो समय। जर्मन तानाशाह एडोल्फ हिटलरलाई लाग्न थाल्यो कि अब उनले युद्ध जित्न सक्दैनन् । उनको पराजय निश्चित थियो, तर उनी शत्रुलाई कुनै पनि हालतमा जिउँदै हात लाग्न चाहँदैन थिए । त्यसैले उनले आत्महत्या गर्ने निर्णय गरे । उनले बंकरमा रहेका आफ्ना सहकर्मीलाई विषका सानो सिसी बाँडे । हिटलरको अल्सेसियन कुकुरमा विषको घातकताको जाँच गरिसकेका थिए।३:३० मा, हिटलरकी पत्नी एफा ब्राउनले विष पिइन् । त्यसैबेला हिटलरले पनि आफ्नो दाहिने कन्चटमा ७.६५ एमएमको पेस्तोलले गोली हाने । उनका निजी सेवक हाइन्त्स

सम्बन्धित सामग्री

उद्यमीले आत्महत्या गर्नुपर्ने अवस्था : कारण खोजी समाधान गर्न राज्य उदासीन

चितवनका उद्यमी शंकर कँडेलले हालै आत्महत्या गरेपछि उनका साझेदार र कर्मचारीमाथि किटानी जाहेरी पर्‍यो । कँडेलको ‘सुसाइट नोट’का आधारमा उनीहरूमाथि कारवाहीको माग भइरहेको छ । चितवन प्रहरीले यतिखेर यो ‘आत्महत्या दुरुत्साहन’ प्रकरणको अनुसन्धान गरिरहेको छ । केही समयअघि व्यापारी प्रेमप्रसाद आचार्यले काठमाडौंको संसद भवनअगाडि आफैलाई आगो लगाए । उपचारको क्रममा उनको ज्यान गयो । उनले लेखेको ‘सुसाइट नोट’ सार्वजनिक सञ्जालमा भाइरलमात्र भएन, त्यो दुःखद घटनाले स्तब्ध बनायो । त्यसमा नाम चलेका दर्जनौं व्यापारीकै नाम मुछिएको थियो ।  पछिल्लो १ वर्षमा दर्जन हाराहारी व्यवसायीले आत्महत्या गरेको खबर विभिन्न माध्यममा आएका छन् । कति घटना चर्चामा आए, कति ओझेलमा परे । तर, राज्य संयन्त्र घटनैपिच्छे अनुसन्धानको ‘प्रक्रिया’ पुर्‍याउनेबाहेक यी अकल्पनीय घटना किन हुन्छन् र समाधान के हुन सक्छ भन्नेमा हदैसम्म उदासीन देखिएका छन् ।  कसले कसलाई आत्महत्याका लागि कति दुरुत्साहन गर्‍यो कि गरेन ? यो तथ्यको पहिचान र कानूनी निक्र्योल अनिवार्य विषय हो । यस्ता प्रकरणमा जो कोही पनि वास्तविक पीडित छन् भने न्याय पाउनुपर्छ भन्नेमा कुनै विवाद छैन, तर कुनै व्यापारीले आत्महत्या गर्ने अवस्था किन बनिरहेको छ ? व्यापारका उतारचढाव झेल्ने जोखिम लिएर अगाडि बढेको एउटा उद्यमीले आत्महत्याको गलत बाटो रोज्ने स्थिति कसरी सृजना भइरहेको छ ? यो प्रश्नको समाधान खोजिनु आवश्यक छ । अहिले आत्महत्या गरेका भनिएका सबै व्यापारी कुनै न कुनै तरीकाले व्यवसाय बिग्रिएपछि दुःखद बाटो समातेका विवरणहरूले बताएका छन् । व्यवसायमा घाटा खाएर, बैंकको ब्याज तिर्न नसकेर, बजारमा उधारो दिएको रकम डुबेर उनीहरूले आत्महत्या गरेका छन् । आज कुनै पनि व्यापार व्यवसायको अवस्था राम्रो छैन । सबैजसो उद्यमीहरू आर्थिक तनावबाट हिँडिरहेको अवस्था छ । अधिकांशले जसोतसो समस्यालाई सामना गरिराखेका छन, सुधारको अपेक्षामा आगामी दिन पर्खिराखेका छन् । अपवादको रूपमा केहीले आत्महत्याको अप्रिय बाटो रोजेका