गहुँ बोटमै सुकेपछि भोकमरी टार्न भारततर्फ

खडेरीले गहुँ वाली बोटमै सुक्न थालेपछि कर्णालीका जिल्लाहरूमा भोकमरीको सामना गर्नु पर्ने देखिएको छ । गत असोज देखि खासै पानी परेन । कहिले काहीँ पर्ने पानीले सुख्खा क्षेत्रमा छरिएको गहुँलाई खासै सिचाई पुगेन । सिचाई अभाव भई रहेका क्षेत्रमा पाक्दै गरेको गहुँ बोटमै सुक्न सुरु गरेको छ । फागुन महिनामा कहिले काहीँ पर्ने पानीले गहुँका बाला (फल) लागेको थियो ।

सम्बन्धित सामग्री

भोकमरी हुनेमा किसान चिन्तित

जिल्लाका विभिन्न ठाउँमा पाक्नै लागेको गहुँ बाली बाँदरले सखाप पार्न थालेका छन् । जिल्लामा बाँदरको बिगबिगी बढ्दै गएपछि खडेरीबाट बचेको गहुँ बाली बाँदरले सखाप पार्न थालेपछि किसान चिन्तित बनेका हुन् । किसानले खेतबारीमा लगाएको हिउँदे अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि भोकमरी पर्न सक्ने भन्दै किसानको चिन्ता बढेको हो । जिल्लाका नौ वटै स्थानीय तहमा खडेरीबाट बल्लतल्ल जोगाएको गहुँ बाली बाँदरको मुखमा पर्न थालेको छ ।

बाली सुक्न थालेपछि कृषक चिन्तामा

यसपालि पर्याप्त पानी नपर्दा खडेरीले भोकमरी निम्तिने चिन्तामा किसान रहेका छन् । कालीकोट सुक्खा क्षेत्र पलाँता, पचालझरना गाउँपालिकामा बसोबास गर्ने नागरिक अहिलेसम्म पानी नपरेका कारणले भोकमरी हुने चिन्ताले निराश हुन थालेका हुन् । लामो समय पानी नपर्दा हिमाली तथा पहाडी जिल्लामा मुख्य खाद्य बाली गहुँ र जौ उम्रिन सकेनन् ।

खडेरीको मारमा कर्णाली: सुक्न थाले हिउँदेबाली, भोकमरी बढ्ने चिन्ता

कालिकोट । लामो खडेरीले यसपटक कर्णालीका प्रायः सबै पहाडी जिल्लामा हिउँदेबालीले कुनै परिणाम नदिने देखिएको छ । अधिकांश ठाउँमा मकैपछिको मुख्य खाद्य बाली गहुँ उम्रनसमेत पाएन । खडेरीको असर जौ, गहुँ र उवा बालीमा मात्र नभई स्याउ बाली उत्पादनमा समेत पर्ने देखिएको छ । माघ लागिसक्दा पनि हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्नथालेको […] The post खडेरीको मारमा कर्णाली: सुक्न थाले हिउँदेबाली, भोकमरी बढ्ने चिन्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बढ्दै छ विश्वभर खाद्यान्न संरक्षणवाद

