जिल्लाका विभिन्न ठाउँमा पाक्नै लागेको गहुँ बाली बाँदरले सखाप पार्न थालेका छन् । जिल्लामा बाँदरको बिगबिगी बढ्दै गएपछि खडेरीबाट बचेको गहुँ बाली बाँदरले सखाप पार्न थालेपछि किसान चिन्तित बनेका हुन् । किसानले खेतबारीमा लगाएको हिउँदे अन्नबाली बाँदरले नष्ट गर्न थालेपछि भोकमरी पर्न सक्ने भन्दै किसानको चिन्ता बढेको हो । जिल्लाका नौ वटै स्थानीय तहमा खडेरीबाट बल्लतल्ल जोगाएको गहुँ बाली बाँदरको मुखमा पर्न थालेको छ ।