छन् । व्यवसायमा असफल भएपछि आत्महत्या रोज्नु आपैmमा अकल्पनीय र दुःखद हो, तर आत्महत्या गर्नेले ‘सुसाइट नोट’मा नाम लेखिदिएजतिले कारबाही खेप्दै जाने हो भने यसले कस्तो अर्थसामाजिक मनोविज्ञान निर्माण गर्ला ? अवस्था यतिसम्म बिग्रिएको छ कि, कुनै व्यापारी वा बैंक नै किन नहोओस्, असुलीका लागि ताकेता गर्नुअघि १० पटक सोच्नुपर्ने स्थिति छ । यसको स्थायी निदान आवश्यक छ कि छैन ?  बैंक एउटा व्यवसाय नै हो, जसको लगानी सुरक्षित गर्न असुलीका अनेक कानूनी उपकरणहरूको व्यवस्था मिलाइएको छ भने त्यही बैंकबाट कर्जा लिएर उधारोको रूपमा बजारमा छरिएको पैसा उठाएर उद्यम व्यापारलाई मर्यादित बनाउनेतर्फ सरकार किन उदासीन ? उद्योग व्यापारमा उद्यमीलाई आत्महत्यासम्म पुर्‍याउने अवस्था के हो ? र, यसको समाधान कसरी गर्न सकिएला भन्नेतर्पm ठीक ढंगले मन्थनसमेत हुन सकेको छैन । ‘सुसाइट नोट’मा पोलिएकालाई समात्न उद्यत हुने सरकारले व्यापारीहरूले आत्महत्या गर्ने अवस्था नै आउन नदिने अवस्था निर्माणको जिम्मेवारीलाई पूरै बेवास्ता गरेको छ । अहिले सतहमा देखिएका आत्महत्या प्रकरणहरूका पछाडि उधारोका रूपमा बजारमा छरिएको पैसा समयमा नउठ्नु/डुब्नु नै चुरो कारणको रूपमा अगाडि आएको छ । धेरै गर्नु पर्दैन, सरकारले उधारो कारोबार कसरी गर्ने भन्ने व्यवस्था समेटिएको कानूनमात्रै निर्माण गरिदिने हो भने बजारमा पैसा डुबेकै कारण कुनै पनि व्यापारीले आत्महत्या गरेको घटना देख्न/सुन्नु पर्दैन ।  उद्यमीले बैंकबाट १४/१५ प्रतिशत ब्याजमा कर्जा लिएर बजारमा उधारोमा सामान फालिरहेको छ । तर, बजारमा गएको पैसा कहिले फर्केर आउने हो, टुंगो छैन । कुनै पनि व्यापारमा बिल काटेपछि आउँदो महीनाको २५ गतेभित्र मूल्यअभिवृद्धि कर दाखिला गर्नुपर्ने हुन्छ । महीनाको शुरूमा बिल काटेको रहेछ भने त्यो बिलको कर चुक्ताका लागि १ महीना २५ दिनको समय उद्यमीसँग हुन्छ । तर, बजारमा गएको उधारो कति महीनामा उठ्ने हो, त्यसको ठेगान हुँदैन । यस्तोमा कर्जा लिएर बजारमा पठाएको मालसामानको मूल्यअभिवृद्धि कर तिरिदिन पनि कर्जा नै लिनुपर्ने विचित्रको अभ्यास स्थापित भइराखेको छ । यो सतही रूपमा हेर्दा व्यापारीको तनावको विषयजस्तो मात्र पनि लाग्न सक्छ । तर, यसको चक्रीय प्रभाव पूँजीको व्यवस्थापन, लागत अभिवृद्धि, मूल्यस्फीति हुँदै अर्थतन्त्रको समग्र आयामसँग नकारात्मक रूपमा जोडिन पुग्छ । सरकार र यसका संयन्त्रहरूले यसमा आवश्यकताजति चासो नदिनु समस्या हो ।  