खडेरीका कारण गहुँ उत्पादनमा कमी

बझाङ ।  लामो समयदेखिको खडेरीका कारण जिल्लाका विभिन्न ठाउँमा लगाइएको हिँउदे बालीको उत्पादनमा कमी आएको छ । जिल्लाको सेती, कालंगा, बहुलीगाड, सुनिगाडलगायतका नदी र खोलाको तटमा रहेका र सिँचाइ सुविधा भएका सीमित क्षेत्रमा अकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा कमी आएको छ । लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत हिउँदे बालीको उत्पादनमा कमी आउँदा जिल्लामा खाद्य संकट हुने देखिएको छ ।       यो वर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदे बाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको जयपृथ्वी नगरपालिका¬ १ का किसान अमृत शाहीले बताए । ‘हिँउदभरि पानी नपर्दा लगाएको बाली सुक्यो । सिँचाइ हुने ठाउँमा अलिअलि उम्रेको थियो । त्यो पनि असिनाले चुटेर सखापै बनायो । एकातिर खडेरीले सुकायो, अर्कातिर असिनाले नष्ट भयो’’, उनले भने ।      यस वर्ष आउन सक्ने खाद्य संकटबाट भोकमरी हुन नदिन खडेरीपीडित किसानलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकायाले बताए । प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि तत्काल राहतस्वरूप खाद्यान्न वितरण गर्नुपर्ने र बर्खे बालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।      अकासे पानीको भरमा खेती हुने क्षेत्रमा ९० प्रतिशत उत्पादन घटेको किसानहरु बताउँछन् । खडेरीका कारण जिल्लाभरि १५ हजार बढी हेक्टरमा गहुँ, जौ, केराउ, मसुरोलगायतका हिँउदे बाली लगाइएकामा ६ हजार २०० हेक्टरमा उत्पादन शून्य रहेको र असिनाले ९ हजार ३३६ मेट्रिक टन हिउँदे बाली पूर्ण रूपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिए ।      जिल्लामा कुल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ नभएको ठाउँमा लगाएको बाली सुकेर पूरै नष्ट भएको छ । जिल्लामा वार्षिक सरदर ३२ हजार मेट्रिक टन अन्न उत्पादन हुने गरेको छ । यहाँको जनसंख्याको अनुपातमा सात हजार मेट्रिक टन अपुग हुने गर्दछ । खडेरीका कारण जिल्लाको कुल जनसंख्याको ४५ प्रतिशत जनसंख्या भोकमरीको चपेटामा पर्ने देखिन्छ भने १४ हजार घरधुरीलाई खाद्य संकट हुने विष्टले बताए । यसपालि खडेरीले उत्पादनमा कमी आउँदा १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने केन्द्रले जनाएको छ । रासस   

सम्बन्धित सामग्री

पर्सामा घट्यो गहुँको उत्पादन

वीरगञ्ज – गहुँ उत्पादनको लागि खेतीयोग्य जमिन भएको पर्सा जिल्लामा यस वर्ष गहुँ उत्पादन घटेको छ। गत वर्षको तुलनामा पर्सामा यस वर्ष गहुँको उत्पादनमा कमी आएको हो। जिल्ला कृषि ज्ञान केन्द्रले उपल्बध गराएको तथ्यांकअनुसार यस वर्ष जिल्लाभरिमा गत वर्षको तुलनामा गहुँको उत्पादनमा कमि आएको हो।समयमा नै पानी नपर्नु, किसानलाई सिंचाइ मलखादको समस्यालगायतका कारणले गहुँ उत्पादनमा […]

लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै

काठमाडौँ,१ पुष । हिउँदे वर्षा नभएपछि दार्चुलामा यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । हिउँदे बाली लगाउने समयदेखिनै परेको खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेको छ । लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ । यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको […]

लामो समयसम्म पानी नपर्दा हिउँदे बाली सुक्दै

दार्चुला – हिउँदे वर्षा नभएपछि दार्चुलामा यो वर्ष हिउँदेबालीको उत्पादनमा कमी आउने अनुमान गरिएको छ । हिउँदे बाली लगाउने समयदेखिनै  परेको खडेरीका कारण लगाइएकोे बालीसमेत सुक्न थालेको छ । लामो समयसम्म परेको खडेरीका कारण जिल्लामै गहुँ, जौ, उवा, केराउ, मसुरोलगायत बालीको उत्पादनमा निक्कै कमी हुने देखिएको छ । यसवर्ष खडेरीका कारण अधिकांश क्षेत्रमा लगाएको हिउँदेबाली सुकेर नष्ट भएपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको मालिकार्जुन गाउँपालिका–३ का किसान कासीसिंह धामीले बत...

