भक्तपुर– भक्तपुरको आदर्शस्थित सिद्धि स्मृति वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरिएको छ । भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी क्लव) का कप्तान सन्दीप कार्कीकोतर्फबाट वृद्धाश्रममा रहेका तीन दर्जन वृद्धवृद्धाहरूलाई फलफूल वितरण गरिएको हो । फलफूल वितरण कार्यक्रममा क्लबका संरक्षक श्याम धौभडेल, भक्तपुर एफसी क्लबका अध्यक्ष राम प्रजापति, क्लबका विशेष समिति सदस्य अनिल राजभण्डारीलगायतकाे सहभागिता रहेकाे थियो […]