उधारो लिएको रकम कति दिन वा महीनाभित्र भुक्तानी गरिसक्नुपर्ने होे, यसको कानूनी व्यवस्था नहुँदा बजारमा उधारो अराजकता छ । भएका केही अभ्यास पनि प्रभावकारी छैनन्, उधारो प्रतिस्पर्धाका अगाडि त्यस्ता प्रावधान कमजोर उपाय प्रतीत भइराखेका छन् । उद्यमीले बैंकबाट कर्जा लिएर बजारमा सामान छरेको हुन्छ । जसरी बैंकको ऋणीलाई समयमै कर्जाको साँवा र ब्याज तिर्नुपर्ने कानूनी बाध्यता छ, बजारमा गएको पैसा उठाउन पनि त्यस्तै प्रकारको प्रावधान हुनुपर्छ । बैंक एउटा व्यवसाय नै हो, जसको लगानी सुरक्षित गर्न असुलीका अनेक कानूनी उपकरणहरूको व्यवस्था मिलाइएको छ । तर, त्यही बैंकबाट कर्जा लिएर उधारोको रूपमा बजारमा छरिएको पैसा उठाएर उद्यम व्यापारलाई मर्यादित बनाउनेतर्पm सरकार किन उदासीन ? भोलि व्यापारी डुब्दा बैंकको लगानी कसरी सुरक्षित होला ?  निजीक्षेत्रले उधारो असुलीसम्बन्धी कानून ल्याउन माग गर्न थालेकै वर्षौं बितिसकेको छ । सरकारले उधारो कारोबारलाई कानूनी रूपमै नियन्त्रण गर्ने हो भनेमात्रै पनि एकै कानूनी व्यवस्थामा धेरै खालका समस्याहरू समाधान भएर जान्छन् । उधारोमा चलेको बजारमा टिकिराख्नकै लागि पनि व्यापारीले क्षमताभन्दा बढी ऋण लिनुपर्ने बाध्यता छ । मानौं, कुनै एउटा उद्यमले १ महीना उधारोमा सामान बेच्न १ करोड रुपैयाँ कर्जा लिनुपर्छ भने ५ महीना उधारो दिन ५ करोड रुपैयाँ पूँजीको प्रबन्ध गर्नुपर्छ । उधारो असुली कानूनमार्फत यसलाई बढी एक/डेढ महीनामा सीमित गर्ने हो भने अतिरिक्त पूँजीको आवश्यकतासँगै कर्जाको माग, मुद्रास्फीति लगानीयोग्य रकम (तरलता)मा सकारात्मक असर पर्ने निश्चित छ । बैंकमा तरलता फालाफाल भएपछि ब्याज घटाउ भनेर सडकमा उत्रिने व्यापारी आआफ्नो उत्पादन र बजारीकरणमा लाग्न पाउँछन् ।  व्यापारका कतिपय यस्ता क्षेत्र छन्, जहाँ मागको ३/४ गुणा उत्पादन क्षमता पुगेको छ । यस्तो अब गुणस्तर र मूल्यको प्रतिस्पर्धाले मात्र पुग्ने अवस्था छैन । उद्यमीहरू कसले कति बढी समयका लागि उधारो दिने भन्नेमा पनि प्रतिस्पर्धामा उत्रिएका छन् । व्यापारीहरूको भोगाइलाई पत्याउने हो भने एकाध महीनासम्म उधारो व्यापारलाई सामान्य मानिए पनि ६ महीनासम्म उधारोमा मालसामान दिने खालको प्रतिस्पर्धा चल्यो । हामीकहाँ आत्मनिर्भर भनिएका उद्यम व्यापारमा यो खालको प्रतिस्पर्धा बढी देखिएको छ । फलाम, सिमेन्ट, तेलजस्ता उद्योग मागभन्दा बढी उत्पादन क्षमता जडान गरेर बसेका छन् । यसबाट हुने भनेको त अस्वस्थ प्रतिस्पर्धा नै हो । अहिले आत्महत्या गरेका उद्यमी यस्तै उद्यममध्येको दाना उद्योगका सञ्चालक थिए । उनको दाना उद्योगको लेनदेनको विषय नै आत्महत्याको कारण भनिएको छ । अहिले नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जामा कडाइ गरेकै कारण केही उद्यमले उधारो घटाउने बाध्यता बनेको हो । नत्र उधारो दिने क्षमता नै बजारमा प्रतिस्पर्धाको औजार बनेको थियो÷छ । यसलाई उद्यम व्यापारलाई दुर्घटनातर्फ डोर्‍याइराखेको छ । अहिले सतहमा देखिएको आत्महत्या प्रकरण यो भयानक दुर्घटनाको संकेतमात्रै हो ।