विश्व खाद्य संकट र नेपाल

वर्तमान अवस्थामा विश्वले वर्षौंदेखि नखेपेको खाद्य संकटको सामना गरिरहेको अवस्था छ । रूस र युक्रेन युद्धको कारणले अहिले ती देशहरूमा गहुँ र अन्य खाद्यान्नहरूको उत्पादनमा कमी आई निर्यात बन्द गरेका छन् । रूस र युक्रेन युद्ध हुनुअगाडि युक्रेनबाट विश्वमा १५ प्रतिशत मकै, १२ प्रतिशत गहुँ र उसको उत्पादनको आधा जति सूर्यमुखी तेल निर्यात हुने गथ्र्यो […]

धनुषामा गहुँ उत्पादनमा कमी आउने

धनुषा जिल्लामा यसपाली गहुँ उत्पादनमा कमी आउने देखिएको छ । गत माघमा आवश्यकताभन्दा बढी परेको हिउँदे वर्षासँगै रासायनिक मल अभावका कारण हिउँदे बालीको रूपमा लगाइने गहुँ उत्पादनमा यस वर्ष कमी आउने कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले बताउनुभयो ।

रुकुम पूर्वमा यस वर्ष गहुँ उत्पादनमा गिरावट

वैशाख २९, रुकुम पूर्व । रुकुम (पूर्व)मा यस वर्ष गहुँ उत्पादनमा गिरावट आएको छ । जिल्लाको मकैपछि दोस्रो प्रमुख खाद्यान्न बालीका रुपमा रहेको गहुँ उत्पादनमा गिरावट आउँदा कृषक समस्यामा परेका छन् ।  यस वर्ष जिल्लाभर ६ हजार ४६ दशमलव ४५ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यो गत वर्षको तुलनामा ३८ प्रतिशतले कम उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमले जानकारी दिएको छ । गत वर्ष नौ हजार ७५२ दशमलव ३४ प्रतिशत गहुँ उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए ।  गत वर्षको तुलनामा हेर्ने हो भने सिस्ने र पुथाउत्तरगंगा गाउँपालिकामा उत्पादनमा अलि बढी गिरावट आएको छ । भूमे गाउँपालिकामा भने उत्पादनमा धेरै गिरावट नआएको कृषि अधिकृत बस्नेतले बताए ।  जिल्लामा अहिले २० हजार २६५ हेक्टर क्षेत्रफल जमीन खेतीयोग्य रहेको छ । यसमा १६ हजार ३७० हेक्टर क्षेत्रफलमा विभिन्न प्रकारका खेतीपाती गरिएको छ । यसमा पनि तीन हजार २७२ दशमलव ६ हेक्टर क्षेत्रफल जमीनमा गहुँ खेती गरिएको कृषि अधिकृत बस्नेतले बताए ।  जिल्लामा सिँचाइको सुविधा नहुनु र आकाशबाट पनि पानी नपर्नु गहुँ उत्पादनमा कमी आउनुको मुख्य कारण रहेको कृषि कार्यालयले जानकारी दिएको छ ।  सिँचाइ सुविधा नहुँदा यहाँका कृषकले आकाशे पानीको भरमा खेती गरिरहेका छन् । जिल्लाको कूल खेतीयोग्य जमीनको सात हजार ५९३ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइको सुविधा छ । योभन्दा अघिल्लो बाली मकै बालीमा पनि सलह किराले क्षति गरेको थियो ।  पानी नपरेर गहुँ बाली पनि राम्रो नभएपछि अहिले कृषक मारमा परेका छन् । यस्तै यहाँका कृषकले उन्नत जातको नभई परम्परागत रुपमा लगाउँदै आएको बीउँ छर्नाका साथै परम्परागत खेती प्राणालीलाई अँगाल्नुले पनि गहुँ उत्पादनमा कमी आएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत बस्नेतले बताए ।  मकैको बीउ अभाव रुकुम स् पूर्वमा मकैको बीउ अभाव भएको छ । जिल्लाका सबै ठाउँमा अहिले मकै रोप्ने चटारो चलिरहेको छ । लामो समयको खडेरीपछि परेको पानीले जमीन भिजेपछि मल बोक्ने र खेतबारी खनजोतमा व्यस्त भएका कृषक बीउ अभावले समस्यामा परेका छन् । जिल्लामै मकैको बीउ उत्पादन हुने गरेको छैन ।  बाहिरबाट बीउ आयात गर्ने गरिएकामा यस वर्ष आयात गर्न नसकिएको गाउँपालिकाले जानकारी दिएका छन् । सिस्ने गाउँपालिकाले यस वर्ष १५ क्विन्टल उन्नत जातको मकैको बीउ ल्याउने योजना बनाएको तर बीउ अभावले जिल्लामा मनकामना जातको आठ क्विन्टल मात्र भित्र्याएको गाउँपालिका कृषि शाखाका नायव प्राविधिक सहायक दिनेश ओलीले जानकारी दिए । सिस्ने गाउँपलिका–१ र २ मा सबैभन्दा बढी मकैको बीउ आवश्यक छ । १ र २ नं वडामा सलह किराले सबै मकै सखाप पारेपछि बीउसमेत उत्पादन नभएको त्यहाँका कृषकले बताएका छन् ।  सोही कुरालाई दृष्टिगते गर्दै १ नं वडामा दुई क्विन्टल र २ मा चार क्विन्टल मकैको बीउ पठाएको प्राविधिक सहायक ओलीले बताए । उनका अनुसार, सिस्ने–७ र ८ मा एकएक क्विन्टल मकैको बीउ पठाइएको छ ।  यस्तै, अन्य ३, ४, ५ र ६ नं वडामा भने हुरेड कार्स रुकुम –पूर्वले लगभग साढे आठ क्विन्टल मकैको बीउ वितरण गरेको छ । नेपालगञ्ज, सुर्खेत र चितवनमा सम्पर्क राख्दा पनि पर्याप्त मात्रामा बीउ आउन नसकेको गाउँपालिका कृषि शाखाले जानकारी दिएको छ ।  भूमे गाउँपालिकाले पनि यस वर्ष २० क्विन्टल मकैको बीउ ल्याउने तयारी गरेको थियो । कृषकको माग संकलन गरी २० क्विन्टल मकैको बीउ ल्याउने तयारी गरेको गाउँपालिकाले बीउ अभावमा ल्याउन नसकेको गाउँपालिका कृषि शाखाका नायव प्राविधिक सहायक शिखर विश्वकर्माले बताए । रासस