भारतले गत शनिबार गहुँको निर्यातमा प्रतिबन्ध लगायो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिलको पूर्वार्द्धमा युक्रेनमाथि रूसले आक्रमण गरेपछि विश्व खाद्यान्न संकटको संघारमा पुगेको भन्दै खाद्य संकट समाधान गर्न मद्दत गर्ने वाचा गरेका थिए । तर, यसको एक महिनामै भारत आफ्नो वाचाबाट पछाडि हट्यो । रूसले युक्रेनका बन्दरगाहमा रोकिएर बसेका अन्न निकासी गर्न नदिएसम्म विश्वभर भोकमरी संकट आउन सक्ने चेतावनी सात औद्योगिक देशहरूको समूह जी–सेभेनले दिएको छ  । रूसले फेब्रुअरीको अन्त्यतिर युक्रेनमाथि हमला गरेदेखि नै विश्व बजारमा गहुँको भाउ उकालो लागेको थियो । रूस र युक्रेन विश्वका दुई ठूला गहुँ निर्यातकर्ता हुन् । विश्वको कूल गहुँ निर्यातमा यी दुई देशको अनुपात २९ प्रतिशत रहेको विश्व बैंकको तथ्यांकले देखाएको छ । रूस–युक्रेन द्वन्द्वका कारण विश्वभर खाद्यान्नको भाउ बढिरहेकै समयमा भारतको कदमले विश्व बजारमा गहुँको भाउ अहिलेसम्मकै उच्च स्तरमा पुर्‍याएको छ । सोमवार मात्रै गहुँको भाउ करीब ६ प्रतिशतले बढेको थियो । कोरोना भाइरसको महामारीका कारण आपूर्ति शृङ्खलामा देखिएको अवरोधका कारण यसअघि नै विश्व बजारमा अन्नको भाउ बढेको थियो । अर्जेन्टिनामा खडेरी, अष्ट्रेलिया आएको बाढीका कारण यी देशको गहुँ उत्पादन प्रभावित भयो । विश्वको सबैभन्दा ठूलो गहुँ उत्पादक तथा खपतकर्ता देश चीनले घरेलुस्तरमै गहुँको आपूर्ति आक्रामक रूपमा बढाइरहेको छ । गहुँको निर्यात रोक्ने भारत एउटै मात्र देश भने होइन । रूस र युक्रेन, इजिप्ट, काजगिस्तान, कोसोभो र सर्बियाले पनि गहुँको निर्यातमा प्रतिबन्ध लगाएका छन् । निर्यात प्रतिबन्ध गहुँमा मात्रै छैन । मकै भटमास, सूर्यमुखी तेल, पाम तेललगायत सबै खालका खाद्य वस्तुको भाउ बढेको छ । रूसले आक्रमण गरेयता युक्रेनले अन्न र खानेतेलको निर्यात गर्न सकेको छैन । रूस, युक्रेन र बेलारूसबाट हुने मलखादको निर्यात प्रभावित भएको छ । चीनले पनि गएको गर्मीयाममा मलखाद निर्यात रोकेको थियो । विश्वभर मलखादको चरम अभावबीच यसको भाउ चुलिएको छ, आपूर्ति प्रभावित भएको छ । त्यसैले किसानहरू कम मलखाद प्रयोग गर्न वा थोरै मलखाद चाहिने बाली लगाउनतिर लागेका छन् । यसले उल्टै विश्वको खाद्य संकट बढाइरहेको छ । आक्रमणका कारण युक्रेनका खेतीबाली नष्ट भएका छन् भने खेतीपातीको काम पनि रोकिएका छन् । युद्ध जारी रहँदा विश्वभर खाद्यान्नको आपूर्ति शृङ्खला बिग्रिएर अभाव हुने सम्भावना बढेको छ । विशेषगरी अन्न, खाने तेलको चरम अभाव हुने र मूल्य झनै बढ्ने अवस्था बढेको छ । अधिकांश देशहरूले खानेतेलको निकासी रोकेका छन् । खानेतेल पछि प्रतिबन्धको मारमा परेको अर्को खाद्यान्न गहुँ हो । अर्जेन्टिनाले मार्चको मध्यतिर भटमासको तेल र सोयाबिन मिलको निर्यात रोकेको थियो । अल्जेरियाले पनि पास्ता, गहुँ डेरिभेटिभ्स, खाने तेल र चिनीको निर्यात रोकेको छ । इजिप्टले