विश्व इतिहासमा आज : पुस बटन फोन सुरुदेखि पानामा नहर क्षेत्रबारे सम्झौतासम्म

काठमाडौँ – आज १८ नोभेम्बर। आजका दिन विश्व इतिहासमा केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ केही ऐतिहासिक विश्व घटना : सन् १९७८ मा सामूहिक आत्महत्या सन् १९७८ मा गुयानामा पिपुल्स टेम्पलका तत्कालीन प्रमुख जिम जोन्सको आग्रहमा टेम्पलका ९०० सदस्यहरुले सामूहिक आत्महत्या गरेका थिए। सन् १०५० को मध्यतिर इन्डियानमा स्थापना भएको सो […]

वायुसेवा निगमका पूर्वअध्यक्षको निधनको कारण खुल्यो

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत्यु आत्महत्या नभई शारीरिक दुर्बलताका कारण भएको पाइएको छ । चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उनको परिवारले आज पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको चार तल्लाबाट रिँगटा लागेर अचेत भइ ढलेर निधन भएको स्पष्ट पारेको हो । असोज २१ गते घटस्थापनाका दिन ७४ वर्षीय चतुर्वेदीको काठमाडौँ महानगरपालिका–७ चावहिलस्थित निर्माणाधीन होटलमा उक्त घटना भएको थियो । रामाज्ञाप्रसादको आत्महत्या भनेर मिडियामा आएपछ

वायुसेवा निगमका पूर्वअध्यक्षको निधनको कारण खुल्यो

काठमाडौँ । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृतु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको पाइएको छ । चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उहाँको परिवारले आज पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको चार तल्लाबाट रिंगटा लागेर अचेत भइ डलेर निधन भएको स्पष्ट पारेको हो । असोज २१ गते घटस्थापनाका दिन […]

किन चाहियो पैसा !

