चितवन : अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ ७ः४० बजेदेखि सडक अवरुद्ध थियो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० देखि सञ्चालनमा आएको हो।पहिरो पन्छाउन मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसीभी प्रयोग गरिएको थियो। शनिवार साँझदेखि अलपत्र परेका सवारीसाधन पहिरो हटाएसँगै गन्तव्यतर्फ लागेका छन्।