विकट साइपाल गाउँपालिकामा देखापरेको भोकमरी हटाउन चामल थप गरिएको छ। कहिले हिमपात त कहिले खडेरीका कारण हिउँदे बाली गहुँ, जौ, उवा, मुसुरोजस्ता अन्न तथा दलहनबाली नष्ट भएपछि थप भोकमरीको चपेटमा साइपालवासी पर्ने भन्दै गाउँपालिकाको विशेष पहलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको कार्यालय धनगढीले थप हजार क्विन्टल चामल ढुवानी गर्ने भएको हो।