खाने तेल, मकै, गहुँ, पीठो, तेल, दलहन, पास्ता र सिमीको निर्यातमा प्रतिबन्ध लगाएको छ । इन्डोनेशियाले घरेलु स्तरमा पर्याप्त आपूर्ति सुनिश्चित गर्न हालै पाम आयल, पाम केर्नल आयलको निर्यात रोकेको छ । काजखस्तानले गहुँ र गहुँको पिठो रोकेको छ । कोसोभोबाट पनि गहुँ, मकै, पिठो, वनस्पति तेल, नुन र चिनीको निर्यात रोक्का छ । टर्कीले गाईको मासु, खसीको मासु, नौनी र खाना पकाउने तेलको निकासीमा बन्देज लगाएको छ । युक्रेनले गहुँको साथै ओट्स, चिनीको निर्यात रोक्का गरेको छ । रूसले पनि चिनी र सूर्यमुखीको बियाँ, गहुँ, तोरी, जौ र मकैको निर्यात ठप्प पारेको छ । गहुँ, मकै, पीठो र तेल निर्यात रोक्ने देश सर्बिया पनि हो । ट्यूनिशियाले फलफूल र तरकारीको निकासी रोक्का गरेको छ । कुबेतले पनि कुखुराको मासुबाट बनेका सामग्री, अन्न र वनस्पति तेलको निर्यात रोकेको छ । इरानले आलु, भन्टा, गोलभेंडा लगायत तरकारीको निर्यातमा लगाएको प्रतिबन्ध गत महीना फुकुवा गरेको छ । अधिकांश देशले घरेलु स्तरमा आपूर्ति सुनिश्चित गर्न प्रतिबन्ध लगाएका हुन् । रूसले युक्रेनका बन्दरगाहमा रोकिएर बसेका अन्न निकासी गर्न नदिएसम्म विश्वभर भोकमरी संकट आउन सक्ने चेतावनी सप्ताहान्तमा सात औद्योगिक देशहरूको समूह जी–सेभेनले दिएको छ । विश्व बैंकले पनि यस अघि नै युक्रेनमाथिको हमलाका कारण विश्वमा खाद्यान्नको चरम संकट उत्पन्न हुन सक्ने चेतावनी दिइसकेको छ । खाद्य वस्तुको भाउ एक प्रतिशतले बढ्दा विश्वमा १ करोड मानिसहरू चरम गरिबीमा धकेलिने विश्व बैंकको भनाइ छ । विश्वभर उत्पन्न खाद्यान्नको अभावले खाद्य महँगी यस अघि कहिले नदेखिएको स्तरमा उक्लिएको छ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार अप्रिलमा खाद्यान्नको मूल्य ३० प्रतिशतले बढेको छ । महँगी विकासशील देशहरूमा चरम छ । सरकारहरूले स्थानीय स्तरमा महँगी नियन्त्रण गर्न धेरै समय खर्चिरहेका छन्, ब्याजदर बढाउन थालेका छन्, संसाधन लगाइरहेका छन् । कैयौं देशमा खाद्य असुरक्षा सामाजिक अशान्ति र भूराजनीतिक जोखिमको कारण बनेको छ । महँगीको मारमा अमेरिका, बेलायत र जापान लगायत धनी देशहरू पनि परेका छन् । सबै देशहरूले आफ्नो देशको खाद्यान्न सुरक्षाका लागि भन्दै निर्यातमा प्रतिबन्ध लगाएका छन् । अहिले विश्व खाद्य व्यापारमा प्रतिबन्धित खाद्य वस्तुको अनुपात १७ प्रतिशत छ । यो सन् २००७/०८ मा खाद्य तथा ऊर्जा संकट देखिएको बेलाकै स्तरको भएको अमेरिकी बौद्धिक समूह अन्तरराष्ट्रिय खाद्य नीति अनुसन्धान संस्था (इफ्प्री)ले बताएको छ । आपूर्ति प्रभावित हुन थालेपछि अन्य उत्पादक देशहरूले पनि निर्यातमा रोक लगाउने र विश्वमा खाद्यान्नको भाउ झनै बढाउने चिन्ता बढेको छ । यसले विश्व बजारमा महँगी झन् झन् बढाउनेछ भने सोको असर खाद्यान्नमा आत्मनिर्भर नरहेका नेपाल लगायतका देशहरूमा पर्नेछ । निर्यात प्रतिबन्ध लगाउने देशहरूमा समेत यसको असर पर्नेछ ।

