देउवालाई प्रचण्डको सुझाव, एसपीपी सम्झौतामा हस्ताक्षर नगर्नुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान देउवासँग भेट गर्दै प्रचण्डले हिन्द–प्रशान्त सैन्य रणनीतिको एक अङ्‍गको रूपमा एसपीपी रहेको भन्दै उक्त सम्झौतामा हस्ताक्षर कुनै पनि हालतमा नगर्न सुझाएका हुन् । […] The post देउवालाई प्रचण्डको सुझाव, एसपीपी सम्झौतामा हस्ताक्षर नगर्नुस् appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

शासक झुकेर एसपीपी सम्झौता गर्नसक्छन् : नेता महरा

उहाँले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरूले एसपीपी राष्ट्रहित विपरीत भनेपछि तत्कालका लागि सम्झौता रोकिए पनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।

महराले भने– एसपीपीमा कतै नेपाली शासकहरू झुक्ने त होइनन्, मलाई शंका छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्नसक्ने बताएका छन् । सोमबार काठमाडौंमा भएको ३१औँ किसान संघर्ष दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता महराले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरूले एसपीपी राष्ट्रहित विपरित भनेपछि तत्कालका लागि सम्झौता रोकिएपनि नेतृत्वले झुकेर सम्झौतामा हस्ताक्षर गर्नसक्ने...

एसपीपी मार्फत अमेरिकाले नेपालको अस्तित्वमाथि धावा बोल्यो : अनेरास्ववियू

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मार्फत अमेरिकाले नेपालको अस्तित्वमाथि धावा बोलेको आरोप लगाएको छ । हालै नेपाल भ्रमणमा रहेको अमेरिकी सेनाका अधिकारीले नेपाल सामु प्रस्ताव गरेको एसपीपी सम्झौता नेपालको सार्वभौम सत्ता र असंलग्न परराष्ट्र नीतिविरुद्ध रहेको अनेरास्ववियूले जनाएको छ । अमेरिकी सेनाले एसपीपी सम्झौतामा हस्ताक्षर गर्न दवाव दिएको भज्दै अनेरास्ववियूले नेपाललाई कुनै देशको सैनिक अखडाको रुपमा परिणत गर्न खोजे प्रतिवाद गरिने चेतावनी दिएको छ