ओखलढुंगामा खाद्यान्न उत्पादनमा गिरावट आउने

रामहरि श्रेष्ठलामो समयदेखिको खडेरीका कारण ओखलढुंगामा यो वर्ष खाद्यान्न उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ । हिउँदे बाली लगाएपछि लामो समयदेखि पानी नपर्दा उत्पादनमा ह्रास आउने अनुमान गरिएको हो । खडेरीकै कारण यो बर्ष गहुँ उत्पादनमा निकै गिरावट आउने कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख हेम आले मगरलेले बताए । आकाशे पानीको भरमा रहेका किसानलाई निकै समस्या परेको उनको भनाई छ । जिल्लाको कुल २३ हजार ८ सय ७० हेक्टर खेती योग्य जमीन रहेको छ । जसमध्ये करिब २ हजार ७ सय ६५ हेक्टरमा गहुँ खेती गरिँदै आएको भएपनि

खडेरीले उत्पादन घट्यो, भोकमरीको चिन्ता

बैतडी : लामो समयदेखिको खडेरीका कारण बैतडीमा यो बर्ष खाद्यान्न उत्पादनमा कमी हुने भएको छ। हिउँदे बाली लगाएपछि लामो समयदेखि पानी नपर्दा उत्पादनमा ह्रास आउने अनुमान गरिएको हो।  खडेरीकै कारण यो बर्ष गहुँ उत्पादनमा निकै गिरावट आउने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख दिलबहादुर सिंहले बताए। उनले भने ‘आकाशे पानीको भरमा रहेका किसानलाई निकै समस्या परेको छ।’बैतडीमा १७ हजार ५ सय हेक्टर जमीनमा गहुँ खेती गरिँदै आएको भएपनि ८ हजार हेक्टरमा मात्रै सिंचाईको सुविधा रहेको छ। सिंचाईको सुविधा नभए

बैतडीमा गहुँ उत्पादनमा कमी आउने

बैतडीमा यो वर्ष गहुँ उत्पादनमा कमी आउने संकेत देखिएको छ । जिल्लाका धेरै ठाउँमा असिनापानीले गहुँबाली क्षति पुर्‍याएको तथा पहेलो सिन्दुरे रोगले पनि गहुँबालीलाई क्षति पुर्‍याएकाले गहुँ उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।