प्रहरीलाई नै चक्कर लगाउँदै नवविवाहिताहरूको ‘आत्महत्या’, अनुसन्धानमा समेत फेला पर्दैनन् तथ्य !

रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ राधाकृष्ण टोलकी २६ वर्षीया सीता भण्डारी भदौ २० गते आफ्नै घरको एक कोठामा मृत भेटिइन् । परिवारले उनले आत्महत्या गरेको बतायो । तर, माइती पक्षले आत्महत्या नभई हत्या भएको भन्दै १६ दिनसम्म आन्दोलन गर्‍यो । शव उठाउन पनि दिएन ।  १७ औं दिनदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेपछि मात्र उनको माइती पक्षले आन्दोलन रोकेको छ, तर परिवारले २५ दिन पुगिसक्दा पनि शव उठाउन दिएको छैन । सीआईबीले असोज ६ गतेदेखि अनुसन्धान शुरू गरेपनि आज (बुधवार) एक ह...