पैसाको सन्दर्भमा केहीले के भन्ने गर्छन् भने मरेर के लानु छ र ? बाचुन्जेल ढुक्कले खान पुगे भयो । वास्तवमा यस्ता शब्दहरू बच्चाहरूको अगाडि बोल्नु पनि पाप हो । कसैले त केसम्म भन्छन् भने सिकन्दर पनि खाली आएको थियो खाली हात नै गयो । तर, मानव मात्रले बुझ्नुपर्ने के छ भने खाली हात मर्नुपर्छ भने पनि सिकन्दर बनेर मर्नुपर्छ ऐरेगैरे नथ्थु खैरे बनेर होइन । मर्नुमा पनि मजा आओस् । मर्दा केही लाने होइन, ज्यूँदो छँदा पनि विभिन्न रोगले गर्दा केही खान नमिल्ने होस् तर कमाउने प्रयास त गर्नुपर्छ बरु त्यो सम्पत्ति कसैलाई दान दिएर नै मर्न किन नपरोस् । मानिसले आफ्नो जीवनमा सबैभन्दा माथि पुग्ने प्रयास गर्नबाट कहिल्यै पछि हट्नु हुँदैन । पैसा कमाउने प्रयासबाट वञ्चित हुनु हुँदैन । पैसा जीवनको अभिन्न अंग हो भने लगानी भनेको पैसाको वंश वृद्धि गर्ने आधार हो । व्यवस्थित तरिकाले सोचेर लगानी गर्ने हो भने कमाइ नहुने भन्ने छँदै छैन  । लगानी गर्दा अलिकति सोचविचार भने गर्नुपर्छ । पैसा लगनशीलता, जोखिम ग्रहणता, धैर्य र निरन्तर प्रयासको प्रतिफल हो । यसैको माध्यमबाट मानिसले अनेक खुशी किन्न सक्छ समुद्रको किनारमा जलको छालसँग खेल्न सक्छ । अनेक व्यक्तिलाई पुरस्कार दिन सकिन्छ, भोकोलाई गाँस, र नाँगोलाई कपास दिन सकिन्छ । त्यसकारणले पैसा कमाउने विषयमा कहिल्यै बहाना नबनाऊँ । यो हातको पौरख, मुटुका लागि साहस, दिमागका लागि इन्टेलिजेन्स हो, अनजान ठाउँमा वास हो र जीवन जिउने अति महŒवपूर्ण प्रयास हो । यी विविध कारणले गर्दा पैसा कमाउन निर्भयका साथ लगानी गरौं । लगानी जहिले पनि सम्पत्तिमा गराैं दायित्वमा होइन, जस्तै जग्गा, घर शेयर, शिक्षा, आदि सम्पत्ति हुन् यी सबैले थप आम्दानी दिन्छ । तर, महँगो कार, घोडा, महँगो सुट, घडी मोबाइल, आवश्यकताबाहेक गाडी आदि सबै दायित्व हुन् । त्यसैले सम्भव भएसम्म दायित्वमा भन्दा सम्पत्तिमा लगानी गरौं । अमेरिकामा २ श्रीमान् श्रीमती थिए तर दुई बीच झगडा थियो, सधैं झगडा हुन्थ्यो । श्रीमती लोग्नेको सम्पत्तिका लागि मात्र पतिसँग बसेकी थिइनन् । १ दिन यो दम्पत्तिबीच सम्बन्ध विच्छेदको अवस्था आयो । श्रीमतीले ठूलो धनराशी लिएरमात्र छोडपत्र दिने भइन् । अन्तिममा त्यो लोग्नेसँग केबल ७० डलर बच्यो । उमेर गएको थियो लगानी गर्ने पैसा थिएन । बाँचेर पनि के खाने कुनै थप उपाय थिएन । उसले आत्महत्या गर्ने सोच्यो अनि आत्महत्या गर्न डेराबाट निस्क्यो । बिहानै थियो, आत्महत्या त जतिबेला गरे पनि हुन्छ तर यो ७० डलर लगेर क्यासिनोमा थापें भने कतै टन्न पैसा कमाइ हाल्छु कि भनेर, क्यासिनोतिर मोडियो । क्यासिनो पैसा लगाउन जानेको भीड थियो । लाइनमा उसले एउटा पत्रिका उठाएर हेर्न थाल्यो जुन बाटोमा यसै फ्याकिएको थियो । यो पत्रिकामा एउटा लीलामीको सूचना थियो । ऊ उभिएको केही किलोमीटर पर सरकारले एउटा खानी लीलामी गर्दै थियो र त्यसको मिति आज नै थियो । उसले सोच्यो यो क्यसिनोमा भीड बढी छ बरु त्यही लीलामी स्थलमा गएर हेरौं के छ तमाशा । ऊ खानीस्थलतिर गयो । अचम्म कोही पनि त्यो खानीमा लगानी गर्न आएको थिएन किनकि सरकारले समेत केही गर्न नसकेर लीलामी गर्दै थियो । त्यति बेला ऊ एक्लो बिड गर्ने व्यक्ति थियो उसले केबल ७० डलरको बोली लगायो । त्यो खानीमा सुन निकाल्न सरकाले करोडाैं लगानी गरेको थियो । केही ननिस्केपछि लीलामी हुँदै थियो । अरू कोही प्रतिस्पर्धी नभएपछि खानी उसको भयो । त्यति बेला लीलामीमा न्यूनतम योभन्दा बढीको बोली लगाउनुपर्ने भन्ने नियम हुँदैनथ्यो । न्यूनतम मूल्यको नियम सन् १९९२ पछि मात्र शुरू भएको हो । यसरी ७० डलरमा कसैलाई काम नलाग्ने खानी उसको नाममा आयो । अब यसैमा मर्नुपर्ला भन्ने सोच्दै थियो । उताबाट केही मानिस उसको नजिक आए र भने अब तपाईं हाम्रो मालिक हुनुभयो । हामी यहाँ खन्ने कामदार हौं । आज ५ बजेसम्मको ज्याला हामीले बुझिसकेका छौं । अझ ३ घण्टा दिन बाँकी छ, हामीले खनौं कि के गराैं ? उसले भन्यो ज्याला बुझेकाले खन्नुहोस् । कामदारले खन्न थाले । हर्षको कुरा त के भयो भने त्यो खानी थप ३ फीट खन्नासाथ सुन निस्कियो । ऊ लाखाैं टन सुनको मालिक बन्यो । यो हो, पैसाको करामत वा लगानीको महत्त्व, ३ फीटले उसको बदलियो जिन्दगी । पैसाले यस्ता चमत्कार गरेका अनेक उदाहरण छन् । नेपालको शेयरबजारमा गरेको लगानीले पनि दोस्रो बजारमा ११३ मा किनेको शेयर १० महीनामा १३३० बनेको छ । त्यसैले पैसाको लगानीमा महान् शक्ति हुने भएकाले यसका लागि अनेक तरीकाले प्रयास गरौं । पैसा जीवनको अभिन्न अंग हो भने लगानी भनेको पैसाको वंश वृद्धि गर्ने आधार हो । व्यवस्थित तरीकाले सोचेर लगानी गर्ने हो भने कमाई नहुने भन्ने छँदै छैन, अपवादलाई छोडेर । लगानी गर्दा अलिकति सोचविचार गर्नुपर्छ । लाभदायक क्षेत्र छनोट गर्नुपर्छ । अन्य जोखिम लिन सकिँदैन भने पनि मुद्दतीमै भए पनि पैसा राख्ने हो भने धेरथोर नियमित ब्याज आउँछ । सरकारी बन्ड वा ट्रेजरी बिलमा पनि लगानी गर्न सकिन्छ । पैसा यो जगत्को सबैभन्दा सशक्त प्रजनन शक्ति भएको साधन भएकाले यसलाई निष्क्रिय नगरौं । लगानीविना पैसा अधुरो हुने भएकाले हरेक विद्यार्थीमा व्यवसाय तथा उद्यमशीलता सम्बन्धी सोचको विकास हुनुपर्छ । हुनेहरूले पैसालाई सन्तानहीन बनाउन रोक्ने हो भने अन्य हजाराैं बेरोजगारले रोजगारी पाउने अवसर सृजना हुन जान्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