बझाङमा यो वर्ष गहुँ उत्पादनमा ह्रास

जेठ १२, बझाङ । बझाङमा हिँउदेबालीको उत्पादनमा ह्रास आएको छ  । सिँचाइको सुविधा भएका बाहेक आकशे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा ह्रास आएको छ ।  लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौलगायत हिउँदेबालीको उत्पादनमा ह्रास आउँदा जिल्लामा खाद्य संकट हुने देखिएको छ ।  उत्पादन घट्दा कृषिमै निर्भर हुने गरेका र न्यून आयस्रोत भएको परिवारले चरम खाद्य संकटको सामाना गर्नुपर्ने अवस्था आएको छ । आकाशे पानीको भरमा खेती गर्ने यस क्षेत्रका कृषकमा उत्पादन ह्रास भएसँगै भोकमरी हुने चिन्ताले सताउन थालेको छ ।  उनीहरूमा अनुसार यसपालि त खेतबारी सबै बाँझो छ । हिउँदभरि पानी परेन । पुस माघमा पानी परे राम्रै उब्जाउ हुन्थ्यो । खडेरीले खेती किसानी गरेर जीविका चलाउनेलाई मर्नु न बाँच्नु बनाएको छ ।  हिउँदेवाली खेतमै सुकेपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको खप्तड छान्ना गाउँपालिका–७ गोर्खालीका सुर्जन सिंहले बताए ।    बझाङमा चरम खाद्य संकट हुने भन्दै खडेरी पीडित किसानलाई तत्काल राहतको व्यवस्थापन गर्नुपर्ने सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताए । ‘हामीले थलारा गाउँपालिकामा सुख्खा खडेरीले प्रभावित समुदायको प्रारम्भिक तथ्यांक संकलन गरेका थियौँ । विभिन्न वडाका १८५ घरधुरीमा गरिएको सर्वेक्षणमा ९३ प्रतिशत घरधुरीको क्षति भएको पाइएको छ । यो खाद्य संकटको उच्चतम विन्दु हो ।’ प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि  तत्काल राहतस्वरूप खाद्यान्न वितरण गर्नुपर्ने र बर्खेबालीका लागि बीउ तथा मल निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।  आकाशे पानीको भरमा खेती हुने क्षेत्रका किसान सिँचाइको सुविधा भएका क्षेत्रबाहेक आकासेपानीको भरमा खेती गरिने ठाउँको ९० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । जिल्लाभरि १५ हजारभन्दा बढी हेक्टरमा गहुँ, जौ, मसुरोे कुल खेतीयोग्य जमीनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ ।  सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको बझाङमा वार्षिक ३२ हजार मेट्रिक टन उत्पादन हुने गरेको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले बताए ।  उनका अनुसार जनसंख्याको अनुपातमा पर्याप्त छैन । हरेक वर्ष सात हजार मेट्रिक टन अपुग हुने गरेको थियो । यसपालि त खडेरीले उत्पादनमा ह्रास ल्याएको सरदरमा यो वर्ष १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने देखिन्छ खडेरीका कारण जिल्लाको कुल जनसंख्याको ४५ प्रतिशत जनसंख्या खाद्य संकट हुने बताए । रासस

