माओवादी केन्द्रद्व्रारा पुनः मतदानको माग - News of Nepal

रत्ननगर (चितवन), १६ जेठ । नेकपा (माओवादी केन्द्र) चितवनले मतपत्र च्यातिएर मतगणना स्थगित भएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदानको माग गरेको छ । माओवादी केन्द्रले एक विज्ञप्ति जारी गरी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० अनुसार उक्त वडामा पुनः मतदानको माग गरेको हो । सोमबार एक विज्ञप्ति जारी …

सम्बन्धित सामग्री

माओवादी नेताहरुको सम्पत्ति छानबिनको माग

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्दसत्रमा  नेताहरुको सम्पत्ति छानबिनको माग भएको छ ।  बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल सकिएर रिपोर्टिङ गर्ने क्रममा केही टोली नेताले त्यस्तो माग गरेका हुन् ।प्रदेश २ बाट सत्यनारायण भगतले नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने विषय आफ्नो समूहमा उठेको बताएका थिए । जनयुद्ध गरेर आएका नेताहरुको जीवनशैलीमा आएको परिवर्तन र सम्पत्ति वृद्धिको बारेमा टिप्पणी हुने गरेको भन्दै छानबिन गर्नुपर

गोरखा भर्ती बन्द गर्न माओवादी सांसदको माग

२८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार राईले गोरखा भर्ती बन्द गर्ने गरी पहल गर्न माग गरेका छन् । ‘हामीले यो गोरखा भर्ती केन्द्र लामो समयदेखि बन्द हुनुपर्छ भन्यौं । यदि असमान सन्धिहरु समयसापेक्ष संशोधन हुँदैन भनेर गोरखा भर्ती केन्द्र बन्द गर्नको निम्ति नेपाल सरकारले पहल गरोस्’ उनले भने । लगभग २०७ वर्षअघि […]

महाकाली घटना : भारतसँग गम्भीर आपत्ति जनाउन माओवादी केन्द्रको माग

काठमाडौं : नेकपा माओवादी केन्द्रले महाकालीमा तुइन चुडिएर जयसिंह धामी वेपता भएको घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताएको छ। माओवादी केन्द्रको स्थायी कमिटीको बैठले भारतीय अर्धसैनिक बल (एसएसबी)ले तुइन काट्दा धामीको ज्यान गएको आशंका भएकाले घटनाबारे छानविन गर्न माग गरेको हो। नेता नारायणकाजी श्रेष्ठले दोषीलाई कारवाहीको माग गरिएको बताए। 'महाकाली घटनाका बारेमा…

माओवादी खारेजीको माग निर्वाचन आयोगद्वारा अस्वीकार

काठमाडौँ– माओवादी पृष्ठभूमि भएका एमाले नेताहरुले नेकपा माओवादी केन्द्र अवैधानिक भएको भन्दै त्यसको खारेजीको माग गर्दै निर्वाचन आयोगमा दिएको निवेदन आयोगले खारेज गरिदिएको छ। आयोगका एक अधिकारीका अनुसार आयोगको आइतबारको बैठकले उक्त निवेदन खारेज गरिदिएको हो। आयोगले नेकपा माओवादी केन्द्रले  आफ्ना गतिविधि निरन्तर रुपमा आयोगलाई अध्यावधिक गरेकाले माओवादीलाई अवैधानिक ठहर गर्न नसकिएको ती अधिकारीले बताए। […]

माओवादी केन्द्र खारेज गर्न माग

काठमाडौं, असार २४ । एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। वर्षौंसम्म महाधिवेशन नगरेर अवैध भएको माओवादी केन्द्रले उल्टो आफूहरूलाई कारबाही गरेको भन्दै उनीहरूले खारेजीको माग गरेका हुन्। माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका रामबहादुर थापा समूहका लीलाबहादुर थापा, रामचन्द्र मण्डल, अधिवक्ता सरोज बुढाथोकीलगायतले बुधबार आयोग पुगेर […]

माओवादी केन्द्रको दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडौं। नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजको माग सहित निर्वाचन आयोगमा निवेदन परेको छ। माओवादी परित्याग गरी नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेताहरुले निवेदन दिएका हुन्। अधिवक्ता सरोज बुढाथाकीसँगै केही नेताहरु आयोग पुगेका थिए। विभिन्न तथ्यहरुले माओवादी केन्दले बैद्यानिकता गुमाएको र सो दल संविधान एबं राजनीतिक दल सम्बन्धि ऐन २०७३ बमोजिम खोरज गर्न माग गरिएको छ।

नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । अधिवक्ता सरोज बुढाथोकीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र अवैध रहेको दाबी गर्दै दल दर्ता खारेजीको माग गरेर निवेदन दर्ता गराउनुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । महाधिवेशन नगरेका कारण माओवादी केन्द्र र अध्यक्ष प्रचण्डको वैधानिकता नरहेको नेकपा माओवादी केन्द्रको कारबाहीमा परेका पूर्वसांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरीले ...

माओवादी केन्द्र खारेजीको माग गर्दै एमाले नेताहरु निर्वाचन आयोगमा

काठमाडौं, २३ असार । नेकपा (एमाले) मा आवद्ध नेताहरु पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) खारेजीको माग गर्दै निर्वाचन आयोग पुगेका छन् । यसरी माओवादी केन्द्र खारेजीको माग गर्र्दै आयोग पुग्ने नेताहरुमा लिलबहादुर थापा, दिने पन्थी, गिरीाधारी न्यौपाने, रामचन्द्र मण्डल र सरोग बुढाथोकी रहेका छन् । बुढाथोकी भने अधिवक्ता हुन् । उनीहरुले माओवादी केन्द्र अवैधानिक […]

सीसीएमसी खारेज गर्न माओवादी केन्द्रकाे माग

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेज गर्न माग गरेको छ । बिहीवार पेरिसडाँडामा रहेकाे केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले काेराेना भाइरसकाे सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित सीसीएमसी खारेज गर्न माग गरेको हो । विपद्सम्बन्धी घटना हेर्नका लागि विभिन्न सरकारी संयन्त्र भए पनि तिनलाई काम गर्न नदिइ कानुनी हैसियत नभएको सीसीएमसी गठन गरिएको र सीसीएमसी मार्फत् अनिय...