हरेक दिन २५ जनाले गर्छन् आत्महत्या : कोही किन मर्न चाहन्छ? :: Pahilopost.com

सन्दर्भ : आज विश्व आत्महत्या रोकथाम दिवस काठमाडौँ : दुई महिनाअघि काभ्रेमा एकैपरिवारका ४ जना मृत अवस्थामा फेला परे। घटना भएको स्थानमा विषको भाँडो भेटियो। प्रहरीको प्रारम्भिक अनुसन्धानले आत्महत्या हुनसक्ने देखायो। ३२ वर्षका राजाराम दाहाल, बुवा हरिभक्त, आमा हरिमाया र बहिनी रञ्जना मृत फेला परेका थिए। सामूहिक आत्महत्या भएको हप्ता

किन आत्महत्या गर्न चाहन्थे कैलाश खेर?

भारतीय सूफी गायक कैलाश खेर शुक्रबार आफ्नो जन्मदिन मनाईरहेका छन्। सानो उमेरदेखिनै संगीतमा रमाउने कैलाश खेर आजको समयमा निकै सुन्दर जीवन बाँचीरहेका छन्। उनी आज अर्बैं सम्पत्तिका मालिक हुन्। कैलाश खेरलाई आजको दिनसम्म आउन भने निकै संर्घष गर्नुपरेको छ। जीवनबाट हरेस खाएर कुनै दिन उनले आत्महत्या गर्ने सोचेका थिए। भारतको उत्तर प्रदेशमा जन्मिएका कैलाशले ४…