खडेरीका कारण गहुँ उत्पादनमा कमी

बझाङ ।  लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको हिँउदे बालीको उत्पादनमा कमी आएको छ । जिल्लाको सेती, कालंगा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइ सुविधा भएका सीमित क्षेत्रमा अकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा कमी आएको छ । लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत हिउँदे बालीको उत्पादनमा कमी आउँदा जिल्लामा खाद्य संकट हुने देखिएको छ ।       यो वर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका¬ १ का किसान अमृत शाहीले बताए । ‘हिँउदभरि पानी नपर्दा लगाएको बाली सुक्यो । सिँचाइ हुने ठाउँमा अलिअलि उम्रेको थियो । त्यो पनि असिनाले चुटेर सखापै बनायो । एकातिर खडेरीले सुकायो, अर्कातिर असिनाले नष्ट भयो’’, उनले भने ।      यस वर्ष आउन सक्ने खाद्य संकटबाट भोकमरी हुन नदिन खडेरीपीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताए । प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहतस्वरूप खाद्यान्न वितरण गर्नुपर्ने र बर्खे बालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।      अकासे पानीको भरमा खेती हुने क्षेत्रमा ९० प्रतिशत उत्पादन घटेको किसानहरु बताउँछन् । खडेरीका कारण जिल्लाभरि १५ हजार बढी हेक्टरमा गहुँ, जौ, केराउ, मसुरोलगायतका हिँउदे बाली लगाइएकामा ६ हजार २०० हेक्टरमा उत्पादन शून्य रहेको र असिनाले ९ हजार ३३६ मेट्रिक टन हिउँदे बाली पूर्ण रूपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिए ।      जिल्लामा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ । जिल्लामा वार्षिक सरदर ३२ हजार मेट्रिक टन अन्न उत्पादन हुने गरेको छ । यहाँको जनसंख्याको अनुपातमा सात हजार मेट्रिक टन अपुग हुने गर्दछ । खडेरीका कारण जिल्लाको कुल जनसंख्याको ४५ प्रतिशत जनसंख्या भोकमरीको चपेटामा पर्ने देखिन्छ भने १४ हजार घरधुरीलाई खाद्य संकट हुने विष्टले बताए । यसपालि खडेरीले उत्पादनमा कमी आउँदा १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने केन्द्रले जनाएको छ । रासस

बझाङमा  हिँउदे खडेरीका कारण गहुँ उत्पादनमा कमी

लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको हिँउदेबालीको उत्पादनमा क्मी आएको छ । जिल्लाको सेती, कालङ्गा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइको सुविधा भएका सीमित क्षेत्र आकासेपानीको भरमा खेती गरिने सबै ठाउ“को उत्पादनमा क्मी आएको छ । लामो समयसम्म परेको खडेरीका कारण गहु“, जौ, उवा, केराउ, मसुरोलगायतका हिउँदेबालीको उत्पादनमा क्मी आउँदा जिल्लामा चरम खाद्य सङ्कट हुने देखिएको छ ।  यस वर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउ“देबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका­१ का किसान अमृत शाहीले बताउनुभयो । “हिँउदभरि पानी नपर्दा लगाएको बाली सुक्यो । सिँचाइ हुने ठाउँमा अलिअलि उम्रेको थियो त्यो पनि असिनाले चुटेर सखापै बनायो । एकातिर खडेरीले सुकायो अर्कातिर असिनाले नष्ट भयो’’, उहाँ भन्नुहुन्छ ।  यस वर्ष आउनसक्ने खाद्य सङ्कटबाट भोकमरी हुन नदिन खडेरी पिडित किसानलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुदुरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताउनुभयो । प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहतस्वरुप खाद्यान्न वितरण गर्नुपर्ने र वर्षे बालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनु पर्नेमा उहाँ जोड दिनुहुन्छ ।

हिउँदे वर्षा नहुँदा गहुँ सुक्यो, किसानलाई भोकमरीको डर

आकाशे पानीको भरमा खेती गर्ने किसानलाई गहुँबाली सुकेपछि भोकमरी हुने चिन्ताले पिरोलेको छ । गहुँबाली सुक्दै गएपछि भोकमरी हुने चिन्ताले सताएको थलारा गाँउपालिका- २ का शेरबहादुर खातीले दुखेसो गरे

भोकमारी टार्न साइपालमा थप चामल

विकट साइपाल गाउँपालिकामा देखापरेको भोकमरी हटाउन चामल थप गरिएको छ। कहिले हिमपात त कहिले खडेरीका कारण हिउँदे बाली गहुँ, जौ, उवा, मुसुरोजस्ता अन्न तथा दलहनबाली नष्ट भएपछि थप भोकमरीको चपेटमा साइपालवासी पर्ने भन्दै गाउँपालिकाको विशेष पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय धनगढीले थप हजार क्विन्टल चामल ढुवानी गर्ने भएको हो।